२०७८ कार्तिक ६ , शनिवार

के पुलस्त्य–पुलहाश्रममा “श्रीचारधाम मन्दिर” बन्ला?

केदारनाथ दास –

।। श्रीगणेशाय नमः ।।
।। श्रीसरस्वत्यै नमः।।
म वि.सं. २०३८ सालमा पहिलोपल्ट पोखरा जाँदा स्याङ्जाको नौडाँडाँबाट लगभग रु.३.५० भाडा तिरेर बसको यात्रा गर्दै पोखरा पुगेको थिएँ । बसमा यात्रा गर्दा एकदम आनन्दको अनुभूति गरेको थिएँ, किनकि जीवनमा पहिलोपटक बसको यात्रा गरेको थिएँ ।

 

पोखरा पुगेर २–४ दिन त्यहाँ बस्दा फेवातालको किनारामा मैले एक जना मान्छेबाट सुनें कि यहाँ त भैँसी पनि अंग्रेजी बोल्छन् । त्यसपछि त्यसको अर्थ नबुझेर ती मान्छेसँग मैले सोधें कि यसको कारण के हो ? यो भन्नुको कारण यस्तो रहेछ कि अहिले २०७७ साल चैत्रमहिना सुरु भएको छ, अहिले अंग्रेजी त देशका कुनाकाप्चामा रहने धेरै जनताले बोल्न जानेका छन् । तर वि.सं. २०३८ सालमा अंग्रेजी बोल्ने अत्यन्तै कम मान्छे थिए भन्नलाई फरक पर्दैन । पोखरामा विश्वभरिबाट पर्यटकहरू आउने हुनाले पर्यटकसँग जानी–नजानी बोल्दा–बोल्दै सबैजना अंग्रेजी बोल्न सिपालु छन्, यस क्षेत्रका नपढेका मान्छे पनि भन्ने अर्थ रहेछ ।

 

यसै अनुरूप हाम्रो देश नेपालको म्याग्दी जिल्ला हाल बेनी नगरपालिका वडा नं. ५ (साविक पुलाचौर गा.वि.स. वडा नं.१ पछै) मा रहेको ‘पुलस्त्य–पुलहाश्रम’ तथा ‘त्रिजलेश्वर’ महादेवको मन्दिरको बारेमा मभन्दा पनि विशेष जानकार यस क्षेत्रका शिक्षित तथा अशिक्षित सबै दाजुभाइ, आमाबुबाहरू हुनुहुन्छ । मैले लेख्न पनि जान्दिनँ र त्यति ज्ञान पनि छैन यो कुरा मैले कुनै अहङ्कारबाट प्रेरित नभई सत्य मनले भनेको छु । तर पनि ‘श्रीरामचरितमानस’ को उत्तरकाण्डको दोहा ९० को चौ. नं. ३ मा श्रीकाकशुशुण्डिजीले रामायण सुनाउँदै जाँदा गरुडजीलाई भन्नुहुनुन्छ –
‘तुम्हहि आदि खग मसक प्रजंता।नभ उडाहिं नहिं पावहिं अंता ।।
तिमि रघुपति महिमा अवगाहा ।तात कबहै कोउ पाव कि थाहा ।।’

अर्थ– हजुरसमेत लिएर मशक (लामखुट्टे) आदि सबै साना–ठूला जीव आकाशमा उड्दछन्, किन्तु आकाशको अन्त कसैले पाउन सक्तैनन् । यस्तै प्रकारले हे तात ! श्रीरघुनाथको महिमा पनि अथाह छ । के कहिल्यै कसैले उसलाई थाहा पाउन सक्छ ? यस्तै प्रकारले‘पुलस्त्य–पुलह’ आश्रमको महिमा पनि अथाह हुँदाहुँदै पनि म मशक समानको व्यक्ति भएता पनि जानी–नजानी केही लेख्ने जमर्को गरेको छु ।

 

सर्वप्रथम म यसै क्षेत्रको व्यक्ति भएर पनि यस आश्रमको दर्शन गर्ने सु–अवसर मिलेको थिएन । २०७७ साल कात्र्तिक ३० गते ‘श्रीराममन्दिर’ गलेश्वर पर्वतबाट उकालोमा बस्दै–बस्दै ‘कपिलदेव भगवान्’को मन्दिरको दर्शन गरी करिब ३ घण्टाको यात्रा गरी यस आश्रममा पुगें । त्यहाँ पुग्दा लगभग २ बजेको थियो । बाहिरको ढोका (गेट) मा ताल्चा नलगाइएकोले भित्र (मन्दिर परिसर) मा गएर घुमी–घुमी दर्शन गरें । तिहारको समय भएकोले फूल फुलेर मन्दिर क्षेत्र सबै झकमक्क थियो । मन्दिरभित्र झ्यालका प्वालबाट दर्शन गरें । शिवलिङ्ग दिव्य लाग्यो अरू भित्रको केही मेसो पाईन । बाहिर घुमेर शिलालेखमा लेखिएका जग्गा तथा रुपैयाँ दान गर्नुहुने महानुभावको मोटामोटी नाम हेरें । अनि पश्चिमतिर बाहिर गएर ‘हेलिप्याड’ जस्तो समतल ठाउँ पनि हेरें । त्यसपछि पश्चिमतर्फको पुलाचौर गाउँ पनि त्यहीँबाट हेरेँ, अरू जानकारी लिनलाई त्यहाँ कुनै मानिस नभएकोले साँझमा २ः३० मा त्यहाँबाट प्रस्थान गरी ४ः३० मा गलेश्वर फर्किएँ ।

 

त्यसपछि पनि मेरो इच्छा अधुरै भएकोले त्यतिखेर म ‘श्रीगलेश्वर’को ‘अन्नक्षेत्र’मा थिएँ। यस आश्रमका पुजारीजीका छोरा यहीँ ‘अन्नदानक्षेत्र’को विद्यालयमा अध्ययन गर्ने रहेछन् । उनीसँग मोबाइल नम्बर मागेर पुजारीसँग कुरा गरेर पं.श्री भीमनाथ पराजुलीज्यूलाई म पहिला जाँदा ‘श्रीकपिलदेव भगवान्’ को मन्दिर बन्द थियो, झ्याल थिएनन्, दर्शन भएको छैन, यसैले दर्शन गर्न जान्छु भनेँ, अनि उहाँले पनि जानुहोस् भनेर आज्ञा दिनुभयो । त्यसपछि औँसी तिथिमा जल चढाउने उद्देश्यले २०७७ पौष २९ गते ‘श्रीकपिलमुनिआश्रम’ मा पुगेँ । त्यहाँ पुग्दा भोलिपल्टको माघे सग्राँति भएको ख्याल भयो । त्यहाँ ‘श्रीकपिलमुनिआश्रम’को जन्मोत्सवको भोलिपल्टको कार्यका लागि सबैजना जुट्नुभएकोरहेछ । मन्दिरभित्र पसेर त्यो दिन ‘श्रीकपिलदेव भगवान्’को दर्शन गरेँ, अनि भोलिपल्टको उत्सवमा बस्नलाई त्यस मन्दिरका पुजारी श्री गोविन्द सुवेदीज्यू र अन्य जनसमुदायले अनुरोध गर्नुभएको थियो र मेरो पनि बस्ने मन हुँदाहुँदै भोलिपल्ट बिहान स्नान गर्दा बदल्ने कपडा तथा तिलक आदि सामान नलगेकोले बस्न सकिनँ । अनि यस आश्रम (पुलस्त्य–पुलह) मा पुग्दा तीन जना व्यक्ति हुनुहुन्थ्यो ।

 

त्यसपछि उहाँहरूलाई नमस्कार मात्र गरेर पहिला मन्दिरभित्र पसेर रु.५ चढाएर दर्शन गरेँ । अनि वहाँहरूसँग लगभग ३० मिनेट बसेँ । वहाँहरू हुनुहुँदोरहेछ यस आश्रमका पूज्य पुजारी श्रीजगदीश सुवेदी १ जना, यस आश्रमका कार्य समितिका उपाध्यक्ष आदरणीय श्रीभीमबहादुर बानियाँ र अर्का एक जना यस आश्रमका कार्य समितिका सदस्य श्रीआदरणीय रामचन्द्र पौडेलज्यू । त्यसपछि केही सोधपुछ र परिचय गरेपछि श्रीआदरणीय भीमबहादुर बानियाँज्यू र म गलेश्वरतर्फ नै आयौं । अनि हिँड्नुभन्दा अगाडि मैले भनें यत्रो आश्रममा एक जना पनि साधुसन्त छैनन् किन हो ?‘श्रीरामचरितमानस’मा प्रसङ्ग आउँछ –जुन नारीको शरीरमा विभिन्न आभुषण र जतिसुकै सुन्दरी भए पनि वस्त्रविना शोभाहीन हुन्छन् , त्यस्तै प्रकारले मैले भनें विनासाधुको आश्रम पनि शोभाहिन हुन्छ। उहाँहरूले भन्नुभयो, आउँछन्, जान्छन्, रोकिँदैनन् भन्नुभयो, त्यसपछि मैले भनेँ । यस्तो उखान छ कि ‘भ्यागुतालाई जोख्न सकिन्न र साधुलाई रोक्न सकिन्न ।’ उहाँहरूले भन्नुभयो, तपाइँ बस्नुहुन्छ भने तपाइँलाई चाहिने आवश्यक खानपानको सबै प्रबन्ध गर्छौं ।

 

त्यसपछि मैले भनेँ– केही समय यहाँ बस्ने विचार छ तर तत्काल ‘श्रीगलेश्वर’मा नै बस्छु भनें बाटोमा हिँड्दास्वामी श्रीकमलनयन गौतमज्यूले गौशाला स्थापनाको लागि श्रीबेनी नगरपालिकाका आदरणीय उपप्रमुख श्रीसञ्जु बरुवालज्यूसँग २० लाख दिन्छु भन्नुभएको छ रे भन्नुभयो अरू केही पनि भन्नुभएन । मैले पनि मनको कुरा केही पनि नभनी लुरुलुरु ‘श्रीगलेश्वर’ तर्फ नै ओरालो झर्ने काम ग¥यौं । गौशालाको २० लाखको बारेमा ‘श्रीराममन्दिर’मा श्रीकमलनयन गौतम स्वामीजी आउँदा भेट भएर यस्तो कार्यक्रम रहेछ,हो कि होइन?स्वामीजी भन्दा मसँग हो भन्नुभएको थियो ।

 

अनि दुईपटकसम्म म जाँदा आश्रममा स्थापित शिवजी भगवान्को नामको बारेमा केही ख्याल भएन नाम के हो ? त्यसपछि ४–५ दिनपछि वराहपुराण पाठ गर्दा मलाई जानकारी भयो । त्यहाँ तीन नदीको संगम (त्रिवेणी) भएकोले नाम रहेछ ‘त्रिजलेश्वर महादेव’ । त्यसदिनको बेलुका आदरणीय श्रीरामचन्द्र पौडेलज्यूलाई फोन गरी शंकर भगवान्को नाम के हो ? भनेर सोधेँ । उहाँले भन्नुभयो, मलाई त थाहा छैन, श्री पं. भीमनाथज्यूलाई सोध्नुपर्छ, त्यसपछि मैले‘त्रिजलेश्वर महादेव’ हो भनेँ । त्यसपछि चार–पाँच दिन पछि श्रीआदरणीय भीमबहादुर बानियाँ र श्रीआदरणीय रामचन्द्र पौडेलज्यू म भएको ठाउँमा आउनुभयो । ‘त्रिजलेश्वर महादेव’ नाम भएको प्रमाण देखाएँ पनि । फेरि केही कुराकानी भएर मैले भनेँ । हजुरहरूले कार्य नगरीकन जुन मन्दिर दिव्य बनाइएको भगवान्को शिवलिङ्ग दिव्य ‘पुलस्त्य–पुलह’ मुनिका मूर्ति दिव्य र मन्दिरको पर्खाल पक्की, पर्खालको ढोका पक्की, सिँढी, मन्दिरभित्रको बाटो पक्की यी सबै कार्य गर्दागर्दै थाक्नुभएको छ । हजुरहरू समेत सिङ्गो त्यो क्षेत्रका जनसमुदायहरू । तर थाक्यौं भनेर हजुर २ जनाको कुरा कुरा होइन, त्यो समाज अझै धेरै परिश्रमी हुन आवश्यक छ । जेजति कार्य आजसम्म गर्नुभएको छ त्यसबाट म प्रभावित र प्रसन्न छु भनेँ ।

 

प्रसन्न किन नहुने ? त्यत्रो कार्य भएको छ, एउटै व्यक्तिले ४–५ रोपनीसम्म जमिन दान गर्नुभएको छ । कैयौं व्यक्तिले कैयौं टाढा टाढाका तत्कालीन गा.वि.स.बाट गएर यथाशक्ति जनश्रमदान र रकम दान गर्नुभएको छ । त्यसपछि त्यही दिनमा मैले भनेँ, पहिला श्रीकृष्णागण्डकी, विपाशा (मंगला, म्याग्दी) र रघुगंगा (गोमती) यही भएकोले त्रिवेणीको किनारामा कुटी (आश्रम) बनाई ‘श्रीपुलस्त्य–पुलह’ले नै ‘त्रिजलेश्वर महादेव’को आराधना गर्नुभयो । ब्रह्माजीको एक दिनको हामी मनुष्यको ४ अरब बत्तीस करोड वर्ष हुन्छ । कैयौं वर्ष पछि गण्डकीले माटो–ढुङ्गा बगाउँदै जानाले गहिरिएर यो अहिले गण्डकीबाट धेरै माथि भएको हो भनेँ र यो कुरा सबैले जानेकै कुरा हुन् । त्यसैले यहाँ ‘त्रिजलेश्वर महादेव’ र द्वयऋषिहरूलाई स्नान गराउन गण्डकीको जल पम्पसेट ठाउँठाउँमा राखेर यहाँ ल्याउनुपर्छ भनेँ । यसैले सकिन्छ भने ठूलो नालामा पम्पसेट गरेर ल्याउन कोसिस गर्ने यसो भएमा यस आश्रमदेखि तलको गाउँमा र पुलाचौरतिरको गाउँमा सिंचाईसमेत गर्न सकिन्छ । यदि ठूलो योजना पार्न नसकी सानो योजना पारेर भए पनि गण्डकीको जल ल्याउनुपर्छ, अनि बाहिर प्राचीन पँधेरो भएको ठाउँमा मुक्तिनाथको झैं धारा र कुण्ड बनाउनुपर्छ भनेँ । त्यसपछि यस आश्रमको कोषको बारेमा सोध्दा वहाँहरूले लगभग रु. ५० लाख भएको बताउनुभयो ।

 

फेरि मैले भनेँ– यो ठाउँको महत्वको बारेमा कसैले पनि बताउन सक्दैनन्, म साधारण व्यक्ति भएकोले बताउन सक्ने कुरै भएन । यो ठाउँमा मणिको डल्लोलाई हिलो वा धूलोले ढाकेको थियो, त्यसलाई हजुरहरूसहित यहाँका सम्पूर्ण धर्मप्रेमी, संस्कृतप्रेमी तथा पर्यटकप्रेमी जनताहरूले त्यो हिलो वा धूलोलाई कोट्याई धुँदै हुनुहुन्छ भनेँ । अनि २–३ वर्ष अगाडि हामीले सञ्चारमाध्यमबाट सुनेका थियौं कि हाम्रो उत्तरतर्फको छिमेकी देश चीनले चन्द्रलोक (चन्द्रमा) बनाउँदैछ र त्यसले यती कि.मि. सम्म (कि.मि. याद भएन) उज्यालो बनाउँछ । यस्तै प्रकारले यस आश्रमको उज्यालो नेपाल र भारतभर र समष्टीगत रूपमा धार्मिक तीर्थस्थलको रूपमा पूरा विश्वभर यसको प्रचारप्रसारको उज्यालो पु¥याउनुपर्छ भनेँ । अनि मैले यो पनि भनेँ कि जसरी भारतमा (चारधाम)‘श्रीरामेश्वरधाम, श्रीजगन्नाथधाम, श्रीबद्रीनाथधाम र श्री द्वारकाधाम’ छन् । त्यसैगरी यहाँ पनि भारतका ती धाम होइनन् भन्ने अभिप्रायले होइन कि तीचारवटै धामका भगवान्को ती मन्दिरमा जस्ता मूर्ति छन्, त्यस्तै बनाउने र त्यहीको रीतिअनुसार पूजाआजा गर्ने गर्नाले नेपाल र भारतका जति पनि तीर्थयात्री ‘श्रीमुक्तिनाथधाम’मा आउँछन् साथै नेपालका जनता भारत जान नसक्ने जति ‘चारधाम’ को दर्शन गर्न यहीँ आउँछन् भनेँ ।

 

किनकि यो भूमि ‘चारधाम मन्दिर’ बनाउन योग्य छ । फेरि यस ‘चारधाम मन्दिर’ सम्बन्धमा उहाँहरूलाई उदाहरण पनि यस प्रकारले दिएको थिएँ । भारतको ‘अयोध्याधाम’मा ‘अनन्त विभूषित द्विजवरवरेण्य कान्याकुब्जाचार्य श्रीस्वामी बाबा ‘रघुनाथदासजी महाराज’की बडी छावनी’ नामको प्रसिद्ध आश्रम छ र म त्यस आश्रमका बर्तमान्‘कान्यकुब्जाचार्य श्रीपरमपूजनीय बाबा जगदीशदासजी महाराज’को शिष्य हुँ । अनि अर्को परमपूजनीय ‘मणिरामदासजी’नामको ‘श्रीमणिरामदासजीकी छावनी’ भन्ने आश्रम छ र त्यसलाई भारतभरी ‘छोटीछावनी’ भनेर जान्दछन् । त्यही आश्रममा ‘श्रीचारधाममन्दिर’ छ । जुन मैले माथि नै उल्लेख गरिसकेँ । यी सबै कुराहरूमैले एकोहोरो रूपले भनिरहँदा उहाँहरूले सुनिरहनुभएको छ । अर्को कुरा मैले थप यो पनि भनेँ कि जुन शिलालेखमा जग्गा दान गर्नेहरूको विवरण हेर्दा धेरै नै लाग्यो तर पर्खालभित्र त थोरै छ भन्दा वहाँहरूले पर्खाल बाहिरको पूर्वतर्फ थोरै र उत्तरतर्फ धेरै भाग गरी लगभग ५५–५६ रोपनी जति छ भन्नुभयो ।
त्यसपछि मैले पुनः भनेँ हजुरहरूले रुपैयाँ कम छ भन्नुहुन्छ । सधंैभरी आकाश वृत्तिबाट आश्रम चलाउन मुस्किल हुन्छ, यसको लागि पूँजी भरपर्दो हुनुपर्छ । पहिला यो ठाउँमा हुन्छ, हुँदैन ? त्यो मलाई थाहा छैन । यदि भयो भने मैले यस आश्रममा सुनका डल्ला होइन हीरामोतीका डल्ला देखेको छु भनेँ । त्यसपछि उहाँहरूले मेरो भनाइप्रति चकित हुनुभयो र सोध्नुभयो, कसरी छन् ? कहाँ छन् ती हीरामोतीका डल्ला ?मैले भने ‘जिल्ला वन कार्यालय’ अथवा ‘कृषि ज्ञान केन्द्र’मा गएर प्रमुखज्यूहरूलाई भेट्नुहोस् ।

 

अनि यस आश्रममा बोधिवृक्ष (बोधिचित्त) हुन्छ कि हुँदैन ? यसरी हजुरहरूले सल्लाह मागेमा उचित सल्लाह र सहयोग समेत गर्नुहुनेछ भनेँ । मेरो घरमा गएर हेर्नुहुन्छ भने २ वटा वृक्ष छन्, गतसाल सेतो फूल फुलेका थिए, फल लागेन, अहिले के गर्छ थाहा छैन ? रामेछाप जिल्लामा यसलाई १७ वर्षदेखि ‘पकेटक्षेत्र’को रूपमा लगाइएको छ भनेँ । यी कुरा लगभग मिति २०७७ माघ १५ गते तिरका हुन् । यही कुरास्वामी कमलनयन गौतमज्यूलाई पनि मैले‘श्रीराममन्दिर’मा आउँदा भनेको थिएँ । उहाँले जवाफमा तपाइँले ठीक भन्नुभयो आगामी सिजनमा बोधिवृक्ष, पूर्वबाट ल्याएर सानो फल लाग्ने रुद्राक्ष र चन्दन वृक्ष लगाउने हो भन्नुभएको थियो । यसको साथै मेरो सोचाईमा भित्रको जमिन अत्यन्त थोरै भएकोले गौशाला पर्खाल बाहिर प्राचीन पँधेरो भएतिर बनाउनुहोला, भित्रपट्टी जमिन बचाउनुपर्छ भनेको थिएँ । मेरो सोचाईमा पर्खालभित्रको जमिन कम भएकोले पर्खालभित्रै उत्तरतर्फको जमिनमा भुँइतलामा रसोई कक्ष, दोस्रो तलामा साधुसन्त वा अन्य तीर्थयात्री रहने ठाउँ र तेस्रो तलामा ‘चारधाम मन्दिर’ बनाउने सपना थियो ।

 

यिनी कुराहरूमैले एकोहोरो रूपले भनिरहेको थिएँ, अनि वहाँहरूले भन्नुभयो, यत्रो गण्डकीबाट जल ल्याउने ‘चारधाम मन्दिर’ बनाउने यसको लागि करोडौं रुपैयाँको जरुरी हुने भएकोले कसरी सकिन्छ ? भनेर हरेस खाएजस्तो कुरा गर्नुभयो । अनि मैले भनेँ, सर्वप्रथम हजुरहरू (यस आश्रमका कार्य समितिका व्यक्तिहरू) जसरी तिल भुइँमा पोखिएपछि सानो दाना हुनाले औँलाले टिप्न मुस्किल हुन्छ, तर त्यही तिल खुदो मिसाएर बटारेपछि स्वादिष्ट लड्डु बन्छ र कुनै लड्डु त दाँतले टोक्न पनि मुस्किल भएर लोहोरोले फोर्न पर्छ, यो सबैको अनुभव हो, त्यसकारण पहिला समितिका मानिस तिलको लड्डुझैँ हुनुहोस् । अनि श्रीमान् वडा अध्यक्षज्यू र श्रीमान् नगरप्रमुख र उपप्रमुखज्यूहरूलाई अवगत गराई श्रीमान् नगरप्रमुखज्यूहरूको अगुवाइमा जिल्लाका श्रीमाननीय संघीय सांसदज्यू, प्रदेशका सांसदज्यू, श्रीमान् प्रमुख जिल्ला अधिकारीज्यू, जिल्ला प्रहरी कार्यालयका प्रमुखज्यू, सशस्त्र प्रहरी कार्यालयका प्रमुखज्यू, नेपाली सेनाका गुल्मपतिज्यू र जिल्लाका सम्पूर्ण कार्यालयका प्रमुखज्यूहरू, सबै राजनीतिक पार्टीका जिल्ला अध्यक्षज्यूहरू, अन्य गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षज्यूहरू र विभिन्न पेशाका शिक्षक, व्यापारी र अन्य जनसमुदाय, पत्रकार, बुद्धिजीवी समाज आदि सबैलाई समावेश गरी विशेष मूल समिति बनाउनुहोस् भनेँ । यसको साथै पोखरा, काठमाडौं, मुस्ताङ, पर्वत, बाग्लुङ्ग, चितवन, नवलपुर, परासी, रूपन्देही आदि जिल्लामा तुरुन्तै समिति बनाउन पहल गर्नुहोस् र ती जिल्लाबाट अरू जिल्लामा प्रचार समिति गठन गर्न पहल गर्नुहोस् भनेँ । यसो गर्दा त्यो तिलरूपी लड्डु अत्यन्त ठूलो १०० किलोग्रामको हुनेछ भनेँ ।

 

