२०७८ कार्तिक ६ , शनिवार

दशैं नजिकिएसँगै विमानस्थल देखि वसपार्क सम्म मानिसको घुइँचो, दैनिक लाखौंको संख्यामा काठमाडौंवाट वाहिरँदै सर्वसाधारण

सुनाखरी न्युज/ काठमाडौं-

दशैं नजिकिएसँगै विमानस्थल देखि वसपार्क सम्म मानिसको घुइँचो लागेको छ । गएका दुई वर्ष कोरोना महामारीले चाडपर्वलाई बिथोलेको थियो । रोगको भय र त्रासका बीच बाध्यताबस् दुइटा दशैं मनाएकाहरु यसपाली निकै उत्साहित देखिन्छन् । ‌गाउँघर र शहरबजारमा चहलपहल बढेको छ । विमानस्थल, बसपार्क, किनमेल गर्ने ठाउँ जताततै उत्साहित मानिसहरुको भीड छ ।

दशैँ सुरु भएसँगै गाउँ शहर जताततै बेग्लै उमंग छ । उपत्यकाका मुख्य बजारमा किनमेल गर्नेको भीडले खुट्टा राख्ने ठाउँ छैन । दशैं मनाउन पुर्ख्यौँली घर फर्किनेको हतारो पनि उस्तै छ। बसपार्क र विमानस्थल जताततै यात्रुको चाप छ । अहिले दिनहुँ १ सय २५ वटा उडान भइरहेको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । कोरोना महामारीको दुई वर्षपछिकै यो धेरै उडान हो । यात्रुको चाप बढेकोमा एयरलाईन्स सञ्चालकहरु उत्साहित छन् ।

दशैंका लागि सडकमार्ग हुँदै उपत्यका छाड्ने यात्रु पनि बढेका छन् । महानगरीय ट्राफिक कार्यालयको पछिल्लो १० दिनमा ४ लाख १२ हजार यात्रु बोकेर ६७ हजारभन्दा बढी सवारी साधन बाहिरिएका छन् । गृह जिल्ला जानेहरु निकै खुशी देखिन्छन् । दुई वर्षसम्म बन्द रहेका देवी मन्दिर र शक्तिपीठहरुमा पनि नवरात्रिसँगै यसपाली भक्तजनको घुइचो लागेको छ ।