२०७८ कार्तिक ६ , शनिवार

Hyundai हाईवे एसुरेन्स हाईवेमा फ्रि चेक अप क्याम्प आयोजना

सुनाखरी न्युज/ काठमाडौं – नेपालको लागि Hyundai गाडीको एक मात्रअधिकृत बिक्रेता लक्ष्मी इन्टरकन्टिनेनटल प्रा.ली.ले “Hyundai हाईवे एसुरेन्सू – Hyundai गाडीहरुको लागि फ्रि चेक अप क्याम्प आयोजना गरेको छ ।

 

यस कार्यक्रम अन्तर्गत कम्पनीले आफ्ना ग्राहकवर्गको लागि राजमार्गका विभिन्न स्थानहरुमा Hyundai गाडीको फ्रि चेक अपक्याम्प स्थापना गरेको छ । नेपालीहरुको महान चाड वडा दसैंमाआफ्नो परिवारजन तथा इस्टमित्रहरुसँग मनाउने हेतुले आफ्नो Hyundaiगाडीमा घर फर्कदै गरेका ग्राहकहरुलाई लक्षित गरी आयोजना गरिएको यसफ्रि चेक अप क्याम्पमा ग्राहकहरुले आफ्नो Hyundai गाडीको फ्रि चेक अप क्याम्प गराउनुको साथै आवश्यकलु ब्रिकेन्ट तथा कूलान्टको मात्रा कम भएमा कम्पनीले निस्शुल्क थपगरिदिने व्यवस्थापनि गरेको छ ।

यो योजनाअन्तर्गत कम्पनीले राजमार्गका विभिन्न स्थानबिर्तामोड (काँकड्भित्ता रोड), इटहरी (मिलनचोक), कुरिनटार (सीरीनहाईवे), भरतपुर (बालमन्दिर चोक), चौराहा ( बुटवल, नेपालगंन्ज(कोहलपुर चोक), धनगढी (अतरियाचोक), वीरगंज (पतलैया चोक) र हेटौंडा (बाईपास मार्ग, कपुर कम्पलेक्स)हरुमाफ्रि चेक अपक्याम्पपोइन्टको स्थापना गरीएको छ । यो कार्यक्रम असोज २४ देखि २६ गते सम्मबिहान १० बजे देखि साँझ ६ बजे सम्म सञ्चालन हुनेछ ।