अनि विदेशमा रहेका पहिला म्याग्दीबासी दाजुभाइ तथा दिदीबहिनीहरूलाई खबर गर्नुहोस्, अनि वहाँहरूले नै विश्वभरि छरिएर रहेका नेपालका अरू७६ जिल्लाका दाजुभाइ तथा दिदीबहिनीहरूलाई तिलरूपी लड्डुको रूपमा परिणत गर्न सक्रिय हुनुहुनेछ भनेँ । आजको ‘इन्टरनेट’को समयमा दुनियाँमा सूचना र अपिल प्रवाह गर्न अप्ठ्यारो पनि छैन भनेँ । यसको साथै श्रीमान् नगरप्रमुखज्यूहरूको अगुवाईमा गुरुयोजना बनाउन शीघ्र लाग्नुहोस्, यो गुरुयोजना सरकारी स्तरको खर्चबाटै बनाउन पहल गर्नुहोस् भन्नुको साथै नगरपालिकाबाट प्रत्येक वर्ष कम्तीमा एक करोड रुपैयाँ यस आश्रमलाई निकासा गर्न प्रत्येक वर्ष अनुरोध गर्नुहोस् भनेँ । यसपछि चिया खायौं र गीताप्रेस, गोरखपुरबाट प्रकाशित नेपालीभाषाका ‘मानवमात्रको कल्याणको लागि’ नामको पुस्तक १, अमोघ शिवकचव १ र श्रीहनुमान चालिसा गरी ३ पुस्तक पहिला हजुरहरूले पढ्नुहोस् अनि आश्रममा राख्नुहोला र अरूलाई पनि अध्ययन गर्न प्रेरित गर्नुहोला भनेर दिएँ ।

 

त्यसपछि उहाँहरू जानुभयो । जाँदा उहाँहरूले मलाई दिमाख खुस्केको मान्छे होला भन्नुभएको होला, तर भनेमा मैले दुःख मान्दिनँ र म दिमाख खुस्केको मान्छे होइन भनेर मनमनै भनेँ र हाँसे पनि । अनि १०–१५ दिनपछि आदरणीय श्रीभीमबहादुर बानियाँलाई ‘कृषिज्ञान केन्द्र’ वा ‘वन कार्यालय’मा जानुभयो भएन ? समितिमा कुरा राख्नुभयो वा भएन ? फोन गरेर सोधेँ साथै म दिमाख खुस्केको मान्छे होइन हजुरहरूलाई यस्तो लागेको होला भनेँ । त्यस समयमा उहाँकी ९१ वर्र्षीय स्वर्गीय माताजीको क्रियाकर्ममा हुनुहुँदोरहेछ । मैलेपछि थाहा पाएँ । उहाँले फोनमा भन्नुभयो, होइन गुरुजी दिमाख फुस्केको भनेका छैनौँ, हजुर र हामी भेट भएपछि अर्थात् हजुरले यसोयसो गर्नुपर्छ भनेपछि हामीलाई (आश्रम वा समितिका व्यक्तिलाई) राम्रो–राम्रो भएको छ, ‘संघीय सरकार’को ‘सांसद विकासकोष’बाट लगभग २ करोड रुपैयाँ र ‘श्रीबेनीनगरपालिका’बाट लगभग एक करोड रुपैयाँ परेको छ । ‘ज्ञान केन्द्र’ वा ‘वन कार्यालय’मा गएका छैनौं । समय मिलाएर केही दिनमै जानेछौं भन्नुभयो र केही दिनमा पुनः भेट हुनेगरी फोन वार्ता टुङ्ग्यायौँ पनि ।

 

त्यसपछि २०७७ फागुन १५ गतेका दिन ‘श्रीराममन्दिर’, ‘गलेश्वर’ पर्वतमा उहाँ र म भेट भयौं, अनि मैले सिङ्गो समाजको यस आश्रमलाई कसरी अगाडि बढाउने भन्ने सोच छ भनेर बल्ल मैले सोधेँ ? अनि उहाँले भन्नुभयो, रावण जन्मेको यहीँ भएकोले रावणको मूर्ति बनाई ‘रावणपार्क’ बनाउने भन्ने छ, जुन हजुरले फोन गर्दा ‘संघीय सांसद कोष’ र ‘नगरपालिका’बाट लगभग ३ करोड परेको छ भनेको थिएँ त्यो त्यसैको लागि हो भन्नुभयो । तत्पश्चात् बोधिवृक्षको बारेमा ‘वन कार्यालय’मा गएर श्रीमान् वन अधिकृतज्यूसँग सम्पर्क गरेका थियौं । परीक्षणका लागि बिरुवा महँगो भएतापनि केही मात्रामा झिकाएर सहयोग गर्छु भन्नुभएको छ र ‘कृषि ज्ञान केन्द्र’का प्रमुखज्यूले त्यस ठाउँको माटो ल्याउनुहोस् परीक्षणको लागि सहयोग गर्छु भन्नुभएको छ भने ‘चारधाम मन्दिर’ बनाउने कुरा अझै कतै भनेको छैन भन्नुभयो ।

 

अनि वहाँ फर्केर जानुभयो । मेरो ‘चारधाममन्दिर’ बनाउने सपनाको जमिनमा ‘रावणपार्क’ बनाउने उद्देश्य रहेछ, वहाँहरूको त्यो उद्देश्यलाई मैले भङ्ग गर्न सक्ने कुरा पनि होइन र भङ्ग गर्नु पनि हुँदैनथ्यो, उहाँहरूको सोचअनुसार मलाई ठीकै लाग्यो । त्यसपछि पुनः यस आश्रम र आसपासको व्यक्तिगत जमिन र सरकारी जमिनसमेत पुनः अवलोकन गर्नुपर्ने भयो । मेरो कुर्कुच्चामा त्यतिखेर काटेर घाउ भएकोले हिँडेर गई वरीपरी निरीक्षण गरी फर्के रआउन कठीन भएकोले मैले उहाँलाई कुनै साधनको सहयोग मागेर बेनीबाट उहाँ र म जाने सल्लाह हुँदाहुँदै पनि चैत्र १४ गते म ‘श्रीगायत्रीमन्दिर’ रघुगंगा–३बाट बेनी नजाँदै उहाँ पहिल्यै यस आश्रमको दानपेटिकाको रकम समितिका महानुभावहरू जम्मा भई खोल्ने कार्यक्रम भएकोले उहाँ पहिल्यै जानुभयो र म पछि बेनीबजार गएपछि उहाँले पुलाडाँडा बस्ने अर्जुन ढुङ्गानाजीलाई फोन गरी मलाई लिएर जान आग्रह गरी फोन सम्पर्क गराउनु्भयो । पछि श्रीअर्जुनजीले मलाई लैजान नसक्ने परिस्थिति आएपछि श्रीअर्जुन ढुङ्गानाजीले श्रीरिजाल फोटो स्टुडियो हुलाकचोक बेनीका श्री अशोक रिजाल लाई अनुरोध गरी मलाई फोन सम्पर्क गराउनुभयो र श्री अशोक रिजालजीले मोटरसाइकलमा लिएर गई एक बजेतिर हामी २ जना त्यहाँ पुग्यौँ ।

 

अनि तपाइँ व्यस्त मान्छे जानुहोस्, म केही समय यहाँ बसेर बिस्तारै–बिस्तारै पैदल ओरालो झर्छु भनेर वहाँलाई धेरै–धेरै धन्यवाद दिएँ पनि । त्यहाँ पुग्दा श्रीआदरणीय भीमबहादुर बानियाँज्यू र अन्य व्यक्तिहरूले रुपैयाँ गन्ती गर्ने कार्य अन्तिम चरणमा पुग्नुभएको रहेछ र खाना खाने समय टलीसकेकोले सबै जना भोकले आत्तिनु स्वभाविकै थियो । सबैजना खाना खान जानुभयो र श्रीभीमबहादुरले ‘हेलीप्याड’ भएको ठाउँदेखि माथिपट्टी जमिन देखाउनुभयो, त्यहाँ निकै जनश्रमदान र ‘डोजर’प्रयोग गरी ‘एयरपोर्ट’ जस्तो समतल भूभाग देखाउनुभयो अनि यही ठाउँमा ‘रावणपार्क’ बनाउनलाई योजना परेको हो । त्यसपछि आश्रमदेखि पश्चिमतर्फ गएर पनि हेरेँ, पुलाचौरको गाउँ पनि तृप्त हुनेगरी हेरेँ, त्यहाँ पनि निकै व्यक्तिहरूको मनोहर जमिन रहेछ । रावणपार्क बनाउने भन्ने ठाउँबाट पूर्वतर्फ पनि पाखो जग्गा रहेछ र ‘चारधाममन्दिर’ बनेमा भूमिको कुनै अभाव नभएकाले मेरो मन खुसीले फुरुङ्ङ भयो, जमिन समतल गर्न खर्च त लाग्छ नै । यसको साथै पुजारी श्रीजगदीश सुवेदीजी र श्रीभीमबहादुरजीले चारैदिशातर्फका त्यहाँबाट देखिने गाउँहरूको नाम बताउनुभयो, मैले हेरेँ । किनकि कुन गाउँ वा कुन डाँडापाखाको नाम के हो ?मैले जान्ने कुरा भएन । त्यो दिन पनि श्रीआदरणीय भीमबहादुर बानियाँज्यू र म त्यही दिन त्यतातर्फ पानी आएकोले बाटो चिप्लो भएकोले लुरु–लुरु गलेश्वरतर्फ ओरालो लाग्यौँ ।

 

अब मैलेश्रीपूज्य पूजारीजी र श्रीआदरणीय भीमबहादुरज्यूले बताउनुभएको र मैले हेरेका गाउँ वा डाँडा पाखाको नाम यस प्रकारले लेख्छु कि मन्दिरको आग्नेय कोणको चौतारीबाट हेर्दा म्याग्दी जिल्लाको सदरमुकाम बेनीबजार र पर्वतको वारी बेनीबजार आग्नेयकोणमा पर्नेरहेछन् । त्यस ठाउँबाट तल दायाँ बायाँ हेर्दा बेनीबजारबाट अर्थुङ्गे चोक हुँदै, नेपाली सेनाको क्याम्प, गुफा ‘श्रीराममन्दिर’, ‘श्रीकपिलदेव भगवान्को आश्रम ’ हुँदै यस आश्रममा आउनलाई करिव ६ कि.मि.को घोडेटो बाटो रहेछ । अर्कोतर्फ बेनीबजारदेखि अर्थुङ्गेचोक, नेपाली सेनाको क्याम्प, बाँसबोट, एकपाटे हुँदै अबेचौर, पुरुण्डी, पुलाचौर र पुलाडाँडाँ हुँदै यस आश्रममा आउँनलाई करिव ६.५ कि.मि.को कच्ची मोटरबाटो रहेछ । अर्को गलेश्वरतर्फबाट काउलेगौँडा, कोसेपानी, कानूर, नेप्टेचौर, हटिया, तीनमाने हुँदै करिव ७कि.मि.को कच्ची मोटरबाटो यस आश्रममा आउनलाई रहेछ । अर्को बाटो म्याग्दीका उत्तर दिशाको पाखापानी, झिँ, वाँखेत, पात्लेखेत, ओख्ले, तातोपानी, कारीगाउँ हुँदै ‘पुलस्त्य–पुलह आश्रम’मा आउनेलाई पनि रहेछ ।

 

यसको साथै ‘कृषि सडक’ ढुवानथर, भीरमुनीतर्फबाटपुलाचौर हुँदै यस आश्रममा आउँनलाई रहेछ । यो कि.मि. परिमाण बेनी नगरपालिकाका प्रशासकीय अधिकृतश्रीमान् छविलालसुवेदीज्यूलाई मैले अनुरोध गरेपछि उहाँले फोन नं. दिएर इन्जिनीयर श्रीमान् रञ्जनकार्की– ज्यूले उपलव्ध गराउनु भएकोले दुवै जना प्रति कृतज्ञता ज्ञापन गर्दछु । यसरी यही ठाउँबाट चारैतिर घुमेर हेर्दा बेनीतर्फ, अर्थुङ्गे, सैनिक क्याम्प, गुफा, श्रीराममन्दिर, अरू बाँसबोट, एकपाटे आदि गाउँहरूले सबैको मनलाई लोभ्याउने जस्तो मलाई लाग्यो, सबै मोटरबाटो कच्ची भएकोले कतैकतै ‘ग्राभेलिङ्ग’ गर्न लागेको कतै ‘पिच’ गर्न लागेको भने कतै बाटो चौडा गर्न लागेको पनि देखिन्छ । सबै मार्गहरू घुमाउरा छन् र यहाँबाट ‘श्रीजगन्नाथमन्दिर’करिव ३.५ कि.मि. भएको र वहाँसम्म पनि कच्ची मार्ग जोडिएको कुरा वहाँहरूले बताउनुभयो । यसको साथै यी मार्गहरू जुन–जुन योजना अन्तर्गत निर्माणाधिन छन्, ती ढिलो चाँडो ‘पिच’ हुने कुरामा कुनै सन्देह नभएकोले यातायातको हकमा तत्काल दुर्गम नै छ ।

 

किनकि आफ्नो साधन भएकोलाई पनि मार्ग खराब छ जताततै । तर मार्गहरूको भविष्य शीघ्र उज्ज्वल छ यसको साथै ‘हेलिप्याड’को समेत व्यवस्था भएकोले यस आश्रममा आउनलाई कुनै मुस्किल अब हुनेछैन भन्ने मैले विश्वास लिएको छृु । तत्कालमा बेनीबजारदेखि यस आश्रमसम्म आउनलाई नियमित जीपहरूको व्यवस्था भए अझै राम्रो हुने थियो । बाटोको सुधार भएपछि नगरपालिकाले नगरबसको समेत व्यवस्था गर्नेछ भन्ने विश्वास लिएको छु ।

अर्कोतर्फ पूर्वतर्फबाट क्रमशः देखिने गाउँ भीरपाखो, डाँडा लेकको नाम निम्नानुसार उल्लेख गर्न चाहन्छु । म्याग्दीको पूर्वमा राम्चे, काफलडाँडा, नागी, हिस्तानमण्डली, पर्वतको माझफाँट, लेकफाँट, आग्नेय कोणतर्फ बेनीबजार, पर्वतको धाइरिङ, नाग्लीबाङ बनौं, ‘मधेशको दाङ, पहाडको पाङ’ भनिने र ‘विश्वको लामो झोलुङ्गे पुल’ भनेर दाबी गरिएको गतसाल मात्र निर्माण पूूरा भएको बाग्लुङ बजारको बाङ्गेचौरदेखि पाङको अदुवाबारी जोड्ने पुल भएको पाङ गाउँको केही भूभाग, पर्वतको कार्कीनेटा र स्याङ्जा जिल्लाको डहरेकोलेक– समेत देखिनेरहेछ । दक्षिणतर्फ म्याग्दीको ज्यामरुककोट, खबरा, अर्जम, बाग्लुङको पञ्चकोट, राराकोट, भकिम्ले, बान्द्रे, डाँडाखानी, स्वर्गद्वारी (बाग्लुङको) मनोरम रूपले देखिने रहेछन् । यस्तै प्रकारले पश्चिमतर्फ म्याग्दीको थामडाँडा, सुर्केमेला, भ्ुसुङ, म¥याङ, डोले, वराङ्जाको धापुङ, टिकाबाङ, नेटा, म्याग्दी जिल्लाको प्रसिद्ध सोलेको लेक, सिस्नेघारी, कुहुँ, पूर्णगाउँ, थाइबाङ आदि गाउँहरू वा लेक मनोहारिणी रूपले देखिनेरहेछन् ।

 

यसको साथै उत्तरमा टोड्केको धुरी, भङ्कसे लेक, मालिका धुरी, पाखापानी, कुइनेमंगले, चिमखोलाको धुरी, दग्नामसहित धवलागिरी हिमाल, मनाश्लु, अन्नपूर्ण, माछापुच्छ«े, माथापाथी, निलगिरि हिमालका साथै अन्य हिमशृङ्खला र चारैदिशातर्फका होचो भागका कैयौं रमणीय गाउँ, बस्ती, नदी, खोलानाला आदि अति नै मनमोहक रूपले देखिने रहेछन् । आश्रमबाट ५–७ मिनेट माथि उत्तरतर्फ गएर हेर्दा ‘श्रीवरनाथ आश्रम’ तत्कालीन पर्वतराज्यको राजधानी ‘ढोल्ठान’ र ‘श्रीजगन्नाथमन्दिर’को भूभाग देखिने रहेछ । यसको साथै चैत्र, वैशाखको गर्मी समयमा पनि हावा जोडले जोमसोममा लाग्दा झैँ लाग्नाले शरीर थुरथुर काम्ने पनि रहेछ । यसको साथै हालमा पैदल आउनलाई बेनीबजारबाट अर्थुङ्गे, पुलाचौर वा अन्य गाउँ हुँदै यस आश्रममा आउनलाई र ‘श्रीगलेश्वर’बाट सल्लेरी वन हुँदै यस आश्रममा पैदल आउनलाई २–३ घण्टासम्म बिस्तारै हिँड्दा लाग्नेरहेछ ।

 

अब मैले यस ‘पुलस्त्य–पुलहाश्रम क्षेत्र विकास’ सम्बन्धी अवधारणा पत्रका लेखक तथा तत्कालीन ‘मालपोत कार्यालय’ म्याग्दीका शाखा अधिकृत श्रीमान् कृष्णबहादुर बानियाँज्यूले प्रस्तुत गर्नुभएको अवधारणापत्र सरसरर्ती अध्ययन गर्दा यहाँ लेख्ने निम्न कुराहरू सारांशमा उद्धृत गर्न चाहन्छु । यो पुस्तक चैत्र १४ गते श्रीआदरणीय भीमबहादुर बानियाँज्यूले दिनुभएको थियो ।

१. यो पुस्तक वा अवधारणापत्र बनाउन त्यति सहज नभए पनि उहाँले कठोर परिश्रम गरेर बनाएकोले उहाँलाई धेरैधेरै धन्यवाद दिनुका साथैस्वागतयोग्य छ ।
२. यस आश्रमको महत्व ब्रह्माजीले गर्नुभएको सृष्टिसँगै अत्यन्त पावन महत्व हुँदाहुँदै पनि बल्ल वि.सं. २०४० सालदेखि सुधार गर्न अग्रसर र महत्वबोध भएको देखिन्छ ।
३. वि.सं. २००४ सालसम्म एउटा ढुङ्गामाटोको गारो भएको मन्दिर आजसम्म यस अवस्थामा पुग्नु प्रशंसनीय कार्य भएको छ ।
४. मन्दिरमा लिङ्गको मात्र पूजा गरिएता पनि २०३८ सालदेखि विभिन्न भक्तजनले ‘पुलह ऋषि’को मूर्ति, ‘शालग्राम’, ‘घण्ट’, ‘नन्दी’, ‘पुलस्त्य ऋषि’को मूर्ति, ‘तामाको गजुर’, ‘ठूलो घण्टा’, ‘सानो घण्टा’, मन्दिरको पश्चिमद्वार अगाडि ठूलो नन्दी (बसाहा), आठ किलोग्रामका चक्रधारी शालग्राम भगवान् स्थापना गर्न ल्याउनु, तुलसीको मठ बनाउने, ग्रीलको रेलिङ्ग राख्नु, दिया चढाउनु, भीरतर्फ खस्ने डरले ढुङ्गाको गारोको पेटी निकाली प्याराफिटको निर्माण गर्नु आदि कार्य २०३८ सालपछि भएको भएता पनि यी सबै कार्य अति उत्तम र सराहनीय देखिन्छन् ।
५. अन्य कार्यमा अल्पकालीन र दीर्घकालीन सबै प्रस्तुत भएको र मन्दिर शृङ्गार भैसकेको देखिन्छ भने खानेपानीको हकमा आश्रम बाहिर रहेको पँधेरो संरक्षण समयमा नगर्नाले पानी हराएको जस्तो मैले अनुमान गरेको छु । यसैले यहाँ पानीको निकै हाहाकार छ, यसमा सम्बन्धित मन्दिरको समिति, वडा कार्यालय र नगरपालिकालाई शीघ्र पानीको प्रबन्धको लागि ठोस कदम चाल्न मैले निवेदन गर्न चाहन्छु । यसको साथै विमानस्थल यहाँ बनाउँदा जहाज अवतरण वा उडान गर्न सक्छ वा सक्तैन, सम्बन्धित विशेषज्ञको निरीक्षणबाट मात्र थाहा हुने कुरा हो । भएमा सबैलाई राम्रो हुन्छ, यसैले यस्तो लक्ष्य राख्नु पनि एकदम ठीक छ ।
६. आम्दानीको स्थायी स्रोतको खोजी नगरिएको जस्तो लाग्यो, यसैले यहाँ बोधिवृक्ष, चन्दन वृक्ष लगाउनुको साथै यस म्याग्दी जिल्लामा सञ्चालन हुने विभिन्न ‘विद्युत योजना’ र अन्य कुनै प्रकारका ठूलो योजना सञ्चालन भए पनि ती योजनामा केही प्रतिशत यस आश्रमलाई छ्ट्याई दिनुहोस् भनी संगठित रूपले भनेमा र श्रीमान् प्रमुख जिल्ला अधिकारीज्यूको सिफारिस भएमा कैयौँ लाख रकम पनि ‘थोपा–थोपाले घडा भरिन्छ’ भनेझैँ रकम प्राप्त हुने प्रचुर सम्भावना मैले देखेको छु ।
७. वि.सं. २०४६ सालको धनधान्याञ्चल महायज्ञ गरेपछि मात्र यस आश्रमलाई अगाडि बढाउन सक्रियता रहेको देखिन्छ । ढिलै भए पनि यी सबै कार्य सकारात्मक छन्, यसैले तन, मन र धनले यस आश्रमलाई सहयोग गर्ने सबै जनाप्रति म कृतज्ञता प्रकट गर्दछु ।
८. कुरिनटारदेखि ‘मनकामना भगवती’सम्ममा केबुलकार हुन जरुरी नै थियो, किनकि कुरिनटारदेखि, मुग्लिन र मुग्लिनदेखि आँबुखैरेनीसम्म लगभग १७–१८ किलोमिटर बाटो पर्छ र आँबुखैरेनीबाट पैदलबाट गए ३ घण्टा उकालो सिंढी चढ्नुपर्छ ।बल्ल अहिले गोर्खा बजारदेखि मन्दिरसम्म कच्ची मोटर वाटो छ र लगभग २०÷२५ कि.मि. होला यत्रो बाटो घुम्ने कुरा पनि भएन । यति लामो बाटोमा काठमाडौँतिरबाट र चितवनतिरबाट आउने मानिसलाई सुगम बनाउन जरुरी थियो । यहाँ यस्तो स्थिति छैन । यहाँ बेनीबजारको पश्चिमतर्फको अग्निखेतबाट पुलहाश्रमसम्म केबुलारको धारणा ल्याइएको छ । यहाँ त अब बाटो‘पिच’ भएपछि ‘मनकामना’ जस्तो बाटो धेरै लामो हुनेछैन । यदि केबुलकार बनेमा ‘गलेश्वर’ देखि यस आश्रम र बेनी अर्थुङ्गे हुँदै यस आश्रम र अर्थुङ्गे ‘राममन्दिर’, ‘गुफा’, ‘कपिलदेव भगवान्को आश्रम’ हुँदै यस आश्रममा आउने मार्ग सुनसान भै त्यो मार्गका जनताको विभिन्न प्रकारको रोजगारी खोसिनेछ । यसमा मैले विरोध गरेको पनि होइन र विरोध गरेर पनि मैले केही गर्न सक्तिनँ, केवल विचार प्रकट गरेको हुँ । यसमा केबलकार बनाउँदा हुने लाभहानि दुवैपक्षमा गम्भीररूपले विश्लेषण गर्नुपर्छ ।
९. यो आश्रमको पहिल्यै मैले लेखिसकेको छु कि ब्रह्माजीको सृष्टिसँगै यसको महत्व छ भनेर तर आजसम्म ओझेलमा पार्नुको कारण पहिलो ‘बोल्नेको थुक बिक्री हुन्छ, नबोल्नेको घ्यू पनि बिक्री हुँदैन’ भनेझैँ प्रचार–प्रसारकै कमी हो भने दोस्रोमा यातायातको कठिनाइ हो । अब त्यो परिस्थितिले कोल्टे फेरिसकेको छ, तर प्रचारप्रसार भने निरन्तर गर्न आवश्यक छ ।
१०. अहिलेको समयमा सञ्चारमाध्यमहरु रेडियो, टेलिभिजन, पत्रपत्रिका र ईन्टरनेट आदि माध्यमद्वारा प्रचार गर्नुको साथै ‘गलेश्वर’, बेनीबजार, पारीबेनीबजारमा ठूला–ठूला ‘होर्डिङ्गबोर्ड’ राखी यस आश्रमको प्रचारप्रसार गर्न जरुरी छ । किनकि कस्तुरीमृगले बासना कहाँबाट आयो भनी अन्यत्र खोज्न गएझैँ हामीहरूको अवस्था भएको छ ।
११. यसको साथै वर्तमान् अध्यक्ष श्रीआदरणीय लीलाबहादुर बानियाँज्यूलाई भेट्न वर्तमान् उपाध्यक्षज्यू र म २०७७ चैत्र महिनाको ४–५ गतेतिर भेट्न जाँदा भेट भएन पछि यही २०७८ साल वैशाख १० मा मैले बेनीबजारको घरमा भेटेँ र परिचय गरे पनि त्यस समयमा मैले यस आश्रमको बारेमा लेख लेख्न लागेको बताएँ । अनि २०४६ सालदेखि मात्र हजुरहरू बिउँझिनुभएको रहेछ भन्दा उहाँले यसो भन्न लाग्नुभयो । सुनसान मन्दिर भयो भन्ने चिन्ता र मन्दिरको नियमित रूपमा पूजा गर्ने पुजारी राख्न पनि मुस्किल भयो भन्ने चिन्ताले सताएर उहाँका पिता स्व.भीमबहादुर बानियाँज्यूले उहाँका दाजु फौजबहादुर बानियाँज्यूसँग र लीलाबहादुरजीका काका वर्तमान् उपाध्यक्ष भीमबहादुर बानियाँज्यूका पिता स्व.रामबहादुर बानियाँज्यूसँग सरसल्लाह गरी ‘विश्वशान्ति धनधान्याञ्चल तथा श्रीमद्भागवत महापुराण महायज्ञ’ स्व. भीमबहादुर बानियाँज्यूको मूल समोराह समितिका अध्यक्षको नेतृत्वमा स्वर्गीय पं. तारानाथ रेग्मीलाई यज्ञको आचार्य बनाई यज्ञ भएको रहेछ र यज्ञको खर्च कटाएर लगभग ७८ हजार रकम बचेको रहेछ । (पं. तारानाथ रेग्मी मेरा दशगात्रका हजु्रबाबा हुनुहुन्छ ।)
अर्कोतर्फ २०६६ मा पनि सोही यज्ञ गर्दा वर्तमान् अध्यक्षज्यू मूल आयोजक समितिका अध्यक्ष भई यज्ञ भएको र सो यज्ञका आचार्य श्रीचन्द्रमणि पण्डितजी हुनुभएको रहेछ । सो समयमा लगभग ६० लाख रकम उठेकोमा लगभग १४ लाख यज्ञमा खर्च भएको र ६ लाख रकम उधारोमा दानवीर बनेर माला लगाउने र तामदानीमा भक्तजन चढ्ने काम मात्र भएछ । अब बाँकी हुन आयो ४० लाख रकम । यसमा २०७० सालमा वर्तमान् अध्यक्षज्यूकै पहलमा सो पुरानो मन्दिरलाई भत्काई लगभग २० लाख खर्चमा पक्की भवन मन्दिर बनाइएको रहेछ र सो २० लाख बचतमा पुनः विभिन्न चन्दादान र अन्य स्रोत जुटाई हालमा मन्दिरको अक्षयकोष लगभग ५० लाख भएको जानकारी प्राप्त भयो । साथै उहाँका पिता स्व. भीमबहादुर बानियाँज्यू र उहाँ पटकपटक यस आश्रमका समितिका अध्यक्ष हुनुभएको रहेछ । यसको साथै उहाँको परिवारका सदस्य स्व. पिताजी, उहाँ, उहाँकी धर्मपत्नीको नाममा समेत अलगअलग कित्ता जमिन दान गर्नुभएको रहेछ । बिहानको खानाखाने समय घर्कन लागेकोले उहाँ, उहाँको कार्यालय ‘फाइनान्स’मा जान ढिला भएकोले ‘पुलस्त्य–पुलह आश्रम’ कस्तो होस् भन्ने चाहना हजुरको छ भन्दा हात हल्लाउनुभयो र उहाँ खाना खान जानुभयो म अवधारणापत्रका लेखक श्रीआदरणीय कृष्णबहादुर बानियाँज्यूलाई भेट्न गएँ ।
यसपछि यस आश्रमलाई व्यवस्थित तरिकाले अगाडि बढाउन २०५० सालदेखि कार्य समिति गठन भएको देखिन्छ र सबै कार्य समितिको नाम उल्लेख गर्दा यो लेख धेरै लामो हुने हुँदा वर्तमान्कालको कार्य समितिको मात्र नाम र पद यहाँ उल्लेख गर्न चाहन्छु ।
‘श्री पुलस्त्य–पुलह क्षेत्र विकास कोष
बेनी नगरपालिका–५, पुलहाश्रम, पछै, म्याग्दी, जिल्ला ।
कार्यकारी समिति,
पुनर्गठन मिति २०७७÷०१÷१२
क्र.सं. पद नाम कैफियत
अध्यक्ष श्रीलीलाबहादुर बानियाँ
उपाध्यक्ष श्रीभीमबहादुर बानियाँ
सचिव श्रीमाधवप्रसाद रेग्मी
कोषाध्यक्ष श्रीरामचन्द्र शर्मा
सदस्य श्रीटेकबहादुर बानियाँ
सदस्य श्रीयमबहादुर बानियाँ
सदस्य श्रीतेजप्रकाश बानियाँ
सदस्य श्रीवीरबहादुर जि.सी.
सदस्य श्रीजुनार बानियाँ
सदस्य श्रीयमबहादुर दर्जी
सदस्य श्रीरामचन्द्र पौडेल
पदेन सदस्य श्रीलक्ष्मण बानियाँ

