२०७८ कार्तिक ६ , शनिवार

आइतबार सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

gold

सुनाखरी न्युज/ काठमाडौं – नेपाली बजारमा आइतबार सुनचाँदी दुबैको मूल्यमा सामान्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुन तोलामा १०० रुपैयाँ र चाँदी ५ रुपैयाँले बढेको हो ।

महासंघका अनुसार आइतबारका लागि छापावाला सुनको मूल्य प्रतितोला ९० हजार ७०० रुपैयाँ, तेजावी सुनको मूल्य ९० हजार २५० रुपैयाँ र चाँदीको मूल्य तोलामा १ हजार १७५ रुपैयाँ कायम गरिएको छ । शुक्रबार छापावाला सुनको मूल्य तोलाको ९० हजार ६०० रुपैयाँ, तेजावी ९० हजार १५० रुपैयाँ र चाँदी प्रतितोला १ हजार १७० रुपैयाँमा कारोबार भएको थियो ।