२०७८ कार्तिक ६ , शनिवार

गिरी ब्रदर्स अटोपाटर्सले फ्री चेकअप गर्ने, अन्य सेवामा बिशेष छुट

सुनाखरी न्युज/ काठमाडौँ – गिरी ब्रदर्स अटोपाटर्सले आफ्नो ग्राहकहरुलाई दसैंको शुभकामनाका साथमा प्रत्यक्ष सेवाप्रदान गर्ने उद्देश्यले ‘फ्रि सर्भिस क्याम्प ’ आयोजना गर्ने भएको छ । यही असोज २२ देखी असोज २५ गते सम्म गिरी ब्रदर्स अटोपाटर्सले ग्राहकलाई टीभीएसका बाइक स्कूटीमा फ्रि सर्भिस दिन लागेको हो ।

 

गिरी ब्रदर्स अटोपाटर्सले आफ्नो वर्कसप सानोभर्याङमा अशोज २५ गते सम्म टीभीएस बाइक स्कूटीका सम्पूर्ण प्रकारका अटोभेहिकलमाफ्रि सर्भिसिंग हुने गिरी ब्रदर्स अटोपाटर्सका निर्देशक अजय गिरीले जानकारी दिए । उक्त अवधिभर ग्राहकहरुले टीभीएसका जेन्यूइन स्पेयर पार्टसमा १० प्रतिशत छुट, ल्युब्रिकेट्समा १० प्रतिशत छुट तथाअन्य लेवर चार्ज र चेकअपमा सत प्रतिशत छुट प्राप्त साथै बिभिन्न प्रकारका आकर्षक गिफ्ट जित्न सक्नेछन् । टीभीएसका ग्राहकले उक्त सेवालिनगिरी ब्रदर्स अटोपाटर्सको कार्यालय वर्कसप सानोभर्याङमा गइ सेवा लिन सक्ने निर्देशक गिरीले जानकारी दिनु भयो ।