उपसमिति
‘पुलस्त्य–पुलहाश्रम, संरक्षण उपसमिति, गठन मिति २०७७÷०१÷१२
क्र.सं. पद नाम कैफियत
संयोजक श्रीभीमबहादुर बानियाँ
सचिव श्रीपुरन बानियाँ
कोषाध्यक्ष श्रीधनकुमार बानियाँ
सदस्य श्रीनारायण बानियाँ
सदस्य श्रीनन्दलाल जैसी
सदस्य श्रीदेविलाल वि.क.
सदस्य श्रीहिराबहादुर नेपाली
सदस्य श्रीसुनिता बानियाँ
(घ) रावणको जन्मभूमिः–
(+तत्कालीन लङ्काका प्रतापी राजा रावण यही पुलस्त्य–पुलहाश्रममा जन्मेका थिए भन्ने किंवदन्ती यस क्षेत्रमा प्रचलित छ । विद्वान् ऋषि पुलस्त्यका छोरा विश्रवा ऋषिले यसै आश्रममा सपत्नी तपस्या गरी बसेको कुरा पुराणमा उल्लेख छ । विश्रवा ऋषिकी पत्नी कैकसीतर्फ रावण, कुम्भकर्ण र विभीषण तीन भाई पुत्रहरूमध्ये रावण अतिव विद्वान्, शुरवीर र ज्ञानवान् पनि थिए । उनी ब्रह्माण्डकै बिजेता एवम् परमहत्वको विवेचक र उपासक थिए । रावणलाई परस्त्री हरण गर्ने, कामलम्पट र दुराचारीको रूपमा गणना गरिन्छ तापनि यथार्थमा उनीमाथिको यो आरोप मिथ्या थियो । उनी बाह्यरूपमा क्रुर स्वभावको देखिए पनि आन्तरिक रूपमा उनमा भावना सुद्धि थियो । अन्यथा विश्व बिजेता रावणले चाहेको भए एक वर्षसम्म लङ्कामा रहेकी एकल महिला सीताको सतित्व सुरक्षित हुनसक्ने थिएन भन्ने यथार्थ साधारण चिन्तकले पनि बुझ्न सक्ने कुरा हो । हालको श्रीलङ्का र भारतको दक्षिणीक्षेत्र तमिलनाडु, मद्रास, कर्नाटकका, केरलातिर हिन्दू धर्मग्रन्थहरूद्वारा भगवान् मानिएका अयोध्याका राजा, दशरथका जेष्ठपुत्र रामलाई भन्दा लङ्काका राजा रावणलाई उपल्लोकोटीमा राखी एउटा वीर, विद्वान् र त्यागी व्यक्तित्वको रूपमा पूज्दै आएको पाइ्र्रन्छ । पुराणहरूमा उल्लिखित वर्णनअनुसार रावण साँच्चिकै दुराचारी नै थिए भने सीतालाई हरण गर्दा आफ्ना नङले जमिन उधिनेर शरीर नछोइकन लङ्का पु¥याउने थिएनन् । उनले चाहेको भए अपहरण गरिएकी शत्रुपत्नी सीतालाई जे पनि गर्न सक्ने अवस्था रहँदारहँदै रावणले सीतालाई सम्मानित व्यवहार गरेबाट उनी दुराचारी थिए भन्ने आरोप खण्डन भएको देखिन्छ ।
पुलहाश्रम क्षेत्र वरिपरिका गाउँबस्तीमा रावण पुलहाश्रममै जन्मेका हुन् भन्ने जनश्रुति प्रचलित छ र पुलहाश्रम नजिकै रहेको एउटा ढुङ्गालाई ‘राउन्नेको ढुङ्गो’ भनिन्छ र पुलहाश्रमदेखि तल गुफा भन्ने ठाउँ नजिकै रहेको बारीलाई ‘राउन्नेको गरो’ भनेर स्थानीय जनजिब्रोमा बोल्ने गरिन्छ । रावणको नाभी गाडेर छोपेको ढुङ्गालाई ‘राउन्नेको ढुङ्गो’ र रावण बाल्यकालमा खाइखेलेको बारीको पाटालाई ‘राउन्नेको गरो’ भन्ने वाक्यांश लोकप्रचलनमा रहेको छ । टड्कारो रूपमै स्थानीय जनमानस तथा जनजिब्रोमा झुण्डिएका शब्दहरू‘राउन्नको ढुङ्गो’ र ‘राउन्नेको गरो’लाई एउटा बलियो आधार–प्रमाणको रूपमा मान्नुपर्ने हुन्छ । शास्त्रीय प्रमाणको खोजी गर्दा शास्त्र पुराणहरूमा रावण यसै ठाउँमा जन्मेको भनेर किटान गरेको नपाइए पनि ‘रावणसंहिता’ नामक पुस्तकमा ‘पुलस्त्य ऋषिका नाति, विश्रवा ऋषिका छोरा रावण आफ्ना बाबु तथा बाजेले तपस्या गरी बसेको सुमेरु पर्वत तथा मन्दराचल पर्वतमा जन्मेको व्यहोरा उल्लेख भएको पाईन्छ । पुलस्त्य ऋषिका छोरा विश्रवाले यसै पुलहाश्रम र ऋखारमा तपस्या गरेको हुनाले यस आश्रम नजिकै विश्रवाको कुटी थियो भनी स्थानीय बुढापाकाहरू बताउँछन् । पुलस्त्य–पुलहले यसै आश्रममा घोर तपस्या गरी ‘विश्व महायज्ञ’ गरेको प्रमाण विभिन्न पुराणहरूमा नै रहेकोले विश्रवा ऋषि सपत्नी पुलहाश्रममा बसेको बेला रावणको जन्म त्यहीँ भएको भन्ने तर्क प्रासङ्गिक ठहर्छ । त्यस्तै पं. भीमनाथ पराजुलीले आफ्नो ‘पुलस्त्य–पुलहाश्रम र गलेश्वर महात्म्य’ मा यस्तो श्लोक लेखेका छन् ।
‘अन्यान्यपि आश्रमाणि पुलहाश्रम मण्डले ।
शन्ती बिल्वप्रभादिनी ऋषि सिप्दान्तमादि च ।।
अत्रै व राजा भरतेन सेवितम् । अत्रैव तप्तं पुलहेन भार्यया ।
समं पुलस्त्येन स्वभार्यमा सह । प्रसिद्ध पुण्यस्थलः आश्रमेषु ।।’
उक्त श्लोकहरूबाट पुलह र पुलस्त्य दुवै ऋषिहरू यस आश्रममा सपत्नी अर्थात् सपरिवार तपस्या गरी बसेको पुष्टि हुनाले पुलस्त्यको नाति विश्रवाका छोरा रावण यहीँ पुलस्त्य–पुलहाश्रममा जन्मेको प्रमाण लाग्दछ ।
ङ) विश्व महायज्ञ स्थल
पुलस्त्य र पुलह दुवै ऋषिहरूको आश्रमस्थल रहेको पुलाडाँडाको पछैमा आदिमकालदेखि नै विधियुक्त विशाल महायज्ञहरू सम्पन्न हुने गरेको र ती यज्ञहरूमा ऋषि, महर्षि, राजर्षि, देवर्षि, समस्त भक्तगण र स्वयं ब्रह्माजीको समेत उपस्थिति हुने गरेको यथार्थ विभिन्न धर्मग्रन्थहरूमा पढ्न पाइन्छ । यो आश्रममा पटकपटक ठूला यज्ञहरू भै नै रहेको र पुलस्त्य र पुलह ऋषिद्वयले यसै ठाउँमा गरेको विश्वमहायज्ञको चरु (खरानी) त्यहाँ अद्यापि ज्वलन्त र प्रमाणको रूपमा पाइन्छ । स्व. योगी नरहरिनाथ धेरै वर्ष अगाडि यहाँ आई विश्वमहायज्ञको चरु शिरमा लगाउँदै महायज्ञ सम्पन्न भएको कुरा पुष्टि गर्नुभएको थियो । सो महायज्ञको चरु ठूलो ढुङ्गाले छोपिएको अवस्थामा सुरक्षित रहेको छ । ठूलो ढुङ्गाले छोपिनुको कारण खोतल्दा महायज्ञ गरिएको ठाउँमा रहेको आगोको भुङ्ग्रोलाई हावाले उडाएर गाउँघरमा आगलागी हुने डरले ठूलो शिलाले छोपिएको हो भन्ने जनश्रुति छ । अर्को मान्यताअनुसार सो यज्ञको चरु छिन्नभिन्न नभै सुरक्षित रहोस् भन्नाको लागि ढाकिएको हो भन्ने भनाई पनि रहेको छ । यसरी सत्ययुगमा विद्वान् ऋषिहरू पुलस्त्य र पुलहले विश्व महायज्ञ सम्पनन गरेको यो ठाउँ पवित्र भूमि हो भन्ने बुझिन्छ ।+) (यो (+)कोष्ठ भित्रको लेख कृष्णवहादुर बाँनियाज्यूले तयार गरेको अवधारणापत्रबाट जस्ताको त्यस्तै साभार गरिएको हो ।)
अब कुरा आयो रावण कहाँ जन्मियो भन्ने कुरा । यसमा यस आश्रमका कार्य समिति र समाजले रावण यही जन्मेको भन्ने कुरा प्रमाणित हुन आउँछ भनेर लेख्नुभएको रहेछ, सो कुरा माथि नै प्रष्ट भैसक्यो । अर्कोतर्फ परमधाम निवासी नेपालका महान् सन्त तथा मूर्धन्य विद्वान् श्रीपूज्य नरहरिनाथज्यूले २०३३ सालमा कठोर काराबासमा रहँदा,‘हिन्दूराष्ट्र–परिचयोदेवदेशो हिमालयःदेवभूमि भारत एवम् आध्यात्मिक नेपाल’ नामको पुस्तक लेख्नुभएको रहेछ । सो पुस्तकका केही पृष्ठ श्रीआदरणीय भीमबहादुर बानियाँज्यूले बेनीबजार वीरेन्द्रचोक बस्ने श्री आदरणीय सूर्यप्रकाश बानियाँज्यूसँगबाट फोटोकपी गरेर ल्याउनुभएको र पछि हामी दुवैजनाले उहाँलाई भेट्यौं पनि । सो पुस्तकको पेज नं. ५७ मा ‘पुलस्त्य–पुलह’ ऋषिको आश्रम पुला’ भनेर निम्न श्लोक लेख्नुभएको रहेछ । जो यहाँ उद्धृत गरेको छु र हिन्दी भाषामा अर्थ पनि छ, सो नेपालीमा अर्थ मैले अनुवाद गरेको छु ।
‘अत्रैव कालिका–कूले पश्चिमेऽस्ति गुहागिरौ । तेपतुःसुचिरं यत्र पुलस्त्य पुलहानृषि ।
रावणः कुम्भकर्णश्च विभीषण–कुवेरकौ । यत्रविश्रवसो जाताः सुताः कठिनकोमला ।।
पुलहाश्रम इत्येष पुलाऽद्य गद्यतेजनैः । अगस्त्य–पुलहादीनां कथात्रप्रथिता भुवि ।
राँखु–राज्ञीप्रपा–ग्रामोमुक्तिनाथस्य गौष्ठिकः।।अल्पोघ्र्वं कृष्णागण्डक्या बन्धोऽरमुडिनाकृतः।।’
अर्थः– यही कालीको रघुगण तीर्थबाट पश्चिम भागमा मनोहर गुफा आश्रम छ । यस आश्रममा चिरकाल पर्यन्त पुलस्त्य तथा पुलह ऋषिले तपस्या गर्नुभएको थियो । यही पुलहाश्रममा रावण, कुम्भकर्ण, विभीषण र कुवेर चार भाइ पुलस्त्याका पुत्र विश्रवाबाट उत्पन्न भएका थिए । उनीहरूमध्ये केही कठोर र केही कोमल प्रकृतिका थिए । त्यो पुलहाश्रमलाई कालक्रमेण जनजिह्वा पुला भन्दछन् । अगस्त्यश्य पुलस्त्यश्च …….. इत्यादि ऐतिहासिक पवित्र नामाङ्कित नाग प्रतिमा नागपञ्चमीको दिन जनता आफ्नो ढोकामा लगाउँछन् । पुलहाश्रमको वामभागमा मुक्तिनाथको गोष्ठीग्राम राँखु रानीपौवा छ । रहुगण तीर्थ केही माथि गल्छी स्थल र भेजयापीडजेता अरमुडिले कृष्णागण्डकी कालिका बन्ध लगाएका थिए ।
अर्कोतर्फ पं.श्री भीमनाथ पराजुलीज्यूलाई मैले रावण कहाँ जन्मेको हो ? मलाई प्रमाण चाहियो सहयोग गर्नुहोस् भन्दा ‘भविष्य पुराण’को प्रतिसर्गपर्व चतुर्थ खण्ड अध्याय १३ को २६–२७ को निम्न श्लोक दिनुभयो । जो श्लोक यस प्रकार छन्–
(क) ‘कदली विपीने रम्ये गन्धमादनपर्वते । स रेमे च तया साद्र्धं विश्रवा भगवन् नृषि ।।२६।।
रावण कुम्भकर्णश्च तयोर्जातौहि राक्षसौ। रावणो मातृभक्तश्च पितृभक्तस्ततोऽनुजः।।२७।।
(ख)थप जानकारी – गीताप्रेसबाट प्रकाशित संक्षिप्त भविष्य पुराणमा यस्तो अर्थ छ ।
‘वैवश्वत मन्वन्तरको बाह्रौं सत्य युगमा ब्रहमाजीका पुत्र पुलस्त्य हुनुभयो , जसबाट विश्रवा नामका पुत्र उत्पन्न भए । सय वर्षसम्म विश्रवामुनिले तपस्या गरेर सुमाली दैत्यकी पुत्री कैकसीको साथ विवाह गर्नुभयो र उनीबाट रावण र कुम्भकर्ण दुई राक्षस पुत्र उत्पन्न भए । रावण मातृभक्त थियो र भाइकुम्भकर्ण पितृभक्त ।’
अर्थः– यसपछि मैले गन्धमादन पर्वत कहाँ पर्छ भनेर ‘गोरक्षनाथ संस्कृत विद्यापीठ, गोरखपुरका पूर्व प्रधानाचार्य आदरणीय श्री डा.पं. उमाकान्त पौडेलज्यूलाई फोन गरी सोध्दा तुरुन्तै बद्रिकाश्रमतर्फ पर्छ भन्नुभयो । अनि ३–४ दिन पछि उहाँले नै फोन गरेर भन्नुभयो अहिले देवीभागवत् अध्ययन गर्दैछु, यसको छैटौं स्कन्धको तेस्रो अध्यायको ५६ श्लोकमा वृत्रासुर राक्षसले गन्धमादन पर्वतमा तपस्या गरेको प्रसङ्ग आयो, यसैले गन्धमादन बद्रिकाश्रमतिर गंगाको तटमा पर्छ भन्नुभयो । श्लोक यस प्रकारको छ–
श्लोकःगन्धमादन मासाद्य पुण्यां देवधुनींशुभाम् । स्नात्वा कुशासनं कृत्वा संस्थितउच स्थिरासन ।।५६।। अर्थः– त्यहाँबाट त्यो ‘गन्धमादन’ पर्वतमा –जहाँ पवित्रसलिला श्रीगंगाजी बगीरहेकी छिन््््.,पुग्यो र गंगा स्नान गरेर कुशासनमा एकचित्त भएर बस्यो । यसको साथै संक्षिप्त मार्कण्डेयपुराण पेज १४५ गीताप्रेसबाट प्रकाशित पुस्तकमा जम्बुदीप रउसका पर्वतहरुको वर्णनमा यस्तो छ । गन्धमादन पर्वतमा जहाँ जामुनका फल झर्दछन् , उनी हात्तीको शरीरको बराबरका हुन्छन् , उनीहरुमध्ये जो रस निस्कन्छ, त्यसबाट जम्बू नामको नदी प्रकट हुन्छ, जहाँबाट जाम्बूनद नामको सुवर्ण उत्पन्न हुन्छ ।
‘श्रीरामचरितमानस’ को वालकाण्डको दो. १७६ । चौं १ मा यस्तो छ ।
‘कीन्ह बिबिध तप तीनिहुँ भाई । परम उग्र नहिं वरनि सो जाई ।।
गएउ निकट तप देखि बिधाता । मागहु बर प्रसन्न मैंता ता ।।’
अर्थः तीनै भाईहरुले अनेकौं प्रकारका धेरै नै कठिन तपस्या गरे, जसलाई वर्णन सकिंदैन । (उनीहरुको उग्र) तपस्या देखेर ब्रह्माजी उनीहरुका समीपमा जानुभयो र भन्नुभयो – हे ताता ! म प्रसन्न छु, वरदान माग ।।१।।
यसमा वरदान मागेपछि कस्तो–कस्तो तप गरेको र कहाँ गरेको सबै यसै अर्थको व्याख्यामा छ र यो तपस्या गोकर्णमा गरेको थियो । यथा ‘आगच्छदात्मसिद्धयतर्थं गोकर्णस्याश्रमं शुभम् ।’ (वाल्मी ७÷९÷४७) तर भारतमा पनि गोकर्ण तीर्थ भएकोले मलाई भ्रम थियो कि कुन गोकर्ण तीर्थ हो । साथै बालकाण्ड दो . १७५ चौ–१ को अर्थ यस प्रकारको छ । हे मुनि ! सुन्नुहोस् , समय पाएपछि त्यही राजा परिवार सहित रावण नामको राक्षस भयो । उसका दस शिर र बीसोटा हातहरु थिए । उ धेरै नै प्रचण्ड शुरवीर थियो । यसमा जन्मेको प्रसंगमात्र आयो व्याख्यामा जन्मेको स्थान उल्लेख नभएकोले म जन्मेको स्थान जान्नै पर्ने मान्छे भए पनि अलमलमा नै थिए र एकपटक हिमवत् खण्ड अध्ययन नगरी यसलाई अन्तिम रुप दिन मेरो मन नरमाएकोले वम्वईबाट प्रकाशित श्रीस्कन्दमहापुराण,श्रीराममन्दिर कुश्मा बजारबाट पं. श्री आदरणीय लोकनाथआचार्य ज्यूबाट र गीताप्रेसबाट प्रकाशित संक्षिप्त स्कन्दमहापुराण,श्री गुप्तेश्वर वेद–वेदाङ्ग विद्यालय कुश्माको पुस्तकालयबाट ल्याई हेरें । यी दुवैमा हिमवतखण्ड नेपालको पूरै हटाएर प्रकाशित गरिएको रहेछ । यसमा नेपाल सरकारले र काठमाण्डौंमा भएका विशिष्ट विद्धानहरुले जोडदार रुपमा सवाल उठाउन अनुरोध गर्दछु । किनकि यो राष्ट्रिय सवालको विषय हो । मेरो गीताप्रेसमा २०६० सालको लगभग भाद्र–असोजदेखि समितिका पदाधिकारी र अन्य सम्पूर्ण कर्मचारीहरुसँग मेरो घनिष्ठ सम्वन्ध थियो । तर पनि २०७२ जेठ पछि काठमाडौंका केही २।४ जना मात्र विशिष्ट विद्धान्हरुको कारणबाट मेरो गीताप्रेससँग सम्वन्ध विच्छेद भएको छ । यदि कुनै दिन सम्वन्ध पुनः जोडियो भने मैले पक्कै भन्ने छु कि १ अक्षर वा शव्द पनि गल्ती हुनुहुँदैन भन्ने संस्था वा पदाधिकारीहरुले किन नेपालमा भएको हिमवत्–खण्ड पूरै हटाएर प्रकाशित गरिएको हो ?
त्यसपछि हिमवत्खण्ड कहाँ को सँग छ? भनेर धेरै नै व्यक्तिहरुलाई भेटघाट र फोन सम्पर्क गरें । अनि पुनः पूर्व–प्रधानाचार्य आदरणीय पं. डा. उमाकान्तशर्मा पौडेलज्यूलाई फोन गरें र उहाँले स्कन्दपुराण कै भागमा छ र अ. ८५ मा रावण आदि जन्मेको ,तपस्या गरेको सवै प्रसंग छ भन्नुभयो । यसपछि सोधखोज गर्दा मेरो घरबाट १० मिनेट टाढा कु.न.पा. २ (साविक खुर्कोट २) का श्रीहिमालय मा.वि.बगैंचाका पूर्व प्रधानाचार्य आदरणीय श्रीद्रोणराज पौडेलज्यूले श्रीशारदा संस्कृत विद्यापीठ कु.न.पा.२,खुर्कोट पाङ बगैंचाको पुस्तकालयको लागि लैजानुभएको रहेछ र जीप चालक तथा मालीक भाइ लक्ष्मण घिमिरेसँग म भएको ठाउँमा खुसी हुँदै मिति २०७८÷५÷४ मा पठाई दिनुभयो । अनि सरसर्ती हेर्दा अन्धाले आँखा, भोकाले अन्न,दरिद्रीले हिरामोती पाएझैं मलाई खुसी लाग्यो । यसको साथै सो पुस्तक प्रा.डा.वेणीमाधवढकालज्यूले अनुवाद गरी विद्यार्थी पुस्तक भण्डार भोटाहिटी काठमाडौंबाट प्रकाशित भएको रहेछ । त्यसपछि सरसर्ती पुस्तकका पृष्ठ फर्काउँदै हेर्दै गरे र ८५ अ. अध्ययन गर्दा निम्न श्लोकका निम्न कुरा साभार गर्न उचित सम्झेर साभार गरेको छु । स्वामी कार्तिकले भन्नुहुन्छ – मुनिहरुको यस्तो कुरा सुनेर व्रह्माजीले आफ्ना नाति विश्रवालाई त्यस ठाउँमा बस्नको लागि निर्देशन दिनुभयो – हे बाबु ! पितृको उद्धार गर्ने , योगीहरुलाई सिद्धि दिने र दुनियाँको कामना पूर्ण गरि– दिने मैले स्थापना गरेको लिङ्गमय ईश्वरको तिमिले पूजा गर्नेछौं । एक अहोरात्र म यहाँ बस्छु । स्वर्गमा देवताहरुलाई उपदेश दिएर जहाँसम्म आउन्न, त्यहाँसम्म तिमिले यस लिङ्गको संरक्षण गर्नुपर्छ ।।२४–२६।।
हे देवर्षिहरु हो ! तपाईहरुले म यहीं वसेको सम्झनुहोला । राक्षसहरुले यहाँ तपस्या गर्नेछन् र शिवको अनुग्रहबाट आफ्नो कार्य सिद्ध गर्नेछन् । भाद्रकृष्ण चतुर्दशीको दिन लिङ्गको स्थापना गरी अमावस्याको दिन मुनि र देवताहरुलाई नमस्कार गरेर ब्रह्माजी तीर्थ भ्रमणको लागि प्रस्थान गर्नुभयो । यसरी नातिलाई लिङ्गकोपूजा गर्ने आदेश दिएर व्रह्माजी मुनिहरुका साथ स्वर्ग र शाश्वत ब्रह्मलोकतर्फ लाग्नु भयो ।।२७–२८१र२
भगवान् हरिणेश्वरको वचनको अनुसरण गर्दै विभिन्न पूजा सामाग्रीद्धारा गोकर्णेश्वर महादेवको लिङ्गलाई भक्तिपूर्वक पूजा गरेर बाँकी देवताहरु पनि स्वर्गतिर लागे । त्यसपछि कुबेरकी आमा(इडविडा)लाई साथमा लिएर विश्रवाले गोकर्णेश्वर भगवान्को पूजा गर्दै त्यहाँ त्यसबेला निरन्तर तपस्या गरे । कुबेरले पनि त्यस ठाउँमा भक्तवत्सल शिवजीको पूजा गर्दै बाह्र वर्षको उमेरदेखि पच्चीस वर्षको उमेरसम्म तपस्या गरे । नाच,गान, बजान र स्तुतीबाट कुबेरद्धारा प्रसन्न तुल्याईएका ब्रह्माले उनलाई स्वर्गतुल्य लङ्काको राज्य दिए । त्यस ठाउँमा राक्षसका समूहद्धारा सेवित भएर कुबेरले पुष्पक विमान चढेर भ्रमण गर्दै हजार वर्षसम्म राज्य गरी बसे ।।२९–३३।।

केही समयपछि बुद्धिमान् सुमाली नाम गरेको राक्षसले विश्रवा मुनि भएको ठाउँमा आफ्नी छोरीलाई पठायो । बाबुको आज्ञाको अनुसरण गर्दै सुमाली राक्षसकी छोरी नैकषी अत्यन्त राम्रो विश्रवा मुनिले निवास गरेको ब्रह्मारण्य भन्ने ठाउँमा गई ।।३४–३५।।
राम्री सुन्दर स्तन भएकी पातली त्यो सुन्दरीलाई देखेर ऋषिले विधिपूर्वक धर्मअनुसार विवाह गरे । ती मुनीले पनि कामदेवको अधिन हुँदै मोहित भएर राक्षसपुत्रीसित रमण गरे । राक्षरपुत्री पनि विश्रवालाई पतिको रुपमा पाएर सन्तुष्ट भईन ।।३६–३७।।
विशाल आँखा भएकी ती राक्षसीको गर्भबाट दश टाउका भएको रावण पैदा भयो ।।३८।।
श्लोक ३९ देखि ६३ सम्म विश्रवा मुनि प्रसन्न हुनु,मन्त्रदान गरेर दशवटै कर्म गराउनु,कुवेर आउनु, आमा नैकषीले गोकर्णेश्वर भगवान्को आराधना गर्न भन्नु र दश हजार वर्षसम्म राज्य प्राप्तिको लागि शिवमन्त्र जप्नु र आफ्ना टाउकालाई बारम्बार काटी पूर्णाहुति गर्न लाग्यो । त्यसपछि गोकर्णेश्वर प्रसन्न भएर रावणले मागेका वरदान दिनुभयो ।।६१–६३।।
स्वामी कार्तिकले भन्नुभयो – त्यसपछि रावणले भनेको कुरालाई भगवान्ले स्वीकार गर्नुभयो र राक्षसलाई वर दिएर उहाँ त्यसै लिङ्गमा अन्तर्धान हुनुभयो । ब्रह्माजीले पनि पचास युगसम्म सुखपूर्वक तिमिले राज्यभोग गर्न पाउनेछौ भनेर आफ्ना नातिलाई वर दिएर त्यसै ठाउँमा अन्तर्धान हुनुभयो ।।६४–६५ १÷२।।
यो हेरेपछि श्लोक ३५ मा मूलपाठ र अर्थ दुवैमा नैकषी नाम आयो,सवै ग्रन्थमा कैकसी छ । यस पछि ३५ श्लोकमा नैकषी ब्रह्मारण्य भन्ने ठाउँमा गई भन्ने प्रसङ्ग आएकोले यो ठाउँ त्यही गोकर्णेश्वरमा हो वा अन्यत्र भन्ने शंकाले विद्धानहरुसँग सोध्ने काम सुरु भएको थियो । यत्तिकैमा यही ग्रन्थका पाना फर्काउँदै जाँदा अकस्मात् परिशिष्ट भागको (क) हिमवतखण्डको अध्याय २० को श्लोक १–३ को अर्थ यस प्रकार छ ।
सनतकुमार आज्ञा गर्नुहुन्छ – यस समयमा नै राक्षसहरुको स्वामी सुमालीले आफ्नी छोरीलाई विश्रवा ऋषिको समिपमा पठाए । बाबुको आज्ञा पालन गर्दै ती नैकषी देवी सुन्दर गोकर्णेश्वरको वनमा गइन्, जहाँ विश्रवा मुनि बस्नुहुन्थ्यो ।।२।। सलक्क परेकी,उँचो पुष्ट–पुष्ट स्तनमण्डल भएकी र अत्यन्त रुपवती कन्यालाई देखेर मुनिराज विश्रवाले उनीसँग धर्मपूर्वक विवाह गर्नुभयो ।।१–३।। यसबाट के पुष्टी हुन्छ भने एक कल्पमा गन्धमादन पर्वतमा र एक कल्पमा यहाँ रावणको जन्म भयो । यस ‘पुलस्त्य–पुलह’आश्रममा पनि कैयौं कल्पमा जन्म भएको हुन सक्छ सो कुरा मैले पहिला नै उल्लेख गरेको छु । सकभर लेखकले तथ्यको आधारमा लेख्न खोज्नुपर्छ भन्ने मेरो आशय हो ।
श्रीगोस्वामी तुलसीदासजीले ‘श्रीरामचरितमानस’ बालकाण्डको दोहा ३२ को चौ.४ मा यसो भन्नुहुन्छ–
‘कलप भेद हरिचरित सुहाए । भाँति अनेक मुनीसन्ह गाए ।।
करिअ न संसय अस उर आनी । सुनिअ कथा सादर रति मानी ।।’
अर्थ – कल्पभेदअनुसार श्रीहरिका सुन्दर चरित्रहरुलाई मुनीश्वरहरुले अनेकौं प्रकारबाट वर्णन गरेका छन् । हृदयमा यस्तो विचार गरेर सन्देह नगर्नुहोला र आदरसहित प्रेमपूर्वक यस कथालाई सुन्नुहोला ।।४।। यसैले रावण कहाँ जन्मीयो भन्ने सवाल विवादको विषय होइन, यही आश्रममा पनि कैंयौ पटक जन्मेको हुन सक्छ । कति पटक कहाँ–कहाँ जन्मीयो कसलाई के थाहा?

अर्थः– यसैले रावण कहाँ जन्मिएको हो ? भन्ने कुरा विवादको कुरा होइन, उदाहरणको लागि श्रीशिवमहापुराण, वायवीय संहिता ३० अध्यायको ४३ र ४४ श्लोकमा ब्रह्माजीले ११ मानसपुत्रको सृष्टि गर्नुभयो ।
‘दक्षोरुचि भृगृश्चैव मरीचिश्च तथाङ्गिराः ।।
पुलस्त्यः पुलहश्चैव ऋतु रत्रिश्च कश्यपः।।४३।।
वसिष्ठश्चोति विख्याताः पुजानां पतयस्त्विमे ।
तेषा भार्याश्च तैः सार्धं पूजनीयां यथाक्रमम् ।।४४।।’
दक्ष, रुचि, भृगु, मरीचि, अङ्गिरा, पुलस्त्य, पुलह,ऋतु, अत्रि, कश्यप र वसिष्ठ– यी एघार जना विख्यात प्रजापतिहरू हुन् । यिनीहरूको साथमा यिनका पत्नीहरूको पनि क्रमैले पूजा गर्नू ।।४४। प्रसुति, आकूति, ख्याति, सम्भूति, धृति, स्मृति, क्षमा, सन्नति, अनसूया, देवमाता अदिति र अरून्धती यी सबै ऋषिपत्नीहरू पतिव्रता सधैं शिवपूजनमा लाग्ने कान्तीमति तथा परमसुन्दरी छन् ।
त्यस्तै श्रीविष्णु पुराणको प्रथम अंश अध्याय सातको ४, ५, ६ मा ९ पुत्र उत्पन्न गर्नुभयो । श्लोक यस प्रकार छन् –
‘यदास्य ताः प्रजाः सर्वा न व्यवर्धन्त धीमतः ।
अथान्यान्मानसान्पुत्रान्सदृशानात्मनोऽसृजत ।।४।।
भृगं पुलस्त्यं पुलहं क्रतुमङ्गिरसं तथा ।
मरीचिं दक्षमत्रिं च वसिष्ठं चैव मानसान् ।।५।।
नव ब्राह्मण इत्येते पुराणे निश्चयं गता ।।६।।
अर्थः– जब महाबुद्धिमान् प्रजापतिका ती प्रजापुत्र–पौत्रादि क्रमैले अरू बढेनन् तब उहाँ (ब्रह्मा)ले भृगु, पुलस्त्य, पुलह, ऋतु, अङ्गिरा, मरीचि, दक्ष, अत्रि र वसिष्ठ यी आफू नै सदृश्य अन्य मानसपुत्रहरूको सृष्टि गर्नुभयो । पुराणहरूमा यी नौ ब्रह्मा मानिएका छन् ।
यस्तै प्रकारले कुनैमा १० पुत्र सृष्टि भएको भेटिन्छ भने कुनैमा ८ पुत्र यो सबै कल्पभेदअनुसार भएका कुरा हुन् । हामीले यहाँ संशय गर्नुपर्ने कुरा छैन, फरक यति नै हो । हामीले रावण यहीं जन्मेको भनेर भेटाउन सकेनौँ तर शास्त्र (ग्रन्थ) अनन्त छन्, यही पनि कुनै कल्पमा रावणको जन्म भएको हुन सक्छ ? सक्तैन भन्ने प्रमाण पनि त चाहियो, कैयौँ कल्पमा रामावतार भए सोमा रावण पनि अनिवार्य हुन्छ ।
‘श्रीरामचरितमानस’(तुलसीकृत रामायण) बालकाण्डको दोहा २५ मा यस्तो छ –
‘ब्रह्म राम तें नामु बड बर दायक बर दानि ।
रामचरित सत कोटिं महँ लिय महेस जियँ जानि ।।२५।।’
अर्थः– यस प्रकार नाम (निर्गुण) ब्रह्म र (सगुण) राम दुवैभन्दा ठूलो छ । यसले वरदान दिन सक्नेलाई पनि वरदान दिन्छ । शिवजीले आफ्नो हृदयमा यस्तो जानेर नै सय करोड रामचरित्रमध्ये यस ‘राम’ नामलाई (साररूपबाट छानेर) ग्रहण गर्नुभयो । यसै अर्थको व्याख्यामा गीताप्रेसबाट प्रकाशित हिन्दी–भाषाको मानस–पीयूषमा रहस्य यस प्रकारले खोलिएको छ कि – गोस्वामीजीको मत छ कि कल्प–कल्पमा श्रीरामावतार हुन्छ । यस प्रकार पनि ब्रह्माको आयुभरमा छत्तीस हजार पटक श्रीरामावतार हुने निश्चित छ । शिवजीको आयुभरमा ३६ हजार ×३६ हजार पटक अवतार हुनुपर्छ र सृष्टिको एक चक्रमा ३६ हजार ×३६ हजार ×३६ हजार अर्थात् ४६६५६ पटक अवतार निश्चित हुन्छ ।
यसको साथै शुर्पणखा लक्ष्मणजीले नाक कानविना उ विकराल भई त्यसपछि खर रदूषणलाई भनी, तिनीहरूका १४ हजार सेना श्रीरामले एकछिनमा नै मारेपछि शुर्पणखा रावणसँग गएर सबै खबर बताएपछि रावणले मनले भनेको कुरा अरण्यकाण्डको दोहा २२ को चौपाई १, २, ३ मा भन्छ –
‘सुर नर असुर नाग खग माहीं । मोरे अनुचर कहँ कोउ नाहीँ ।
खरदूषन मोहि सम बलवंता । तिन्कहि को मारइ विनु भगवंता ।।’
अर्थः– (उसले मनमनै विचार गर्न लाग्यो)– देवता, मनुष्य, असुर, नाग, पंक्षीहरूमा कुनै यस्तो छैन, जसले मेरो सेवकलाई पनि पाउन (सेवकसमान बलवान् हुन) सक्दैनन् । खर–दूषण त म नै समान बलवान् थिए । उनलाई भगवान्ले बाहेक अरू कसले मार्न सक्तछ ? ।।१।।
‘सुर रंजन भंजन महि भारा । जौं भगवंत लीन्ह अवतारा ।।
तौ मैं जाइ बैरु हठि करऊँ । प्रभु सर प्रान तजें भव तरऊँ ।।’
अर्थः– देवताहरूलाई आनन्द दिनेवाला र पृथ्वीको भार हरण गर्नेवाला भगवान्ले अवतार लिनुभएको हो भने म गएर हठपूर्वक वैर गर्नेछु र प्रभुका बाणको चोटले प्राण छोडेर भवसागरबाट पार हुनेछु ।।२।।
‘होइहि भजनु न तामसदेहा । मन क्रम वचन मन्त्र दृढ एहा ।।
जौं नररूप भूपसुत कोऊ । हरिहउँ नारि जीति रन दोऊ ।।’
अर्थः– यस तामस शरीरबाट त भजन हुने नै छैनः अतएव मन, बचन र कर्मले यही दृढ निश्चय गर्दछु । यदि उनी मनुष्य रूप कुनै राजकुमार भएमा ती दुवैलाई रणमा जितेर उनकी स्त्रीलाई हरण गरी ल्याउनेछु ।।३।।
लक्ष्मणजी जब कन्दमूल फल लिन वनमा जानुभयो, त्यसपछि (एकान्त अवस्थामा) कृपा र सुखका समूहश्रीरामचन्द्रले हाँसेर जानकीजीसँग भन्नुभयो – (दोहा २३ को अर्थ)
चौ. ‘सुनहुप्रिया ब्रत रुचिर सुसीला । मैं कछु करबि ललित नरलीला ।।
तुम्ह पावक महुँ करहु निवासा । जौ लगि करौं निसाचर नासा ।।१।।’
अर्थः– हे प्रिय ! हे सुन्दर पातिव्रत धर्मलाई पालन गर्ने वाली सुशीले ! सुन ! मैले अब केही मनोहर मनुष्य लीला गर्नेछु । यसैले जबसम्म मैले राक्षसहरूलाई नाश गर्नेछु, त्यस समयसम्म अग्निमा निवास गर ।।१।।
‘जबहीं राम सब कहाँ बखानी । प्रभु पद धरि हियँ अनल समानी ।
निज प्रतिबिंब राखि तहँ सीता । तैसइ सील रूप सुबिनीता ।।’
अर्थः– श्रीरामले जुन समयमा यी सबै कुरा सम्झाएर भन्नुभयो, त्यही समयमा नै श्रीसीता प्रभुका चरणलाई ह्ृदयमा राखेर अग्निमा समाहित हुनुभयो । सीताजीले आफ्नो छायामूर्ति त्यहाँ राख्नुभयो, जुन उहाँजस्तै नै शील–स्वभाव र रूपवती तथा उस्तै नै विनम्र थिइन् ।।२।।
‘लछिमनहुँ यह परमु न जान ।। जो कछु चरित रचना भगवाना ।।
दसमुख गएउ जहाँ मरिचा ।। नाइ माथ स्वारथ रत नीचा ।।’
अर्थः– भगवान्ले जे–जस्तो लीला रच्नुभयो, यस रहस्यलाई लक्ष्मणजीले पनि जान्नुभएन । स्वार्थपरायण र नीच रावण वहाँ गयो जहाँ मारीच रहन्थ्यो र उसलाई शिर निहुरायो ।।३।। (दोहा २३ को १–३ चौपाई र अर्थ)
यसकारणले शुरवीर कस्तो थियो भन्ने कुरा सारा जगत्ले जानेकै कुरा हुन् र गुप्त रूपमा भगवान्को हातबाट मरेर भवसागर तर्न हठ गरेको हो रावण हामी सबैले सोचेको जस्तो मूर्ख होइन । यसैले यस आश्रमका समितिका महानुभावले जुन ‘रावणपार्क’ बनाउने भनेर लाग्नुभएको छ । यसमा मेरो विचार के छ भने हामी कुनै पनि नेपाली र भारतीय जनता रावणका उपासक होइनौं भगवान्श्रीरामका उपासक हौं । तर पनि थप तीर्थयात्री र पर्यटकको ओइरो लगाउनलाई कौतुक (तमासा) देखाउनका लागि यस्ता नयाँ–नौला कार्यक्रम ल्याउन आवश्यक पनि हुन्छ । यति हुँदाहुँदै पनि पुलस्त्यजी र रावणको मूर्ति हुने विश्रवाजीको नहुने यो शोभाहीन र मर्यादाविपरित हुन्छ । यसैले विश्रवा मुनिको पनि शीघ्र मूर्ति राख्नेतर्फ कदम चाल्नुहुनेछ भनेर समितिका आदरणीय महानुभावलाई अनुरोध गर्न चाहन्छु ।
यसको साथै पुलह मुनिको बारेमा छुट्टै खोज गरी सपरिवारको जानकारी हुन जरुरी छ । तर अहिले विभिन्न साधन, स्रोत र समयको अभाव भएकोले पुलह मुनिको कृपा भएमा पछि जानकारी गराउने वाचा गर्दछु । अहिलेपुलस्त्यका नाति विश्रवाका सपरिवारको भ्रम नहुने गरी जस्तो कि कुनै ग्रन्थमा विभीषण सहोदार भ्राता हुन् भन्ने कुनै ग्रन्थमा सौतेनी यस्तै विभिन्न भ्रम निवारण र पुलस्त्यकाछोरा विश्रवाको पूरा परिवारको जानकारी हुनेहुँदा मानस–पीयूषबाट उद्धृत गरी नेपालीमा अनुवाद गरेर विश्रवाजीका परिवारको यहाँ जानकारी दिंदा तीर्थयात्रीहरुलाई मात्र नभई अन्य पाठकहरुलाई समेत सुलभ भएर जानकारी होस् भन्ने उद्देश्यले मेरो गतीले भेटेसम्म यहाँ जानकारी दिन चाहन्छु ।
‘श्रीरामचरितमानस’ बालकाण्ड दोहा १७५ को चौ. २
‘भूप अनुज अरिमर्दन नामा । भयउ सो कुंभकरन बलधामा ।।
सचिव जो रहा धरमरुचि जासू । भयउ बिमात्र बन्धु लघु तासू ।।’
अर्थः– अरिमर्दन नामको जुन राजाको भाइ थियो, त्यो बलको घाम कुम्भकर्ण भयो । उसको जो मन्त्री थिए, उनी रावणका सौतेनी कान्छा भाइ भए ।
नोटः– १. ‘भयउ बिमात्र बंधु लघु तासू ।’ इति । श्रीरामचरितमानसकल्पवाला रावण र कुम्भकर्ण सहोदार भ्राता थिए । विभीषणजी रावणका सौतेनी भाइ थिए । अतः मानसकल्पवाला कथा वाल्मीकिय र अध्यात्म आदि रामायणहरू भन्दा भिन्न कल्पको छ । यी रामायणहरूमा रावण, कुम्भकर्ण र विभीषण सहोदर भाइ थिए । महाभारत वनपर्वमा जुन रावणको कथा मार्कण्डेय मुनिले युधिष्ठिरजीसँग भन्नुभएको छ, त्यसमा पनि विभीषण सौतेनी भाइ थिए । कथा यस प्रकारको छ –पुलस्त्यजी ब्रह्माजीका परमप्रिय मानसपुत्र थिए । पुलस्त्यजीकी स्त्रीको नाम ‘गौ’ थियो ; उनीबाट वैश्रवण नामक पुत्र उत्पन्न भए । वैश्रवण पितालाई छोडेर पितामह ब्रह्माजीको सेवामा रहन लागे । यसैले पुलस्त्यजीलाई अत्यन्त ठूलो क्रोध भयो र उहाँले .(वैश्रवणलाई दण्ड दिनको लागि) आफूले–आफँैलाई नै अर्को शरीरबाट प्रकट गर्नुभयो । यस प्रकार आफ्ना आधा शरीरबाट रूपान्तर धारण गरेर पुलस्त्यजी विश्रवा नामबाट विख्यात हुनुभयो । विश्रवाजी वैश्रवणप्रति सदा कुपित हुने गर्नुहुन्थ्यो । किन्तु ब्रह्माजी उहाँप्रति प्रसन्न हुनुहुन्थ्यो, यसैलेउहाँले उनलाई अमरत्व प्रदान गर्नुभयो, समस्त धनको स्वामी र लोकपाल बनाउनुभयो, महादेवजीसँग उनलाई मित्रता गराउनुभयो र नलकूवर नामक पुत्र प्रदान गर्नुभयो । यसको साथै ब्रह्माजीले उहाँलाई राक्षसहरूबाट भरिएको लङ्काको आधिपत्य र इच्छानुसार विचरण गर्ने पुष्पक विमान दिनुभयो तथा यक्षहरूको स्वामी बनाएर उहाँलाई ‘राजराज’को उपाधि पनि दिनुभयो ।
कुवेर (वैश्रवण) जी पिताको दर्शनको लागि प्रायः जाने गर्नुहुन्थ्यो । विश्रवा मुनि उनलाई कुपित दृष्टिले हेर्न लाग्नुभयो । कुबेरलाई जब थाहा भयो कि मेरा पिता मसँग रुष्ट हुनुहुन्छ, तब उनले उहाँलाई प्रसन्न गर्नको लागि पुष्पोतकटा, राका र मालिनी नामका परम सुन्दरी तथा नृत्यगानमा निपुण तीनवटी निशाचर कन्याहरू उहाँको सेवामा नियुक्त गरिदिए । तीनवटीले नै आ–आफ्नो स्वार्थ पनि चाहेका थिए, यसैले तीन जना नै युक्ति–जुक्ति तथा तर्साउने, धम्काउने आदि कार्यबाट विश्रवा मुनिलाई सन्तुष्ट गर्न लागे । मुनिले सेवाबाट प्रसन्न भएर तीनवटीलाई नै लोकपालहरूको सदृश पराक्रमी पुत्र हुने वरदान दिनुभयो । पुष्पोत्कटाका दुई पुत्र भए – रावण र कुम्भकर्ण । मालिनीबाट एउटा पुत्र विभीषण भए । राकाको गर्भबाट खर र शुर्पणखा भए । यथा–
‘पुष्पोत्कटायां जज्ञाते द्वौ पुत्रौ राक्षसेश्वरौ । कुम्भकर्ण दशग्रीवौ बलेनाऽप्रतिभौ भुवि ।।
मालिनी जनयामास पुत्रमेकं विभीषणम् । राकायां मिथुनं जज्ञे खरः शुर्पणखा तथा ।।’
(महाभारत वनपर्व अ. २७५÷७–८ श्लोक)
रावणका दस शिर जन्मजात थिए । यसैले उसको नाम पहिला दशग्रीव थियो । रावण नाम त कैलाश पर्वतको तल अठिनाले (थिचिनाले) भयो । रावणको अर्थ हो रुवाउनेवाला । (वाल्मीकि ७÷१६ हेर्नुहोस्– प.प.प्र.को टिप्पणी हेर्नुहोस् ।)
वाल्मीकीयमा रावण जन्मको कथा तथा उसकी माताको नाम यो भन्दा भिन्न छ । कथा यस प्रकार छ कि विष्णुभगवान्को भयबाट सुमाली परिवारसहित रसातलमा रहन लाग्यो । एकपल्ट जब उसले आफ्नी कुमारी कन्या कैकसीसहित मत्र्यलोकमा भ्रमण गरिरहेको थियो, त्यही समयमा कुबेरजी पिता विश्रवाको दर्शन गर्न गइरहेका थिए । उनको (कुबेरको) देवताहरू र अग्निको समान तेज देखेर उ रसातलमा फर्केर आयो र राक्षसहरूको वृद्धिको उपाय सोचेर उसले आफ्नी कन्या कैकसीसँग भन्यो कि तिमीले पुलस्त्यका पुत्र विश्रवा मुनिलाई स्वयं गएर वर । यसबाट कुबेरको समान तेजस्वी पुत्र तिमीलाई प्राप्त हुनेछन् । पिताको आज्ञा मानेर कैकसी विश्रवा मुनिसँग गईन् । सन्ध्याकालको समय थियो । उहाँले अग्निहोत्र (बिहान–बेलुका गरिने नित्य हवन) गरिरहनुभएको थियो । दारुण प्रदोषकालको उनले विचार नगरी वहाँ गएर उहाँका समीप उभिईन् । उनलाई देखेर उहाँले सोध्नुभयो कि तिमी को हौ र किन आएकी छ्यौ ? उनले उत्तर दिईन् कि हजुरले तपः प्रभावबाट मेरो मनको कुरा जान्न सक्नुहुन्छ । मैले केवल यतिमात्रै बताउँछु कि म केबल आफ्नो पिताजीको आज्ञाद्वारा आएकी हुँ र मेरो नाम कैकसी हो ।
विश्रवा मुनिले ध्यानद्वारा सबै जानेर भन्नुभयो कि तिमी दारुण (भयानक) समयमा आएकी छ्यौ, यसैले तिम्रा पुत्र अति नै क्रुर कर्म गर्नेवाला र भयङ्कर आकृतिका हुनेछन् । यस्तो सुनेर उनले प्रार्थना गरिन् कि हजुर यस्ता ब्रह्मवादीबाट मलाई यस्ता पुत्र हुनुहुन्न । हजुरले मप्रति कृपा गर्नुहोस् । मुनिले भन्नुभयो–‘ठीक छ , तिम्रो पछिल्लो पुत्र वंशानुकूल धर्मात्मा हुनेछ ।’
कैकसीको गर्भबाट क्रमशः रावण, कुम्भकर्ण, शुर्पणखा उत्पन्न भए । सबैभन्दा पछि विभीषण भए । (वाल्मीकि ७÷९÷१–३५)
प्रायः यही कथा अध्यात्मरामायणमा छ । (अ.रा. ७÷१÷४५–५९) पद्मपुराण–पातालखण्डमा श्रीअगस्त्यजीले श्रीरामदरबारमा जुन कथा भन्नुभयो, त्यो कथाकी ‘कैकसी’ विद्युन्माली दैत्यकी कन्या थिई । त्यही कैकसीबाट नै रावण, कुम्भकर्ण र विभीषण पुत्र भए ।
नोट– २. रावणका दस शिर किन भए ? यसप्रति अनेक महात्माहरूले लेखेका छन् । सृष्टिकर्ता नै यसको अभिप्राय भलीभाँति (राम्रो प्रकारले) भन्न सक्नेछन् ।
१. हरिहरप्रसादजी लेख्नुहुन्छ कि ‘रावणको आमालाई पुत्रको वरदान दिएर कुनै अनुष्ठानमा दस महिनासम्म लागिरहनुभयो, उनी उभिईरहिन् । त्यस समयसम्म दसपटक यिनलाई रजोधर्म भयो, यस कारण दसशिरको पुत्र मुनिले यिनलाई दिनुभयो ।
२. यसमा सत्, रज, तम तीनवटै गुण दर्शाउन दसशिर दिनुभयो, किनकि त्रिदेवका १० शिर छन्, यस प्रकार कि भगवान् विष्णुको एउटा शिर छ, ब्रह्माजीका चार र शङ्करजीका पाँच छन् । सबै मिलेर दस भए ।

३. दसौं दशा मृत्यु हो । यो संसारको मृत्युरूप हुनेछ ।
४. दस शिर मानौं १० को अङ्क हो जसमा एक ‘१’ जो ईश्वर उससँग विमुख हुनाले यो शून्य (मृतक) सम हुनेछ ।
५. यो मोहको स्वरूप हो । दसवटै इन्द्रियहरू यसका १० मुख छन्, यथा – ‘मोह दसमौलि…..।’ (मानसशंकावली, शंकामोचन)
पुनः ६. यस्तो पनि भनिन्छ कि रुद्रयामलतन्त्र र पद्मपुराणहरूमा लेखिएको छ कि ‘कैकसी’लाई रतिदानलाई स्वीकृति दिएर मुनि ध्यानमा लीन हुनुभयो । ध्यान छुटेपछि सोध्नुभयो– उनले भनिन् दसपटक मेरो ऋतुधर्म भयो, यसैले आशीर्वाद दिनुभयो कि प्रथम पुत्र दसशिर भएको हुनेछ र ‘केसी’सँग भन्नुभयो कि तिम्रो एउटा पुत्र हुनेछ जो बडो ज्ञानी र हरिभक्त हुनेछ । रावण, कुम्भकर्ण र शुर्पणखा कैकसीबाट भए विभीषण ‘केसी’बाट भए । (वीर)
प.प.प्र.–प्रत्येक कल्पमा रावण ‘दसमुख’ किन र रामावतारका पिता ‘दशरथ’ नै किन ?यी प्रश्नहरूको समाधान केवल आध्यात्मिक विचारबाट नै ठीक–ठीक हुन्छ । तथापि भौतिक दृष्टिबाट पनि यी नाम यथार्थ छन् । जसको रथ दसवटै दिशाहरूबाट जहाँ चाहे पनि जान सक्छ, त्यो दशरथ हो । दशमुखको अर्थ स्पष्ट छ । दशमुख विश्रवा मुनिको नै पुत्र हुन्छ । ‘विशेषः श्रवः (कीर्तिः) यस्य स विश्रवाः’ जो विशेष विख्यात विश्रुत हुन्छ, उसको पुत्र ।

 

अध्यात्मपरक अर्थ – ‘दशरथ– दशयुक्तः रथोयस्य– दशरथ ।’ जसको रथमा दशेन्द्रियरूपी घोडा रहन्छन् त्यो दशरथ हो । जीव नै दशरथ हो । ‘आत्मानं रथिनं विद्धि शरीरं रथमेव तु । इन्द्रियाणि हयानाहुः ।’ (कठ. ३÷३–४) पञ्चकर्मेन्द्रिय, पञ्चज्ञानेन्द्रिय नै जीव दशरथका शरीररूपी रथका घोडा हुन् । रथको सारथी बुद्धिमान् र कुशल हुन्छ तब उसले रथलाई इष्टस्थलसम्म लैजान्छ र रथी कृतकृत्य हुन्छ । बुद्धि सारथी हो र मन लगाम हो –‘बुद्धिं तु सारथिं बिद्धि मनोपुग्रहमेव च’, ‘मनोरथनामगतिर्न विद्यते ।’ दशरथजीको रथ स्वर्गादि लोकमा पनि जान्छ, जीवको मनोरथहरूको गति अकुण्ठित नै हुन्छ । भौतिक वस्तुस्थिति अध्यात्मिक अर्थानुकूल नै हुन्छ ।

 

जीव दशरथ अजपुत्र हो । अज हो ब्रह्म, ईश्वर । अनि ‘ईश्वर अंस जीव अविनासी’,‘आत्मा वै पुत्रनामासि’, ‘ममैवांशो जीवलोके जीवभूतः सनातनः’, ‘जिवो ब्रह्मैव नाऽपरः । दशरथ जीवको पत्नी महारानी कौसल्या नै हुन्छिन् । ‘कुशलस्य भावः कौशलम् ।’ त्यो हो सुमति । अनि ‘जहाँ सुमति तहँ संपति नाना ।’ सद्गति, मोक्ष, भक्ति प्राप्त गर्ने उत्तम अधिकारी जीवको प्रतीक ‘दशरथ’ हो ।

 

‘दशमुख’ यस शब्दको अर्थ ‘दशरथ’ को समान नै छ । जसका दशेन्द्रियरूपी मुख हुन्छन् त्यो नै दशमुख हो । दशमुख पनि दसवटै दिशाहरूमा, स्वर्गादि लोकहरूमा जान सक्छ । ‘मुखमुपाये प्रारम्भे, उपाये गेहादिमुखे’ (हैमः) । मुख = गृहको द्वार । दस इन्द्रियहरू देहरूपी घरका दसवटा ढोका हुन् । ‘इंद्रद्वार झरोखानाना ।’ यिनै इन्द्रियरूपी दस मुखबाट नै जीवले भोग भोग्दछ । दशमुख विषयी हो । विवेकी ‘धर्मधुरन्धर गुननिधि ग्यानी ।हृदय भगति मति सारँगपानी ।।’ यस्तो जीव दशरथ हो र विषयी निशाचर वृत्तिवाला दुर्जन जीव दशमुख हो । दशमुख विश्रबस मुनिको पुत्र हो श्रवः श्रुतिः स्श्रुतिमा, वेदहरूमा विशेष गरेर जो श्रुत हुन्छ त्यो हो आत्मा– ब्रह्म । दशमुखकी पटरानी ‘मय’ दानवकी ‘तनया’ हो । मय अत्यन्त मायावी दानव हो । ‘तनु बिस्तारे’ उसकी तनया मय दानवको गुण–दोषहरूको नै बिस्तार गर्नेछे । दशमुख कुमतिवाला जीव हो ।

 

बुद्धिको मुख्य तीन वृत्तिहरू हुन्छन् वही कौसल्याजी, सुमित्राजी र कैकेयीजी हुनुहुन्छ । कौसल्याजी=शुद्ध सात्विक बुद्धि–वृत्ति । मानसमा कौसल्याजीको चरित्र यस्तै नै चित्रित गरिएको छ । सुमित्राजी राजस – सात्विक हुनुहुन्छ, यो पनि मानसमा एकदम राम्रो रूपले पाइन्छ । कैकेयी तामस – सात्विक हुनुहुन्छ, मानसमा यो पनि स्पष्ट देखाइएको छ । बुद्धि–वृत्तिका भेद अनेक छन्, अतः दशरथजीको तथा दशमुखका पनि अनेक भार्याहरू छन् । मानसमा सङ्ख्याको उल्लेख छैन । वेदान्तसार– अभंगरामायण (मराठी–प्रज्ञानन्दकृत) मा समग्र रामायण अध्यात्मपरक अर्थबाट भरिएको बताइएको छ । (आत्मरामायणमा पनि सबै रामायण अध्यात्मपरक छन्् । वर्षौँ भयो जब मैले उसलाई कतै देखेको थिएँ । मा.सं.)
‘रावन नाम’ इति । दशाननले जब कैलाश पर्वत उठायो तब भवानीजीलाई डराएको देखेर शिवजीले आफ्नो पदाङ्गुष्ठले पर्वतलाई अठाउनुभयो जसबाट दशाननका बीसवटै हात पर्वतको मुनि दबिएर उ जोरसोरले रुन लाग्यो, तब उसको नाम रावण भयो । दशमुख नाम रूपानुसार राखियो र रावण नाम उसको प्रतापअनुसार हो । उपनिषद्मा रावण नामको अर्थ यस्ता प्रकारले मिल्दछन्–
‘रामपत्नीं वनस्थां यः स्वनिवृत्यर्थमाददे।।१७।।स रावण इति ख्यातो यद्वारावाच्य रावणः।।’
माथि दिइएको इतिहास ‘रावात् च रावणः’ अर्थानुसार ‘श्रीगुरुचरित्र’ ग्रन्थमा र पुराणहरूमा उपलब्ध छ । वाल्मीकिय रामायण उत्तरकाण्ड सर्ग १६ ‘रावण–नाम–प्राप्ति’मा माथि दिइएको कथा नै बिस्तारपूर्वक छ । दशानन एक हजार वर्ष रोइरह्यो, इत्यादि । यथा–
‘सम्वत्सरसहस्रं तु रुदतो रक्षसो गतम् ।
ततः प्रीतो महादेवः शौलाग्रे विष्ठितः प्रभु ।।३६।।
मुक्त्वा चास्य भुजान् राम प्राह वाक्यं दशाननम् ।
प्रीतोऽस्मि तव वीर्यस्य शौण्डीर्याच्च दशानन ।।३७।।
शौलाकृतान्तेन यो मुक्तस्तवया रावः सुदारुणः ।
यस्माल्लोकत्रयं चैतद्रावितं भयमागतम् ।।३८।।
तस्मात्वं रावणे नाम नाम्ना राजन् भविष्यसि ।
देवता मानुषा यक्षा ये चान्ये जगतीतले ।। ३९।।
एवं त्वाममिधास्यन्ति रावणं लोकरावणम् ।’
यसबाट सिद्ध हुन्छ कि रावण जन्म नाम होइन । जन्म नाम दशानन नै थियो ।
टिप्पणी ५. वि.त्रि.ले दक्षिण भारतका एक महाविद्वान् वी. सूर्यनारायण रायल हारोस्कोप नामक पुस्तकबाट रावणको यो जन्मकुण्डकी उद्धृत गर्नुभएको छ – (यसको साथै भगवान् रामको जन्मकुण्डली २ समेत मानस–पीयूषबाट नै उद्धृत गरिदिएको छु । कुनकुन स्थानमा कुनकुन ग्रह बसेको र भावफल ज्योतिषीहरुलाई यसैबाट हुन्छ , सर्वसाधारणजनको लागि जानकारी भावफल भगवान् रामकै कृपा भएमा पछि व्याख्या गरेको जनसमक्ष ल्याउनेछु । अहिले समय, साधन वा विभिन्न स्रोतको अभाव छ ।
रावणको जन्मकुण्डली

 

भगवान् रामका २ वटा जन्मकुण्डली
जन्मकुण्डली (वै.)

 

(पं. ज्वालाप्रसाद)

 

यसको साथै उत्तरकाण्डको दोहा ६३ को चौ.४ मा काकभुशुण्डिजीले गरुडलाई रामायण यसरी सुनाउनुहुन्छ ।

‘प्रथमहिं अति अनुराग भवानी । रामचरित सर कहेसी बखानी ।।
पुनि नारद कर मोह अपारा । कहेसि बहुरि रावन अवतारा ।।
अर्थ– हे भवानी ! पहिला त उनले अति नै प्रेमले रामचरितमानस–सरोवरको रूपक सम्झाएर भनेँ । त्यसपछि नारदको अपार मोह र रावणको अवतार भनेँ ।।४।।
यसमा रावण अवतारको व्याख्या मानस–पीयूषमा यस प्रकार छ ।
रा.शं.श.,र.प्र. ‘रावन अवतारा’ इति । अर्थात् जय, विजय, जालन्धर, हरण, भानुप्रताप रावण हुनु । रावणको सम्बन्धमा ‘कहेसि’ र प्रभुको अवतारको सम्बन्धमा ‘गाई’ क्रिया दिइयो । ‘कहेसिं’ अर्थात् संक्षेपमा भनियो ‘गाई’ अर्थात् बिस्तारपूर्वक भनियो । अथवा गान गरियो । यस्तै प्रकारले ‘तबतब कथा मुनीसन्ह गाई’ भनिएको हो ।
वि.त्रि. रावण–जन्मको समय निर्णय । समुद्रमन्थन छैटौं मन्वन्तर चाक्षुषमा भएको थियो । त्यस समय बलिराजा थिए । रावणको त्यस समयमा कुनै पत्तो थिएन । अतः स्पष्ट छ कि रावण सातौं वैवस्वत मन्वन्तरमा भयो । त्यसमा पनि श्रीरामजीको तीस पुस्ता पहिला महाराज अनरण्यको समयमा रावणको द्विविजय भएको थियो । तर यस कुराको पत्तो चल्दैन कि महाराज अनरण्य कुन चतुर्युगीमा हुनुभएको थियो । यति थाहा हुन्छ कि कार्तवीर्यको वधको लागि परशुरामावतार उन्नाइसौं चतुर्युगीमा हुनु र चौबीसौँ चतुर्युगीमा श्रीरामावतारद्वारा रावणवध निश्चित छ ।
नोट– रावणको लागि पनि अवतार शब्दको प्रयोग गरिएको छ । त्रिदेवले पनि उसको केही बिगार्न सक्तैनथे । ब्रह्मा र शिवजी त नित्य त्योसँग पूजीन आउँदथे । इन्द्रादि देवता त उसको नामबाट थुरथुरी हुन्थे । उ सारा जगत्लाई रुवाउनेवाला थियो । उसको नाम नै रावण थियो – ‘रावयतीति रावणः।’ रावण नाम हुनाको कारण पूर्व काण्डमा दिइसकिएको छ । जबजब श्रीरामलीला गर्न चाहनुहुन्छ । तबतब उहाँको साथ रणक्रिडा गर्नको लागि परम प्रतापी जीव नै आएर रावण हुन्छन्, जो सारा ब्रह्मासृष्टिलाई आफ्नो अधीन गर्न सक्ने सामथ्र्य राख्दछन् । यथा–
‘ब्रह्म सृष्टि जहँ लगि तनुधारी ।दसमुख बसबर्ती नरनारी ।।
आयसु करहिं सकला भयभीता ।नवहिं आइ नित चरन बिनीता ।।’(१) १८१, ६–७ चौ.)
रावण स्वयं भन्दछ,
‘रावननाम जगत जसु जाना । लोकप जाके बंदीखाना । (६÷८९ दो. चौ. २)
यी बचन उसले श्रीरामजीसँग नै भनेको छ । वाल्मीकिजीले पनि उसको नाममा ‘महात्मा’ शब्द प्रयोग गर्नुभएको छ । वस्तुतः त्यो परम उच्चकोटिको महान् आत्मा नै हुन्छ जो त्यस पदबाट झरेर पृथ्वीमा भगवान्को क्रिडाको इच्छाको पूर्तिको लागि आउँछन् । उनी जीव संसारमा चक्कल लगाउँदैनन्, उनको मुक्ति हुन्छ । अतः रावणको जन्मको लागि ‘अवतार’ शब्दको प्रयोग भयो ।
नोट– ‘प्रभु अवतार’ इति । रावणावतार भनेर रामावतार भन्नलाई ‘प्रभु’ शब्द दिनेको भाव यो हो कि ‘प्रभु’को अर्थ हो स्वामी र समर्थ । यस शब्दलाई दिएर जनाइयो कि ब्रह्मादिक कुनै पनि रावणवध गर्नलाई समर्थ थिएनन् । ब्रह्माजी पनि यो सोचेर कि ‘मोर कछु न बसाई’ पृथ्वीलाई सम्झाउँछन् कि ‘जा करि तैं दासी सो अबिनासी हमरेउ तोर सहाई ।’ जानत जनकी पीर प्रभु भंजिहि दारुन बिपत्ति । (१) दो. १८३ र १८४ दोहा) यस प्रसङ्गभरमा ‘प्रभु’ शब्दको प्रयोग भएको छ । यथा–
‘काँ पाइअ प्रभु करिब पुकारा ।’, ‘कोउ कह पयनिधि बस प्रभु सोई’, ‘प्रभु तहँ प्रगट सदा तेहिं रीति’, ‘कहहु सो कहाँ जहाँ प्रभु नाहीं’, ‘प्रेम तेँ प्रभु प्रगटै जिमि आगी’ । (१) (१८४, १–४ चौ.) ब्रह्मा, शिव तथा सारा देवसमाज ‘प्रभु’ को नै खोजको चर्चा गर्दछन् र अवतार पनि ‘प्रभु’ को नै भयो, यथा – ‘जगनिवास प्रभु प्रगटे अखिल लोक बिश्राम ।’ (१।१९१ दो.) माताको अघिल्तिर पनि ऐश्वर्य रूपले प्रकट हुनुभयो, माताको बिन्तीमा भनिएको छ– ‘उपजा जब ज्ञाना प्रभु मुसुकाना ।’(१।१९१ छन्द ३) यो रावणबाट अत्यन्त पीडित भएपछि पृथ्वीको व्याकुल प्रकारदेखि लिएर भगवान् प्रकट हुने समयसम्म सामथ्र्यसूचक ‘प्रभु’ शब्दको प्रयोग हुनाले ‘प्रभु अवतार’ भनियो ।(प्रसङ्ग अझै छ लेख लामो हुनाले व्याख्या यही टुङ्ग्याउँदछु) यसको साथै सुन्दरकाण्डको दो. ३ को चौ.३ र ४ मा लङ्किनीले भन्छे– रावणलाई जब ब्रह्माले वरदान दिएका थिए, तब हिँड्ने बेलामा उनले मलाई राक्षसहरूको विनाशको यस्तो पहिचान दिएका थिए । जब तँ बाँदरले हान्दा व्याकुल हुनेछस्, तब तैँले राक्षसहरूको विनाश भयो भनी जान्नू ।

 

यसको व्याख्या मानस–पीयूषमा हेर्दा यस्तो रहेछ । (क) टिप्पणी २ ‘चलत बिरंचि…… इति ।(६।३ दो.चौ. ३) (क) अग्निपुराणमा भनिएको छ कि ब्रह्माजीले रावणलाई वर दिएका थिए कि दिव्य लङ्कापुरीमा पाँच करोड वर्ष राज्य गर्नेछ । ब्रह्माले वरदान दिएपछि मैले उहाँसँग प्रार्थना गरेँ कि दुष्टको बासबाट मलाई ठूलो दुःख हुनेछ, के कहिल्यै धर्मात्माको राज्य पनि हुनेछ र कहिले ? यसप्रति उहाँले मलाई यो चिन्ह् बताउनुभयो कि ‘विकल होसि….. ।’(६।३ दो.चौ. ४) त्यही समयदेखि मैले हजुरको प्रतिक्षा गरिरहेकी छु । ‘चिन्हा–चिह्न । यहाँ – ‘मन कपटी तन सज्जन चीन्हा’, ‘मातृ मोहि दीनै कछु चीन्हा ।’ (ख) यस कथनको भाव यो हो कि मबाट अनजानमा हजुरको अपमान एवम् अपराध भयो, जानेकी हुन्थेँ भने त आदर गर्दथेँ, अनि हजुरले मलाई हान्नुहुँदैनथ्यो, न म विकल हुन्थेँ र न ब्रह्माको बचन नै सिद्ध हुन्थ्यो । अतएव ‘छमहु चूक अनजानत केरी’ सफाईमा ब्रह्माको बचन भनी कि त्यो असत्य हुन सक्तैनथ्यो । यथा – स्वयंभूबिहितः सत्यो न तस्यास्ति व्यतिक्रमः ।।’ (५।३१।४८)
अब मैले विभिन्न पुराणहरूमा यस ‘पुलस्त्य–पुलह’ आश्रममा जोडिएका प्रमाणहरू बुँदागत रूपमा प्रस्तुत गर्दछु ।
१. श्रीविष्णुपुराण प्रथम अंश सातौँ अ. श्लोक ४, ५, ६ बाट उद्धृत गरिएको ।
यदास्य ताः प्रजाः सर्वा न व्यवर्धन्तधीमतः ।
अथान्यान्मानसान्पुत्रान्सदृशानात्मनोऽसृजत् ।।४।।
भृगं पुलस्त्यं पुलहं क्रतुमङ्गिरसं तथा ।
मरीचिं दक्षमत्रिं च वसिष्ठं चैव मानसान् ।।५।।
नव ब्रह्माण इत्येते पुराणे निश्चयं गताः ।।६।।
अर्थः– जब महाबुद्धिमान् प्रजापतिका ती प्रजापुत्र – पौत्रादि क्रमैसँग अरू बढेनन्, तब उहाँले (ब्रह्माले) भृगु पुलस्त्य, पुलह, क्रतु, अङ्गिरा, मरीचि, दक्ष, अत्रि र वसिष्ठ– यी आफू नै सट्टश अन्य मानस–पुत्रहरूको सृष्टि गरे । पुराणहरूमा यी नौ ब्रह्मा मानिएका छन् । (४–६) ।।
२. श्रीविष्णुपुराण द्वितीय अंश अध्याय एक श्लोक २८–२९ बाट र ३४–३५बाट उद्धृत गरिएको।
ऋषभाद्भरतो जज्ञे ज्येष्ठः पुत्रशतस्य सः ।
कृत्वा राज्यं स्वधर्मेण तथेष्टा विविधान्मखान् ।।२८।।
अभिषिच्य सुतं वीरं भरतं पृथिवीपतिः ।
तपसे स महाभागः पुलहस्याश्रमं ययौ ।।२९।।
अर्थः– ऋषभजीबाट भरतको जन्म भयो जुन उहाँका सयपुत्रमध्ये सबैभन्दा जेष्ठ थिए । महाभाग पृथ्वीपति ऋषभदेवजी धर्मपूर्वक राज्य–शासन तथा विविध यज्ञहरू गरिसकेपछि आफ्ना वीरपुत्र भरतलाई राज्याधिकार सुम्पेर तपस्याको लागि पुलहाश्रममा जानुभयो ।।२८–२९।।
पुत्रसङ्क्रामितश्रीस्तु भरतः स महिपतिः ।
योगाभ्यासरतः प्राणाञ्शालग्रामेऽत्यजन्मुने ।।३४।।
अजायत च विप्रोऽसौ योगिनां प्रवरे कुले ।
मैत्रेय तस्य चरितं कथयिष्यामि ते पुनः ।।३५।।
अर्थः– हे मुने ! महाराज भरतले पुत्रलाई राज्यलक्ष्मी जिम्मा लगाएर योगाभ्यासमा तत्पर भै अन्तमा शालग्रामक्षेत्रमा आफ्नो प्राण छोडे । फेरि यिनले योगिहरूको पवित्र कुलमा ब्राह्मणरूपले जन्म लिए । हे मैत्रेय ! यिनको त्यो चरित्र मैले तिमीलाई फेरि भन्नेछु ।।३४–३५।।
३. विष्णुपुराण २ अंश अध्याय १ श्लोक २४ बाट उद्धृत गरिएको ।
वर्षेष्वेतेषु तान्पुत्रानभिषिच्य स भूमिपः ।
शालग्राम महापुण्यं मैत्रेय तपसे ययौ ।।२४।।
अर्थः– पराशरजीले मैत्रेयजीले सोध्दा भन्नुहुन्छ– हे मैत्रेय ! आफ्ना पुत्रहरूलाई यी राज्यहरूमा अभिषिक्त गरेर उनी तपस्याको लागि शालग्राम नामक महापवित्र क्षेत्रमा गए ।।२४।।
४ भरत चरित्र विष्णुपुराण द्वितीय अंश अध्याय १३–१६ सम्म बिस्तारपूर्वक छ । अध्याय १३ श्लोक ७ मा यस्तो छ ।
शालग्रामे महाभागो भगवन्न्यस्तमानसः ।
संउवास चिरं कालं मैत्रेय पृथिवीपति ः ।।७।।
अर्थः– श्रीपराशरजीले भन्नुभयो – हे मैत्रेय ! उनै महाभाग पृथिवीपति भरतजी भगवान्मा चित्त लगाएर चिरकालसम्म शालग्रामक्षेत्रमा रहनुभयो ।।७।। यिनै १३–१६ अध्यायमा मृग बच्चालाई देख्नु, मृगयोनि हुनु, जडभरत र सौवीरनरेश संवाद हुनु विस्तृतरूपमा वर्णन छ ।
५. श्रीमद्भागवत म.पु. १० स्कन्ध अ. ७९ श्लोक ९ –११ बाट उद्धृत गरिएको ।
अथ तैरभ्यनुज्ञातः कौशिकीमेत्य ब्राह्मणैः ।
स्नात्वा सरोवरमगाद् यतः सरयुरास्रवत् ।।९।।
अनुस्रोतेन सरयूं प्रयागमुपगम्य सः ।
स्नात्वा सन्तप्र्य देवादीन् जगाम पुलहाश्रमम् ।।१०।।
गोमतीं गण्डकी स्नात्वा विपाशां शोण आप्लुतः ।
गयां गत्वा पितृनिष्ट्वा गङ्गासागरसंगमे ।।११।।
अर्थः– तदनन्तर नैमिषारण्यबासी ऋषिहरूसँग बिदा भएर उनीहरूको आज्ञाअनुसार बलरामजी ब्राह्मणहरूको साथ कौशिकी (कोसी) नदीको तटमा आउनुभयो । वहाँ स्नान गरेर उहाँ त्यस सरोवारमा जानुभयो, जहाँबाट सरयू नदी निस्किन्छिन् (मानसरोवर) ।।९।। वहाँबाट सरयूको किनारा–किनारै हिँड्न लाग्नुभयो, फेरि उसलाई छोडेर प्रयाग आउनुभयो, त्यहाँ स्नान तथा देवता, ऋषि एवम् पितृहरूलाई तर्पण गरेर वहाँबाट पुलहाश्रम जानुभयो ।।१०।। वहाँबाट गण्डकी (श्रीकृष्णागण्डकी), गौमती (रघुगंगा), विपाशा (म्याग्दी–मंगला) स्नान गरेर वहाँ सोननदको तटमा जानुभयो । वहाँ स्नान गर्नुभयो यसपछि गयामा गएर पितृहरूलाई वसुदेवजीको आज्ञानुसार पूजन गर्नुभयो । फेरि गङ्गा–सागर संगममा पुग्नुभयो ।।११।।
६. श्रीमद्देवीभागवत १० स्कन्ध अध्याय ९ श्लोक १–३ ।
श्लोक –।।श्री नारायण उवाच।। अथात श्रुयतां चित्रं देवीमाहात्म्यमुत्तमम् । अङ्गपुत्रेण मनुना यथाऽऽप्तं राज्यमुत्तमम् ।।१।। अङ्गस्य राज्ञः पुत्रोऽभुच्चाक्षुषो मनुरत्तमः । षष्ठ सुपुलहं नाम ब्रह्मर्षि शरणङ्गतः ।।२।। ब्रह्मर्षे त्वामहं प्राप्तः शरणं प्रणतार्तिहन् ।शाधि मां किङ्कर स्वामिन् येनाहं प्राप्नुयां श्रियम् ।।३।।
अर्थ – भगवान नारायणले भन्नुभयो – राजा अङ्गका पुत्रको नाम चाक्षुष थियो । उनी छ्रैटौं मनु भए । उनले ब्रह्मर्षि श्रीमान् पुलहजीको शरणमा गएर सोधे कि कसको आराधना गर्नाले श्री (लक्ष्मी) प्राप्त गर्न सक्छु ?
७. श्रीमद्भागवत महापुराण तृतीयस्कन्ध अध्याय २४ श्लोक ५–१० बाट उद्धृत ।
देवहूत्यपि संदेशंः गौरवेण प्रजापतेः ।
सम्यक् श्रद्धाय पुरुषं कूटस्थमभजद्गुरुम् ।।५।।
तस्यां बहुतिथे काले भगवान्मधुसूदनः ।
कार्दमं वीर्यमापन्नो जज्ञेऽग्निरिव दारुणि ।।६।।
अवादयंस्तदा व्योम्नि वादित्राणि घनाघनाः ।
गायन्ति तं स्म गन्धर्वा नृत्यन्त्यप्सरसो मुदा ।।७।।
पेतुः सुमनसो दिव्याः खेचरैरपवर्जिताः ।
प्रसेदुश्च दिशः सर्वा अम्भांसि च मनांसि च ।।८।।
तत्कर्दमाश्रमपदं सरस्वत्या परिश्रितम् ।
स्वयम्भूः साकमृषिभिर्मरीच्यादिभिरभ्ययात् ।।९।।
भगवन्तं परं ब्रह्म सत्वेनांशेन शत्रुहन् ।
तात्वसंख्यानविज्ञप्त्यै जातं विद्वानजः स्वराट ।।१०।।

अर्थः–श्रीमैत्रेयजी भन्नुहुन्छ – विदुरजी ! प्रजापति कर्दमको आदेशमा गौरव–बुद्धि हुनाले देवहूतिले त्यसमाथि (आफूले पहिला गरेका विभिन्न व्रत–अनुष्ठानमाथि) विश्वास गरिन् र उनले निर्विकार, जगद्गुरु भगवान् श्रीपुरुषोत्तमको आराधना गर्न लागिन् ।।५।। यस्तो प्रकारले धेरै समय बितेपछि भगवान् मधुसूदन कर्दमजीको वीर्यको आश्रम लिएर उनको गर्भबाट यस्तो प्रकारले प्रकट हुनुभयो, जस्तो प्रकारले काष्ठमा अग्नि प्रकट हुन्छ ।।६।। त्यस समय आकाशमा मेघले जल बर्साउँदै बारम्बार गर्जेर बाजा बजाउन लागे, गन्धर्वगणले गान गर्न लागे र अप्सराहरू आनन्दित भएर नाच्न लागे ।।७।। आकाशबाट देवताहरूले बर्साएको दिव्य पुष्पहरूको वर्षा हुन लाग्यो ; सबै दिशाहरूमा आनन्द छाइयो, जलाशयको जल निर्मल भयो र सबै जीवहरूको मन प्रसन्न भयो ।।८।। यही समयमा सरस्वती नदीबाट घेरिएको कर्दमजीको त्यस आश्रममा मरीचि आदि मुनिहरूसहित श्रीब्रह्माजी आउनुभयो ।।९।। शत्रुदमन विदुरजी ! स्वतः सिद्ध ज्ञानबाट सम्पन्न अजन्मा ब्रह्माजीलाई यो जानकारी भइसकेको थियो कि साक्षात् परब्रह्म भगवान् विष्णु सांख्यशास्त्रको उपदेश गर्नको लागि आफ्नो विशुद्ध सत्वमय अंशबाट अवतीर्ण हुनुभएको छ ।।१०।।(यी श्लोक लेख्नुको तात्पर्य कपिल भगवान् जन्मेको स्थान प्रष्ट पार्नलाई लेखेको हुँ ।)
८. श्रीमद्भागवत महापुराण तृतीय स्कन्ध अध्याय ३३ श्लोक ३३ बाट उद्धृत ।
कपिलोऽपि महायोगी भगवान् पितुराश्रमात् ।
मातरं समनुज्ञाप्य प्रागुदीचीं दिशं ययौ ।।३३।।
अर्थः– महायोगी कपिलजी पनि माताको आज्ञा लिएर पिताको आश्रमबाट ईशानकोणतर्फ जानुभयो ।।३३।।
९. श्रीमद्देवीभागत स्कन्ध ८ अध्याय ३ श्लोक १७–१९ बाट उद्धृत ।
कपिलोऽपि महायोगी भगवान् स्वाश्रमे स्थितः ।
देवहूत्यै परं ज्ञानं सर्वाविद्यानिर्वतकम् ।।१७।।
सविशेषं ध्यानयोग्य मध्यात्मज्ञाननिश्चयम् ।
कापिलं शास्त्रमाख्यातं सर्वाज्ञानविनाशनम् ।।१८।।
उपदिश्य महायोगी स ययौ पुलहाश्रमम् ।
अद्यापि वर्ततेदेवः सांख्याचार्यो महाशयः ।।१९।।
अर्थः– महायोगी कपिलले आफ्नो आश्रममा बसेर आमा देवहूतिलाई सबै किसिमका अविद्या नाश गर्ने परम ज्ञानको उपदेश गर्नुभयो ।।१७।। भगवान् कपिलले ध्यान योग र अध्यात्मसिद्धान्तको विशेष रूपमा प्रतिपादन गर्नुभयो । त्यही अज्ञान निवारक शास्त्र कपिलको शाङ्ख्यशास्त्रको रूपमा प्रसिद्ध भयो ।।१८।। महायोगी कपिल आफ्नी आमा देवहूतिलाई उक्त शाङ्ख्यशास्त्रलाई उपदेश दिएर पुलहाश्रमतर्फ लाग्नुभयो । आज पनि शाङ्ख्यशास्त्रका उपदेशक महान् आशय भएका महायोगी कपिल पुलहाश्रममा विराजमान हुनुहुन्छ ।।१९।।
१०. श्रीमद्भागवत महापुराण ५ स्कन्ध अध्याय ७ श्लोक ८–११ बाट उद्धृत गरिएको
एवं वर्षायुतसहस्रपर्यन्तावसितकर्मनिर्वाणावसरोऽधिभुज्यमानं स्वतनयेभ्यो रिक्थं पितृपैतामहं यथादायं विभज्य स्वयं सकल सम्पन्निकेतात्स्वनिकेतात् पुलहाश्रमं प्रवव्राज ।।८।। यत्र ह वाव भगवान् हरिरद्यापि तत्रत्यानां निजजनानं वात्सल्येन संनिधाप्यत इच्छारूपेण ।।९।। यत्राश्रमपदान्युभयतोनाभिभिर्दृषच्च्क्रैश्चक्रनदी नाम सरित्प्रवरा सर्वतः पवित्रीकरोति ।।१० तस्मिन् वाव किल स एकलः पुलहाश्रमोपवने विविधकुसुमकिसलयतुलसिकाम्बुभिः कन्दमूल–फलोपहारैश्च समीहमानो भगवत आराधनं विविक्त उपरतविषयाभिलाष उपभृतोपशमः परां निर्वृतिमवाप ।।११।।
अर्थः– यसप्रकार एक करोड वर्ष बितेपछि उनले राज्यभोगको प्रारब्ध क्षीण भएको जानेर आफूले भोगेको वंश परम्परागत सम्पत्तिलाई यथायोग्यमा पुत्रहरूलाई बाँडे । फेरि आफ्नो सर्वसम्पत्तिसम्पन्न राजमहलबाट निस्केर उनी पुलहाश्रममा गए ।।७।। यस पुलहाश्रममा रहने भक्तहरूप्रति भगवान्को अति नै ठूलो वात्सल्य छ । उहाँ भगवान् आज पनि उनीसँग इष्टरूपमा भेट भइरहनुहुन्छ ।।९।। वहाँ त्यो चक्रनदी (गण्डकी) नामकी प्रसिद्ध सरिता चक्राकार शालग्राम शिलाहरूबाट, जसका माथि–तल दुवैतर्फ नाभिको समान चिह्न हुन्छन्, सबै तर्फबाट ऋषिहरूो आश्रमलाई पवित्र गरिरहन्छिन् ।।१०।। त्यो पुलहाश्रमको उपवनमा एकान्त स्थानमा एक्लै रहेर अनेक प्रकारका पत्रपुष्प तुलसीदल, जल र कन्दमूल फलादि उपहारबाट भगवान्को आराधना गर्न लागे । यसबाट उनको अन्तःकरण समस्त विषयाभिलाषाहरूबाट निवृत्त भएर शान्त भयो र उनलाई परम आनन्द प्राप्त भयो ।।११।।साथै आठौं अध्यायको ३०–३१ श्लोकमा पुनः यस्तो वर्णन गरिएको छ –
इत्यवं निगूढनिर्वेदो विसृज्य मृगीं मातरं पुनर्भगवत्क्षेत्रमुपशमशीलमुनिगणदयितं शालग्रामं पुलस्त्यपुलहाश्रमं कालञ्जर्राप्रत्याजगाम ।।३०।। तस्मिन्नपिकालं प्रतीक्षमाणः सङ्गाच्च भृशभुद्विग्र आत्म– सहचरः शुष्कपर्णतृणवीरुधा वर्तमाने मृगत्व– निमित्तावसानमेव गणयन्मृगशरीरं तीर्थोदककिल्न्न मुत्ससर्ज ।।३१।।
अर्थः– यस प्रकारले मृग बनेका राजर्षि भरतको हृदयमा जो वैराग्य–भावना जागृत भयो, उसलाई लुकाएर उनले आफ्नी माता मृगीलाई त्याग गरेर आफ्नो जन्मभूमि कालञ्जर पर्वतबाट उनी फेरि शान्त स्वभाव मुनिहरूको प्रिय उही शालग्रामतीर्थमा, जो भगवान्को क्षेत्र हो, पुलस्त्य र पुलह ऋषिको आश्रममा आए ।।३०।। वहाँ रहेर पनि उनले कालको नै प्रतीक्षा गर्न लागे । आशक्तिबाट उनलाई ठूलो भय लाग्न लागेको थियो । बस, एक्लै रहेर उनले सुकेका पात, घाँस र झाडीहरूद्वारा निर्वाह गर्दै मृगयोनिलाई प्राप्ति गराउने प्रारब्धको क्षयको बाटो (समय) हेर्दै रहे । अन्तमा उनले आफ्नो शरीरलाई आधा भाग गण्डकीको जलमा डुबाइ राखेर त्यो मृग शरीरलाई छोडे ।।३१।।
११. जड भरतजीको आङ्गिरस गोत्रमा ब्राह्मणकूलमा जन्म, राजा रहुगणलाई भरतजीको उपदेश, भवाटवीका वर्णन आदि अध्याय ९–१४ यही क्ष्ोत्रमा भए । पालकी बोकेको र ज्ञान दिएको यही हो ?(यही हो वा होइन? मलाई शंका लागेर सोध्दा (नवलपुर प्रगतिनगरमा बस्ने)श्रीआदरणीय पं.डा. उमाकान्तशर्मा पौडेलज्यू र श्रीमुक्तिनारायण मन्दिर, सहस्रधारा, पाङ, पर्वतका पूज्य महन्त स्वामी श्री नारायणचार्यज्यूलाई मेरो शंका निवारण गरि दिनुहोस् भन्दा प्रष्ट ठाउँ किटान नभए पनि यही क्षेत्रमा हो भनेर मैले फोन गर्दा जानकारी दिनु– भएको थियो ।)
१२. श्रीमद्भागवत महापुराण सातौं स्कन्ध अध्याय १४ श्लोक ३०–३३ बाट उद्धृत गरिएको ।
सरांसि पुष्करादीनि क्षेत्राण्यर्हाश्रितान्युत ।
कुरुक्षेत्रं गयाशिरः प्रयागः पुलहाश्रम ।।३०।।
नैमिषं फाल्गुनं सेतुः प्रभासोऽथ कुशस्थली ।
वाराणसी मधुपुरी पम्पा बिन्दुसरस्तथा ।।३१।।
नारायणश्रमो नन्दा सीतारामाश्रमादयः ।
सर्वे कुलाचाला राजन्महेन्द्रमलयादयः ।।३२।।
यते पुण्यतया देशा हरेर्चाश्रिताश्च ये ।
एतान्देशान् निषेवेत श्रेयस्कामो ह्यभीक्ष्णशः ।
धर्मो ह्यत्रेहितः पुंसा सहस्राधिफलोदयः ।।३३।।
अर्थः– पुष्कर आदि सरोवर, सिद्ध पुरुषहरूद्वारा सेवित क्षेत्र, कुरुक्षेत्र, गया, प्रयाग, पुलहाश्रम (शालग्रामक्षेत्र), नैमिषारण्य, फाल्गुनक्षेत्र, सेतुबन्ध, प्रभास, द्वारका, काशी, मथुरा, पम्पासर, बिन्दुसरोवर, बदरिकाश्रम, अलकनन्दा भगवान् सीतारामजीको आश्रम–अयोध्या, चित्रकूटादि, महेन्द्र र मलय आदि समस्त कुलपर्वत र जहाँजहाँ भगवान्का अर्चावतार छन्, उनी सबै देश (ठाउँ) अत्यन्त पवित्र छन् । कल्याणकामी पुरुषहरूले बारम्बार यी ठाउँहरूको सेवन गर्नुपर्छ । यी ठाउँहरूमा जो पुण्यकर्म गरिन्छ, मनुष्यलाई उनको हजार गुणा फल मिल्दछ ।।३०–३३।।
१३. संक्षिप्त वराह पुराण गीताप्रेसबाट प्रकाशित हिन्दी संक्षिप्त अर्थमात्र भएको पुराणबाट उद्धृत गरिएको ।
अध्याय १४४ बाट श्लोक थाहा हुन सकेन ।
फेरि नन्दी आमुष्यायणको साथ गोधन लिएर वहाँबाट फिर्ता भए । धेरै दिनसम्म हिँडेपछि उनी गण्डकी नदीको तीरमा त्रिवेणी सङ्गममा पुगे । ‘देविका’ नामकी एउटी नदी पनि वहीँ आएर तपस्या गरिरहेकी थिइन् । पुलस्त्य एवम् पुलह मुनिको आश्रमसँगै यी तथा गङ्गा नदी पनि आएर मिसिइन् । यी तीन नदी एक साथ मिल्नाको कारणले यो ठाउँ ‘त्रिवेणी सङ्गम’ नामले प्रसिद्ध भयो । त्यसपछि यस महान् तीर्थको नाम ‘कामिक’ भयो । यस तीर्थबाट पितृगण अत्यन्तै प्रसन्न हुन्छन् । यहाँ भगवान् शङ्करको एक महान् लिङ्ग छ, जसलाई ‘त्रिजलेश्वर महादेव’ भन्दछन् । यिनको दर्शन गर्नाले भुक्ति एवम् मुक्ति दुवै सुलभ हुन्छन् र सबै पाप नष्ट हुन्छन् ।
भुक्ति–मुक्ति दिने परम पुष्यमयी ती गण्डकी जहाँ छिन्, उहीँ ‘देविका’ नामबाट प्रसिद्ध एक अर्की नदी पनि गण्डकीको साथ मिलिन् । यहाँबाट थोरै टाढा पुलस्त्य र पुलह मुनिले आश्रम बनाएर सृष्टिको विधान सम्पन्न गर्नको लागि महान् तपस्या गरिरहेका थिए । तपको फलस्वरूप उहाँहरूलाई सृष्टि गर्नलाई शक्ति सुलभ भयो । त्यही समयमा ब्रह्माको शरीरबाट एक पुण्यमयी नदी ‘गङ्गा’ जो नदीहरूमा प्रधान मानिन्छ उनी तथा एक अर्की नदी ‘देविका’ गण्डकीमा आएर मिसिए । अतः त्यस महान पवित्र नदीको नाम त्रिवेणी भयो, जो देवताहरूको लागि पनि दुर्लभ छ । यो पवित्र मुक्तिप्रद क्षेत्र एक योजना (चार कोस) को बिस्तारमा छ ।
साथै अध्याय अहिले थाहा भएन यस पुलस्त्य–पुलह आश्रम र मुक्तिनाथको दुरी ५ कोस (२० हजार गज) टाढा बताइएको छ । १४४ अध्यायको अन्तिमतिर पुनः यस्तो छ ।
वसुन्धरे ! राजा भरत पनि पुलह–पुलस्त्य मुनिको आश्रमको निकट गएर ‘त्रिजलेश्वर’ भगवान्को पूजामा संलग्न भएपछि उनको संसारदेखि सर्वथा विरति (विरक्त) भयो र मृगको शरीर छुटेपछि उनी जडभरत भए । यस जन्ममा पनि पुनः उनले यिनको पूजा गरे । यसैले उनी जलेश्वर वा जडेश्वर पनि कहलिन लागे ।
१४. श्रीस्कन्द महापुराण हिमवतखण्ड अध्याय ५६ श्लोक २१–२४ मा यस्तो छ । (विद्यार्थी पुस्तक भण्डार, भोटाहिटी काठमाडौंबाट प्रकाशित)
श्लोक–यावत्यःसरितःसन्ति गिरिगह्वरजाइह। मिलिता यत्र कृष्णायं तत्र तीर्थानि सङ्गमे ।।२१।। सङ्गमेषुचतीर्थेषुक्षुत्रापगाप्रयुक्तिषु । प्रयान्तितेदिवं स्नात्वा वियुक्ताःसर्वकिल्विषैः।।२२।।ब्रह्मकुण्डे नरःस्नात्वा ब्रह्मलोकं प्रगच्छति । रुद्रकुण्डे तथा स्नात्वा रुद्रलोकं स गच्छति ।।२३।। अनन्ताख्ये ह्रद्रे स्नात्वादिवंयान्ति नरोत्तमाः। पातकैःपञ्चभिर्मुक्ता चक्रनेमिगिरेरधः ।।२४।।
अर्थ– हिमालयका विभिन्न पर्वतबाट पैदा भएका जति पनि नदीहरु छन् । तिनीहरु गएर कालीगण्डकीमा मिसिएपछि त्यस संगम स्थलको जल तीर्थ हुन्छ । कालीगण्डकी नदीसित मिलेका साना नदी अर्थात् खोलाहरुको तीर्थमय संगमस्थलमा स्नान गर्नाले प्राणीहरु सम्पूर्ण पापबाट मुक्त भएर स्वर्ग जान्छन् । जसले ब्रह्मकुण्डमा स्नान गर्छ, त्यो ब्रह्मलोक जान्छ । त्यस्तै रुद्रकुण्डमा स्नान गर्ने व्यक्ति रुद्रलोक पुग्छ । जुन मानिसहरुले चक्रनेमि पहाडको तलतिर रहेको अनन्त नाम गरेको तलाउमा स्नान गर्छन्, ती मानिसहरु पाँच किसिमका महापापबाट मुक्त भएर स्वर्ग जान्छन् ।।२१–२४।। साथै अ.५५ श्लोक १–८५ सम्म नै शालग्राम भगवान्को स्वरुप र महिमा तथा यस कालीगण्डकीको महिमा बताईएको छ र ७६–७८ श्लोकमा यस्तो छ – गया तीर्थमा पिण्डदान गर्दा उसले जतिफल पाउँछ, कृष्णगण्डकीमा एक पटक स्नान गर्दा त्यो भन्दा सय गुणा बढी फल पाएर सम्पूर्ण पाप नाश भै उ स्वर्ग जान्छ । त्यसमा पनि जानेर स्नान, जप, होम, पूजा आदि गर्दा उसले कैवल्य अर्थात् मोक्ष प्राप्त गर्छ ।
१५. संक्षिप्त पद्मपुराणबाट साभार गरिएको ।
माघ स्नानको लागि मुख्य–मुख्य तीर्थ र नियममा ……………….कालञ्जर, गोकर्णसमेत छ ।
१६. श्री गणेशपुराणक्रिडाखण्ड अ.४८ श्लोक २०–२१ बाट उद्धृत गरिएको ।
अर्थः गृत्समदले भने भगवान् शंकरले यसरी प्रार्थना गर्नुभएपछि कालीगण्डकीको शिलाबाट तयार गरिएको ढुण्डीराज गणेशको मूर्तिलाई सुन्दर मन्दिरमा स्थापित गरेर काशीमा विराजमान आफ्नो धाममा प्रवेश गर्नुभयो र अरु देवताहरु पनि आ –आफ्नो धामतर्फ गए । गणेशको विवाह पनि गण्डकीपुरीमा आउँछ, मेरो विचारमा यो भैंसालोटन पारी हाल भारत मा भएको वाल्मीकि नगरको आसपास पर्छ होला , ठाउँ पक्का मलाई थाहा छैन । (काशीमा भएका गणेशजीको मूर्ति केबाट बनाईयो भनेर प्रसङ्ग बाहिरको जानकारी दिएको हुँ ।)
१७. लिङ्ग महापुराण (पूर्व भाग) अध्याय २४ श्लोक १०७–१० १÷२ सम्म यस्तो छ ।
अर्थः हे ब्रह्मनः पुन तेईसौं द्धापरको अन्तमा जब मुनि तृणबिन्दु नामक व्यास हुनेछन्, त्यस समयमा म धर्मनिष्ठ तथा महाकाय मुनि पुत्रको रुपमा ‘श्वेत’नामबाट अवतीर्ण हुनेछु । त्यहाँ उत्तम पर्वतमा मैले काललाई जीर्ण (व्यतीत) गर्नेछु ।अतः त्यो पर्वत ‘कालञ्जर’ नामबाट विख्यात हुनेछ । त्यहाँ पनि उशिक बृहदश्व, देवल तथा कवि नामक मेरा चारवटा तपस्वी शिष्य हुनेछन् । उनीहरु महेश्वर योगलाई प्राप्त गरेर रुद्रलोक जानेछन् । (श्लोक १०७–१० १÷२)
यहि कुरा श्रीशिव महापुराण, सतरुद्रसंहिता अध्याय ५ श्लोक३३ मा पनि आउँछ ।
१८. श्रीमद्देवी भागवत अध्याय ३० श्लोक ६२ मा कालञ्जर पर्वतमा काली नामको शक्तिपीठ छ ।
१९. ‘पुलस्त्य–पुलह आश्रम’ को अवधारणा पत्रका लेखक श्रीआदरणीय कृष्णबहादुरबानीयाँज्यूले ‘कालञ्जर पर्वत’ यतैतिर पछर्, पर्वत जिल्लामा होइन भनेर लेख्नुभएको रहेछ र सो मा मैले बचपन देखी नै यतै ‘हम्पाल’को लेक सुनेको थिएँ । अनि ५० जना विद्धानहरुलाई सोध्दा पनि यही कुरा ठीक हो भन्नुभयो । यसमा श्रीमदभागवत्को ५ स्कन्द अ. ८ श्लोक १ देखि ७ सम्म उहाँले हेर्नुभयो भने प्रष्ट हुन्छ । ‘पुलस्त्य पुलह आश्रम’ यही हो शंका छैन । यदि उता (म्याग्दी जिल्ला) तर्फ ‘कालञ्जर पर्वत’ हुन्थ्यो भने भरतजीले मल्लाज,लेखफाँटको किनारामा मृगको वच्चालाई भेटाउनु पर्दथ्यो, यस आश्रम पनि यतै हुन्थ्यो, यस्तो कुरालाई उहाँजस्तो अधिकृत पदबाट सेवा निवृत्ती हुनुभएको व्यक्तिले हेक्का राखेर लेख्नुपर्ने हो । फेरि पनि विद्धान्वर्गको भेला गरी यो कुरा टुङ्ग्याउन राम्रो हुन्छ म त साक्षर व्यक्तिमात्र हुँ । साथै त्यस क्षेत्रका विद्धान् पुरुष उप–प्रा. डा.श्रीआदरणीय जगन्नाथ रेग्मीसँग फोनद्धारा प्रश्न सोध्दा तपार्इंले लेखेको ठीक हो । मोदी नदीले सिमाना लगाएको पूरै, कुश्मा न.पा.,मोदी गा.पा.,जलजला गा.पा. सहित म्याग्दीका पनि केही भूभाग कालञ्जार क्षेत्र अन्तर्गत नै पर्छ र मुख्य केन्द्रविन्दु पर्वत जिल्लाको मोदी गाउँ पालिका वडा नं. ४ र जलजला गाउँपालिकाको वडा नं. ६ मा कैंयौ प्रमाणहरुले सो ‘कालञ्जर पर्वत’ वा ‘हम्पालको लेक’पर्छ भन्नुभयो ।
यिनी प्रमाणका साथै अन्य कैयौँ प्रमाण यस आश्रममा जोडिएका छन् मसँग समय, साधन र खानपान तथा सन्दर्भ सामग्री (ग्रन्थ) को अभावले यति मात्रै उल्लेख गरेको छु । यस आश्रमको महत्वबारेमा जहाँसम्म मलाई लाग्छ, अधिकांश पुराणहरूमा यस आश्रमको प्रसङ्ग आउँछ जस्तो मैले अनुमान गरेको छु । अझै यस आश्रमसँग सम्बन्धित पौराणिक प्रमाण विद्वान्हरूले जुटाउन आवश्यक देख्दछु ।
यो आश्रम कस्तो महत्वको रहेछ भन्ने कुरा माथिका प्रमाणले पुष्टि भयो । साक्षात् विष्णु भगवान्, कपिलदेवको रूपमा विराजित हुनुभएकोले विष्णु (वैकुण्ठलोक), ‘त्रिजलेश्वर महादेव’ विराजित हुनुभएकोले शिवलोक, ‘पुलस्त्य–पुलह ऋषि’ स्वयं ब्रह्मसमान भएकोले ब्रह्मलोकको त्रिवेणी पनि हो । यो केवल तीन नदीको मात्र सङ्गम होइन । जसरी श्रीमदभागवत् महापुराण र अन्य ग्रन्थमा त्रिपुरको प्रसङ्ग आउँछ, त्यस्तै तीन लोक, तीन नदीको संगम हो भने अर्कोतर्फ शालग्राम गण्डकीको यस स्थानको महिमा कसैले वर्णन गर्न सकिन्छ ? केवल मनले अनुभूतिगर्ने कुरा मात्र हुन् ।
यसका साथै हाम्रो देश नेपालको ‘श्रीमुक्तिनाथधाम’, ‘श्रीपशुपतिनाथधाम’, ‘जनकपुरधाम’ र भगवान् बुद्धको जन्मभूमि ‘लुम्बिनी’ त विश्वविख्यात भयो । यस आश्रमबाहेकका कोकामुख क्षेत्र (कौशिकी, कोसी) क्षेत्रको वर्णन पनि अवर्णनीय छ । साथै यहाँ उल्लेख नगरिएका अरू नेपालका भूभाग तथा तीर्थस्थल कम महत्वका छन् भनेको होइन । सबै उत्तिकै महत्वका छन् । स्कन्द पुराणको हिमवत् खण्डमा धेरै नेपालकै भूभागको वर्णन गरिएको छ भन्ने सुनेको छु । (अहिले मिति २०७८÷५÷४ मा पुस्तक प्राप्ति भएपछि नेपाल भूमि ग्रन्थको आकार–प्रकार र विषयसूची हेर्दा नै सम्पूर्ण नेपाल–भूमी तीर्थमय भएको मैले अनुभुती गरें । तर यो पुलस्त्य–पुलह आश्रम विशेष महत्व र गरिमाको यस प्रकारले छ कि आश्रमको प्रसंग सबैजसो ग्रन्थमा कुनै न कुनै रुपले जोडिएर आउँछ, त्यसैले यस आश्रममा जोडिएका प्रसंग मैले भेटेसम्म भरत, जडभरतजीको प्रसंगमा विष्णु पुराणको प्रसंङ्ग दिएपछि भागवत महापुराणको प्रसंग पनिदिन खोजेको हुँ, जस्तो कि हिमवत् खण्डको परिशिष्ट (क) भागमा त धेरै जसो अध्यायका वाचक पुलस्त्य ऋषि नै हुनुहुँदो रहेछ ।यस ठाउँप्रति आ–आफ्नो मनले आश्चर्य मान्ने र शरीर वा मन आह्लादित हुनेबाहेक अरू कुनै माध्यमद्वारा हामीले यो भूमिको वर्णन गर्न सक्तैनौँ ।

यता श्री स्कन्दपुराण अन्तर्गतको हिमवतखण्डको परिशिष्ट (क) अध्याय ३ को श्लोक ३ १÷२ देखि १४ सम्मको प्रमाणले नारदजीको उपदेशअनुसार दोलागिरीको आग्नेय पट्टि वीरभद्रनामका दुईवटा नदीको दोभानमा आदिकवि वाल्मीकिज्यूले रामायण काव्यलाई रचना गर्नु भएको रहेछ । अर्कोतर्फ ‘श्रीरामचरितमानस’ उत्तरकाण्ड दो. ११३ को चौ. २ अनुसार (न्यारचाङ म्याग्दीका श्रीमोहनप्रसादपूर्जाले सीमाको जानकारी दिनुभएको थियो) यही म्याग्दी जिल्ला र मुस्ताङको सिमानामा पर्ने सुन्दर र पवित्र नीलगिरी पर्वतमा रामायण गरुडलाई सुनाउँदै यसो भन्नु हुन्छ ।
‘हरष सहित एहिँ आश्रम आयउँ । प्रभु प्रसाद दुर्लभ बर पायउँ ।।
इहाँ बसत मोहि सुनु खगईसा । बीते कलप सात अरु बीसा ।। ’
म हर्ष सहित यस आश्रममा आएँ । प्रभु जीरामको कृपाले मैले दुर्लभ वर प्राप्त गरें । हे पक्षिराज ! म यहाँ बस्न थालेको (लागेको) सत्ताइस कल्प बीते ।
यस्तो देशका हामी भाग्यमानी मनुष्य फेरि अर्कोतर्फ यस आश्रमका अवधारणा–पत्रका लेखकज्यूले भगवान् श्रीरामलाई कति तुच्छ मान्नुभएको छ र रावणलाई कस्तो वर्णन गर्नुभएको छ, माथि नै सो लेख उल्लेख छ । बिधिसम्मत ऋषिमुनिहरुले ग्रन्थमा लेखेका कुरा संग्रह गरेर सारांशमा श्रीगोस्वामी तुलसीजीले रामायण लेख्नुभयो, त्यसको व्याख्या कैयौं विद्धान्हरुले गरेर ‘मानस–पीयूष’ मा प्रकाशित गर्नुभयो । मानस–पीयूषमा व्याख्या गरेकोले मैले पनि सबैलाई ज्ञान होस् भन्ने अभिप्रायले पाठकको पोल्टामा राख्ने काम गरेको छु । के लेखकज्यूले लेखेको ‘दशरथका जेष्ठपुत्र रामलाई भन्दा लङ्काका राजा रावणलाई उपल्लाकोटीमा राखी एउटा वीर,विद्धान् र त्यागी व्यक्तित्वको रुपमा पूज्दै आएको पाईन्छ ।’ यो कुरा उहाँको दृष्टीमा हो अरु सम्पूर्ण नेपाली र भारतीयहरुले आश्विन शुक्लपक्षको प्रतिपदा देखि नवमीसम्म नवदुर्गा माताजीको ब्रत बसी पूजा–आजा गर्ने र दशमी तिथिमा भगवान् श्रीरामले रावणको वध गर्नु भएकोले हामी नेपालीहरुले विजयादशमीको दिनमा मान्यजनबाट टीका लगाउने प्रचलन छ भने भारतीयहरुले रावणको पुत्ला बनाई उसलाई जलाई ‘रावण दहन’ कार्यक्रम गर्छन् र हाम्रै नेपालको तराईमा पनि रावण दहन अधिकांश ठाउँमा गर्छन् यो सबैले जानेको कुरा हो, । अर्कोतर्फ अहिले प्रमाण दिन असमर्थ भए, पद्मपुराणमा श्रीरामले रावणवध फागुन–चैत्र महिनातिर गर्नुभएको छ, यो कल्पभेदअनुसार हो, आश्विन शुक्लपक्षको दशमी तिथि र यो दुवै ठीक हुन् । लेखकज्यूले किन यसलाई ढाक्न चाहनुहुन्छ । अर्कोतर्फ रावण सदाचारी भएर सीताजीलाई नछोई नङले उधिनेर लङ्का लगेको हुन् भनेर लेख्नुभएको रहेछ । यसमा श्रीवाल्मीकीय रामायण उ.का.२६ सर्गमा रम्भालाई रावणले बलात्कार गरेपछि नलकुवरको शरणमा ऊ गई र नलकूवरले श्लोक ५५ अनुसार उसले युवतीको इच्छा विरुद्ध बलात्कार गरेमा उसको शिरको सात टुक्रा हुने श्राप दिएका थिए । अर्कोतर्फ यसै काण्डको १७ सर्गमा वेदवतीलाई बलात्कार गर्न खोज्दा श्लोक ३३ १÷२ मा यसो भनीन्– यदि मैले केही पनि सत्कर्म,दान र होम गरेकी छु भने त अर्को जन्ममा म सती–साध्वी अयोनिजा कन्याको रुपमा प्रकट होऊ तथा कुनै धर्मात्मा–पिताकी पुत्री बनूँ । ४३–४४ श्लोक यस्तो छ –यही वेदवती पहिला सत्ययुगमा प्रकट भएकी थिईन् । फेरि त्रेतायुग आएपछि त्यो राक्षस रावणको वधको लागि मिथिलावर्ती राजा जनकको कुलमा सीतारुपले अवतीर्ण हुनुभयो । सीता (हलो जोत्नाले भूमिमा बनेको रेखा सियो वा डोव) बाट उत्पन्न हुनाको कारण मनुष्य यी देवीलाई सीता भन्छन् ।
अब मैले यहाँ एउटा दृष्टान्त संक्षेपमा दिन उपयुक्त सम्झें । यो दृष्टान्त मणिग्राम जन्म मै हाल अयोध्याधाम बस्ने मेरा शिक्षा गुरु आचार्यश्रीचूडामणिज्यूले सुनाउनुभएको हो, दृष्टान्त यस्तो छ –
कुनै एउटा देशका राजा र तीनको राजधानीमा एउटा अत्यन्त ठुलो कारोवार भएको श्रीखण्ड व्यापारी रहेछन् र ती दुवैको अत्यन्तमित्रभाव रहेछ, मानौं एउटै थालमा खाने यस्ता मित्र रहेछन् । तर अकस्मात् त्यो व्यपारीको मनमा यस्तो नकरात्मक भावना जागृत भयो कि त्यो राजाको मृत्यु भए त मेरो गोदाममा भएको श्रीखण्ड उसलाई जलाउनलाई लैजान्थे र मैले एकैदिनमा अरबको कारोवार गर्न सक्थें । त्यो व्यापारीले यस्तो सोंच गरेपछि ती राजाको मनमा पनि खराव भावना जागृत भएर ती दुवैको बोलचालसमेत बन्द भएछ । व्यपारीले राजालाई भनेछ, मैले यस्तो–यस्तो खराव व्यवहार सोचें मलाई क्षमा गर्नुहोस् । यस्तो तपाईंले सोच्नु भएको रहेछ र यो मेरो मनमा पनि तपाई प्रति अति कुतर्क चल्दथ्यो । यसमा तपाईले किन मलाई मरिदिए हुन्थ्यो भनेर सोच्नुभयो, राजाले श्रीखण्डको काठले ठूलो ‘प्रवेशद्धार’ बनाइदिए हुन्थ्यो भन्ने विचार गरेको भए मैले तपाईसँग भएको सबै‘श्रीखण्ड’ खरिद गर्थे भनेर भनेपछि पुनः दुवैको मनमा आत्मग्लानी भएर दुवैले कुतर्क त्याग गरे अनि राजाले श्रीखण्ड किनेर ठूलो प्रवेशद्धार बनाए र उनी दुवै पूर्ववत् मित्रवत् रुपमा रहे । यो दृष्टान्त दिनुको तात्पर्य हामीले सधैं सकरात्मक सोच राख्नुपर्छ, किन रावण ! रावण !! रावण !!! भन्नुप¥यो यदि रावणको मूर्ति नै राख्ने हो भने ‘श्रीरामायण पार्क’ बनाउने त्यसमा रामायणका केही पात्रको मूर्ति राख्दा रावणको मूर्ति आइहाल्छ । फेरि समितिका महानुभावको तर्क होला कि रावणपार्क बनाउनलाई योजना परेको हो । यसमा अहिले पो के बिग्रिएको छ अषाढमा त बल्ल ठेक्का भएको छ, समतल गर्ने आदि कार्य भएको होला रावणको मूर्ति त राखिएको छैन ? यसमा पहिला ‘रामायण पार्क’ बनाउने वा ‘श्रीचारधाम मन्दिर’ बनाउने पुनर्विचार गर्नुहोस् । त्यसपछि सर्वसम्मतिले समितिले अनुमोदन गर्नुहोस्, अनि श्रीमान् नगरप्रमुख ज्यू र श्रीमान् प्रमुख जिल्ला अधिकारीज्यू सहित कुन–कुन व्यक्ति वा कार्यालयबाट योजनाको नाम संशोधनको लागि अनुमोदन गराउनुपर्छ, गराउनुहोस् । त्यसपछि सिङ्गो जिल्लाबाट योजना संशोधनकोअनुमोदन भएपछि पर्यटन मन्त्रालय वा संघीय र प्रदेश सरकारबाट अनुमोदन हुन्छ । के बिग्रेको छ र अब सकारात्मक बाटो हामी हिड्ने वा नकरात्मक अब तुरुन्तै सोच्नुपर्ने भएको छ ।
अब मैले यो मेरो सपनापत्र वा अवधारणापत्र सम्बन्धित निकायमा पेश गर्न विलम्व हुनाको कारण र मलाई सहयोग, असहयोग गर्ने वा भएका सबै घट्नाक्रम लेख्न उचित लागेकोले लेख्ने काम गर्दछु ।
सर्वप्रथम यो लेख यस आश्रमका उपाध्यक्षज्यू र म ‘श्रीराममन्दिर’ मा फागुन १५ गते भेट भएपछि सुरु गरेको हुँ र मेरो भनाईप्रति उहाँ गद्गद भएर गुरुजी ठूला–ठूला साधुले पनि यस आश्रमलाई चम्काउन पहल गरेनन्, हजुरले लेख लेख्नुहोस् चम्काउने गरी तपाईलाई खानपानको अप्ठ्यारो भए म सहयोग गर्छु । यसको साथै समितिमा कुरा राखेर १ हजार प्रति छापीहाल्ने हो भन्नुभयो । लेख लेख्दै थिएँ ‘श्रीराममन्दिर’ मा त आफ्नो खाएर बसे पनि २४सै घण्टा गोठालो हुनुपर्छ भन्ने मान्यता त्यहाँका म. श्री केशवदासजीको रहेछ, दिमाख हडबड नै थियो । त्यसपछि त्यहाँ कुनै हालतले साधना नहुने ठहर गरी चैत्र १६ गते ‘श्रीगायत्रीमन्दिर’ का अध्यक्ष श्री आदरणीय कवीन्द्रजोशीज्यूलाई भनी चैत्र १६ गते त्यहाँ गएँ । त्यसपछि चैत्र मसान्ततिर यो लेख सकिनै लागेको थियो र चैत्र १४ मा अवधारणापत्र मेरो हातमा परेपछि उक्त पत्रका लेखकज्यूलाई मैले भेट्नु मेरो धर्म र कर्तव्य हो र उहाँको लेखलाई खण्डन नगरी मेरो धारणा पेश गर्ने मेरो वाध्यता थियो ।
अनि यो लेख त्यसमा राख्दा रावणको वारेमा छर्लङ्ग हुन्छ । सबै पुस्तक मैले बेनी बोकेर लगेर साध्य भएन यो लकडाउनको अवस्थामा भनेर उपाध्यक्षज्यूलाई फोन गर्दा उहाँले ट्याक्सी रिजर्भ नै गराएर मसँग भेट गराउने प्रयास गर्नुभयो, उहाँ आउँनुभएन । त्यसपछि म पुस्तक बोकेर पैदल नै बेनी गएँ । अध्यक्षज्यूलाई भेट गरें उहाँले खुसी भएर कुराकानी गर्नुभयो र अवधारणा पत्रका लेखकज्यूलाई फोन गर्नुभयो । म उहाँको घर मंगलाघाट गएँ । माथि कोठामा नै बोलाउनुभयो र मैले एकपटक देखेको अनुहार प¥यो, कुश्मा,वाग्लुङ्ग कहाँ देखें भन्दा जिल्ला प्रशासन कार्यालय वाग्लुङ्गमा कार्यरत हुनुहुँदोरहेछ, यो मिति २०५०÷२०५१ को कुरा हो, त्यतिखेर म वाग्लुङ्गमा नै थिएँ । साझेदारीमा ‘कालिका वस्त्रउद्योग’, रामरेखामाको सञ्चालक भएको र पछि साझेदारले जोगी बनाएको सवै कुरा खुलस्त बताएँ । फलफूल खानदिनुभयो, खाएँ पनि । त्यसपछि हामी कुनै पनि लेख लेख्दा तथ्यमा लेख्न कोसिस गर्नुपर्छ रावण गन्धमादनमा जन्मेको प्रमाण मैले भेटाएँ भन्दा पछि यो–यो लेख राख्दा लेख लामो हुन्छ , तर रावणको सबै बेलीबिस्तारको जानकारी हुन्छ के गरुँ भन्दा टाइप भएपछि हरौंला भन्नुभयो । उहाँले हुन्छ नभनेसम्म समितिबाट टाइप हुनसक्ने कुरा भएन । त्यसपछि गलेश्वर नै पैदल आएँ । वैशाख लागेपछि काम मेरो असफल भयो भन्ने मलाई थाहा थियो प्रष्ट भन्न पनि भएन । उपाध्यक्षज्यूलाई पटक–पटक फोन गर्दा उहाँ लत्रेजस्तो लागेकोले मैले त्यहीं भने हजुर लत्रे जस्तो लागेको छ । किन हो यसो–यसो भयोभने फेरि उहाँले लत्रे जस्तो जवाफ पनि दिनुभयो । भाई कृष्णले हुन्छ नभनेसम्म मलाई डर लाग्छ उनको भन्नुभयो । अनि केही दिनपछि पैदल पुस्तक बोकेर गएँ, अध्यक्ष ज्यूलाई भेटें, कृष्णदाईले हुन्छ भन्नु भयो भने म समितिमा कुरा राख्छु । धन हुनेले धन, नहुनेले मन, र तपाईं धन नभएको साधकले लेखद्धारा प्रचार प्रसार गर्ने त हो नि !आश्रमको त्यसैले कृष्ण दाइलाई भेट्नुहोस् लेख सम्बन्धी विभाग उहाँको हो हामीले जान्दैनौं भन्नुभयो र उपाध्यक्षज्यूले के कति कुरा बताउनुभएको छ मेरो लेखको वारेमा सबै लेखको खाका उहाँलाई बताईसकेको छु, मेरो इच्छा हो यहाँ ‘श्रीचारधाम मन्दिर’ बनाउने भनी उहाँको घरमा गएँ ।
घरमा गएर बाहिरबाट फोन गरें, फोन उठाउनुभयो । बाहिर आउनुहोस ‘कोरोना’ बढेको बेलामाभित्र किन आउँने केही फरकमा यसो कुराकानी गरेर म फर्कन्छु भनें उहाँले ओ गुरुजी यस्तो बेलामा त म बाहिर आउँदिन भन्नुभयो । अनि मैले भनेँ २ मिटर टाढा होइन ५ मिटर टाढा बसेर कुरा गरौंला भनेर पटक–पटक अनुरोध गर्दा पनि उहाँ बाहिर आउनु भएन र मेरो तपस्या र लेखलाई उहाँले तुहाउँनुभयो भनेर मनमनै भनी गलेश्वरतर्फ फर्कें । त्यही बेनीवजारबाट उपाध्यक्षज्यूलाई फोन गरी यसो यसो भयो भनी फोन गरें किनकि उहाँ बजारमा हुनुहुँदैन्थ्यो । बेनी बजार उहाँको घर अगाडिबाट मैले फोन गर्दा माथि आश्रममा आएको छु भन्नुभएको थियो, त्यसपछि उहाँ पनि मनमनै दुःखीत हुनुभयो, खासै जवाफ आएन ।
अनि मैले हिम्मत हारीनँ र ४० पेज लामो लेख लेखें,बाँकी समय अन्य लेख अनुवाद गरेर बिताएँ ।
यता चैत्र १६ मा श्रीगायत्री मन्दिरमा गएपछि अध्यक्षज्यूले भन्नुभयो खानपान चामल–सामल कसरी गर्ने ? पण्डितजी अनि मैले भनें म रुपैंयावाला साधक होइन, श्रीराममन्दिरको महन्तजीको व्यवहारले ज्ञान प्राप्त गरेको छु । तपार्इंले व्यक्तिगत सहयोग गर्नुहुन्छ भने गर्नुहोस्, मन्दिरको तर्फबाट खान्न । पूजा गर्न लागेपछि खाउँला भनें । किनकि त्यहाँ पुजारीको आवश्यकता रहेछ । मेरी ज्येष्ठी बिमाताको स्वर्गारोहणको जेठको २८ गते मात्र वर्षदिन पुग्ने हुँदा र मैले वार्षीक श्राद्ध नगरेसम्म मन्दिरको पूजा गर्न हुदैनथ्यो पं.भीमनाथपराजुलीले हुन्छ – हुन्छ भनेरे पेल्नुभएको थियो ।
यही समयमा एकदिन काम विशेषले ‘गलेश्वर’ बजारमा गएको थिएँ । एक महिला ‘श्रीराममन्दिर’ कि हितकारी हुनुहुन्छ , उहाँको नाम उल्लेख गर्न चाहान्न, उहाँले मलाई घर अगाडि देखेर ए ! यता आऊ भनीन र म त्यतै गएर भनें के कुरा हो बहिनी ? ए त्यो ग्याँसको रुपीयाँ तिमीले दिनुप¥यो । अनि मैले भनें ए बहिनी मैले त त्यस मन्दिरका लागि दिएर ‘परोपकार पुण्यायं ……………….. ।’गरेको होइन र ?म महाराजजी र ती भक्तिनी माताजीले लैजान नसक्ने, पुजारीले वाच्छोले मार्यो भनेर असमर्थ भएर काँचो सिम्रिक र घिउ खाएर सुतेको हुनाले मैले लगि दिएको कुरा तपार्इंलाई थाहा नभएको कुरा हो र ?म बुझ्छु के कारणले रहेछ मैले दिनुपर्ने ? म भागेको छैन, यही गायत्री मन्दिरमा छु भनेर हिंडे । वैशाख ८ गते रामनवमीको दिन मन्दिरमा दर्शन गर्न म जाँदा श्रीकमलनयन गौतम स्वामीजी आउनुभएको रहेछ नमस्कार गरें, केहीले किर्तन गर्दै थिए, उहाँ अन्य व्यवस्थापनमा व्यस्त भएकोले केही नभनी गायत्री मन्दिर गएँ ।
त्यसपछि एकादशीको दिनमा लगभग १२ बजेतिर स्वामीजीलाई ग्याँस काण्डको कुरा राख्न गएकोमा कारभित्र पस्न लाग्नुभएको थियो र हतारमा नै मैले स्वामीजी यसरी ग्याँसको रुपीयाँ मैले तिर्नुपर्ने आरोप लागेको छ भने उहाँ केही बोल्नुभएन, उहाँलाई भ्रम पारिएको रहेछ हितकारी व्यक्तिबाट प्रष्ट भयो । अनि स्वामीजी तपाईको यात्राको समयमा बढी वादविवाद गर्नुहु्ँदैन कहिले आउँनुहुन्छ भनेर भनें । यही महिनाको अन्तिमतिर, त्यसो भए म तपाईं आउनेँ समयसम्म चुप रहन्छु भने उहाँले हुन्छ भन्नुभयो उहाँ जानुभयो म त्यही उभिएको थिएँ । ती हितकारी बहिनी त्यही नजिकै हुनुहुन्थ्यो, महन्तजी अलि टाढा,पुजारी पनि अझै टाढा थिए । अनि ती बहिनी अलि टाढा गईन र महन्तजीले मलाई ए ! त्यो ग्याँसको रुपीया तपाईले दिनु प¥यो भन्नुभयो, अनि मैले यसो – यसो होइन? महाराजजी,तपार्इं,माताजी,पुजारीजी तीनैजना असमर्थ भएर मैले ‘परोपकार पुण्यायां……………।’ गरेको होइन होइन? महाराजजी भन्दा फलानी महिलाले त्यो यस मन्दिरमा बसेर गोठालो नभई ‘गायत्री मन्दिर’ मा गएकोले त्यसैसँग लीने हो । तपाईंसँग लिने होइन भनेर भनेकोले मैले भनेको हुँ भन्नुभयो । अनि माताजी र पुजारीजी दुवैलाई भने कुन ग्याँस जोड्नुभएको थियो । ग्याँस सकिएपछि भुल्नुभयो भनेर भन्दा दुवै जनाले हामीले तपाईलाई झुटा आरोप लगाएका छैनौं, हामीलाई के भन्नुहुन्छ? भन्नुभयो । अनि स्वामीजी पोखरातर्फ गएपछि स्वामीजीको कोठा सफा गर्न ती हितकारी महिलाको साथमा एउटी महिला हुनुहुन्थ्यो, घट्नाचक्र यस्तो रहेछ । स्वामीजी पोखराबाट आएर छानविन गरेपछि एउटा होइन तीनोटा ग्याँसको पैसा दिन तयार छु, म दोषी भएमा भनेर अर्की महिला मार्फत् कुरा सुनाएर हिंडे ।
जेठको १० गतेतिर स्वामीजी आउनुभएन, तपाईं यहींको बासीन्दा र मन्दिरको समितिको सदस्य भएकोले घट्ना यस्तो–यस्तो भएकोले छानविन गर्नुहोस् भनेर सबैकुराश्री सूर्यवहादुर के.सी.ज्यूलाई राखे । स्वामीजीले छानवीन गराउनुभयो भने मलाई जाती नै हुन्छ । किनकि गोठालोको रुपले हेरेपछि प्रत्येकदिन कतिघण्टा मैले सेवा गरे थाहा छ, सो सेवाभावले गरेको हुँ गोठालाको रुपले हेरेपछि गोठालालाई कम्तीमा १ घण्टाको रु. १०० त दिनु नै पर्छ । यो घटनामा म वादी–प्रतिवादी भएको होइन खुलासा गरेको हुँ । केही दिनपछि श्रीकवीन्द्रजोशीज्यूलाई भनें, आश्रमतर्फबाट टाइप हुने भएन कुरा यसरी बिग्रियो,तपाईंले सहयोग गर्नुहुन्छ भने टाइप गर्नुप¥यो भनें । मेरो भनाइको जवाफमा पैसा दिन्छु टाइप गर्ने हो भनेर गलेश्वरबाट लेख उहाँले नै लगेर टाइप गर्न दिनुभयो । टाइप जेठको १० गते सकिएको थियो तर ‘लकडाउन’ कडा भएकोले मेरो हात पर्न सकेको थिएन । पछि जेठ २८ को श्राद्धमा घर आउँने विचार थियो । हिंडेर आए ज्वरो आइहाल्छ ५–६ घण्टाको बाटो जेठको प्रचण्ड गर्मीमा । अनि मेरी भान्जी श्रीमती लक्ष्मीकुमारी सुवेदी काठमाण्डौं उपत्यकाको महानगरपालिकामा कार्यरत हुनुहुन्छ । उहाँको बेनीनगरपालिकाका प्रशासकीय अधिकृत श्रीआदरणीय छविलाल सुवेदीज्यूको परिचय रहेछ ।(पछि त मेरो पनि परिचय भयो,उहाँको पाङको पल्लोछेउ घर रहेछ र मेरो वोल्लोछेउ घर रहेछ ।) उहाँले त्यसै न.पा.मा कार्यरत श्रीदीपक रेग्मीज्यूलाई सहयोग गर्न भनेपछि उहाँले मोटरसाइकलमा मलाई ल्याईदिनु भयो । श्राद्ध सकियो र आमा देवका रेग्मी ८८ वर्षकी हुनुहुन्छ, ‘लकडाउन’ हुँदा काठमाडौंबाट घर आउनुभएको थियो, उहाँसगै घरमा नै बस्ने स्थिति भएकोले पुनः राजु अर्यालले गलेश्वर मलाई लगे र घर ल्याई सहयोग गरे । अनि श्रीकवीन्द्रजोशीज्यूलाई घरमा नै बस्न पर्ने स्थिति आयो भनेर कोठाको मेरो सामान १ तर्फ बनाई आश्रममा नै छोडी आएँ भने सो सामानलाई पछि जीपद्धारा सोही मन्दिरका सचिव आदरणीय श्री लक्ष्मण चालीसेज्यूले जीपद्धारा अर्मादी श्री शालिग्राम पौडेलको घरमा पठाई सहयोग गर्नुभयो । पछि फेरि आमालाई मेरो श्रीमतीले काठमाडौंमा नै लैजाने विचार गरेर लगेकोले म पुनः फुर्सदमै भएँ ।
गीताप्रेस, गोरखपुरबाट प्रकाशित नेपाली भाषाको ‘श्रीरामचरितमानस’ पहिलो पटक अयोध्या बडी छावनीमा नैश्रीपरमपूजनीय गुरु महाराजजीको सान्निध्यमा रही अनुवाद गरेको थिए । तर पनि त्यतीखेर मेरो लेख्ने तथा अनुवाद गर्ने ज्ञान रतीभर नभएकोले टाइप गर्ने व्यक्तिले बुझ्ने लायकको र टाइप गर्न लायकको थिएन ।
यसैले श्रीगुप्तेश्वरवेदवेदाङ्ग, विद्यालय (गायत्री मन्दिर) कुश्मामा मैले २०५९ साल माघ महिनादेखि चैत्रको दोस्रो हप्तासम्म ‘गुप्तेश्वर गुफा’ कुश्मा पर्वत गुप्तेश्वर वेदवेदाङ्ग विद्यालयको र सोई घरको दोस्रो तलामा श्रीआदरणीय गंगावहादुरकार्की (हाल श्रीगगनगिरिज्यू) र श्रीमतीटुकेश्वरी हालश्रीशुक्रगिरिले बनाएको कुटी मागेर सो रामायण दोस्रो पटक अनुवाद गरको थिएँ । अर्कोतर्फ समाधिस्थ बाबा श्रीविष्णुगिरीजीमहाराज र अन्य समितिका महानुभावहरुसँग भनि मिति २०६३÷२०६४ ‘गायत्री पुरश्चरण महायज्ञ’ भएको बेलामा १ वर्ष साधना गरेर बसेको थिएँ ।
जब श्रीकृष्णबहादुर बानियाँज्यूले मेरो तपस्या भंग गरिदिनुभयो,त्यतिखेर वैशाखमै यस आश्रमका महाराज श्रीगगनगिरिज्यू, यही गुप्तेश्वर वेदवेदाङ्ग विद्यालयका गुरुजी तथा मेरा भाइ (उनको घर नाग्लीवाङ भए पनि हाम दशगात्रका भाइ हौंं) श्रीपद्यमरामरेग्मी, श्रीआदरणीय पण्डित श्रीलोकनाथ आचार्यज्यू, समितिका अध्यक्ष श्रीआदरणीय षडानन्द आचार्य, भाइश्रीचन्द्रशेखर पौडेल, श्री आदरणीयश्रीवेदप्रसाद आचार्य, श्रीख्यामलाल गिरीज्यूहरुलाई फोन गरेको थिए । त्यसपछि श्रीगगनगिरिजी,पं.श्रीलोकनाथ आचार्यज्यू र भाइ पद्यमराम रेग्मीले ‘कोरोना’ को कहर अहिले बढी नै भएकोले वातावरण बनेपछि आउँने भन्ने कुरा भएको थियो, त्यसपछि २०७८ आषाढ १६ गते यसै विद्यालयमा आएँ । बृद्धजनबाट हामी सबैले सुन्दै आएका छौं कि ‘वर्मा गए कर्म सँगै जान्छ’ त्यसपछि ४।५ दिन स्थिति मिलाउँदै थिएँ, त्यस विद्यालयको नयाँ छात्रावास वर्षाले चर्केको र जमिन भासीएकोले विद्यार्थी म भएको पहिलाको छात्रावासमा आउँने स्थिति भएकोले मलाई तनाव भयो, विद्यालयका गुरुजी,महन्त महाराज जी र समितिका सदस्यज्यूले सर्नुपर्ने भयो भन्नुभएको होइन ।
अनि ‘श्रीगायत्री आमा समूह’ ले बनाएको ‘सत्सङ् भवन’ चिलाउने चौतारामा आएँ । आश्रम वन्द थियो र नाम घर सोधेर यस समूहकी संस्थापक अध्यक्ष श्रीमति सीता खत्रीज्यूको घरमा गएर कुरा राखें , भएको सबै घट्ना र मेरो घरसमेत बताएँ । अनि उहाँले वर्तमान् अध्यक्ष श्रीमति विष्णुकुमारीगौंडेलसँग लैजानुभयो र मैले माथि कै कुरा दोहो¥याए । अनि उहाँहरुले एकछिन एकान्तमा सल्लाह गर्नुभयो र मलाई बोलाउनुभयो, गुरु जी आश्रम भर्खरको शिशु बालक छ, अरु केही सहयोग गर्न सकिन्न कसो गर्ने होला? भन्नुभयो । त्यस समयमा मैले भनें, श्री गलेश्वर शिव मन्दिरमा मासीक भाडा रु. ३ हजार लिने चलन रहेछ, मसँग त्यस्तो पैसा छैन, भाडा नमाग्नुहोस् श्रावण र भाद्र महिना ‘कोरोना’ तथा वर्षाको कहर छ, त्यहाँसम्म अन्यत्र जा नभन्नु होस् अरु सहयोग गर्न पाइएन भनेर चिन्ता नगर्नुहोस् भनें । त्यसपछि उहाँहरूले वस्नुहोस् त नि भनेर भन्नुभयो र यस आश्रममा एउटा कोठामा लगभग अषाढको २४÷२५ तिरबाट बसेर साधना गर्न लागें । अनि कवीन्द्रजीलाई फोन गरँे कि अध्यक्षज्यू के गर्नुहुन्छ? टाइप गरेको पैसा दिन, उहाँले भन्नुभयो म बोलेको कुरा दिन्छु, हाम्रै स्थानको लेख लेख्नुभएको त हो नि ! यहाँ बसेर पुजारी हुनुभएन भनेर दुःख मानेका छैन, भन्नुभयो र उहाँको घर नजिकै सी.टी. साइबर बेनीमा पैसा रु.२०००। बुझाउनुभयो । अर्को लेख ११ पेजका थिए, अनि मैले त्यही साइवरका संचालक श्रीवासुदेवघिमिरे जीलाई भने १ पटक संशोधन गरिदिनुहोस्, सबैलेखलाई भाइश्रीकृष्णराजरेग्मीको इमेल ठेगानामा पठाईदिनुहोस् होलसेलमा टाइप गरेको रकम लिनुहोस, मैले पैसा भएर टाइप गराएको होइन, आश्रम चम्काउन प¥यो भनेर लेखेको हुँ भनें ।उहाँले पनि एकवचनमा नै हुन्छ भन्नुभयो र उहाँले पहिलो प्रिन्ट दिनुभयो सो प्रिन्ट राजु अर्यालले श्यामला रेग्मीको घरमा दिएपछि उनको घरबाट भाइश्रीचक्रपाणी रेग्मीले मलाई यहाँ ल्याई सहयोग गर्ने काम गरे । फेरी बेनी, पाङ, कुश्मा गर्दा धेरै समय लाग्यो र भाइ कृष्णराजलाई मैले शुद्ध गरेको प्रिन्ट निकाली मलाई दिन सहयोग गरे र सोलेख र अन्य लेखसमेत हिमालय कम्प्यूटर इन्स्टीच्यूट कुश्माको इमेल ठेगानामा पठाईदिन आग्रह गरें, भाइले त्यसै गरे । त्यसपछि यहाँ थप ग्रन्थ केही अध्ययन गर्न लागे र सबै यसको बेलीबिस्तार मिति वि.सं. २०७८ भाद्रपद, कृष्णपक्ष १४ गते सोमवार ८ तिथि र श्रीकृष्ण जन्माष्टमी व्रतको दिन पुनः थप लेखहरु पुरा भए । मिति २०७८÷६÷१ मा सि.टी. साइबरका संचालकजीलाई फोन गरि मैले तपाईंलाई धन्यवाद दिनु नै पर्छ रुपैयाँ फिर्ता नगरे पनि । यदि निःशुल्क गर्नुहुन्छ भने श्रीसीताराम स्तुति नामको पुस्तक बेनीको अर्को साइबरमा टाइप भएर अड्केको छ, त्यसलाई निकाल्छु भन्दा हुन्छ त नि मैले पैसा प्रसन्न मनले फिर्ता गर्छु मान्छे पठाइ दिनुहोस् भन्नुभयो र लगभग ५१ पेज टाइप निःशुल्क उहाँले गर्नुभयो । सि.टी. साइबरबाट रुपैयाँ लिएर अड्केको टाइपलाई निकाल्ने जिम्मा पुनः श्रीराजु अर्याललाई फोनद्वारा कुरा गरी जिम्मा दिएँ । साथै सुरुमै चैत्र मसान्तसम्म यस आश्रमका उपाध्यक्ष भीम बहादुर बानियाँज्यूबाट लगभग रु. ८०००। आठ हजार पटक– पटक गरी सहयोग गर्नु भएको थियो । कुश्मामा आएपछि म गुप्तेश्वर विद्यालयमा आएको कुश्मा बजार निवासी श्रीहरिप्रसाद (राजकुमार) जोशीज्यू फोनद्वारा काठमाण्डौं कुरा गरी यहाँ आएको बताउँदा रु ३०००। तीन हजार भाइ श्रीकाशीकुमारजोशीज्यूलाई फोन गर्छु त्यहाँ गएर लिनुहोला भनि स्वेच्छाले सहयोग गर्नुभयो । भाइ श्रीपद्मरामले सधैंभरि पुलहाश्रमको लेख सकिएको छैन भन्नुहुन्छ, काम नपाएर यो आश्रमको लेखमा लाग्नु भएको हो वा अरु उद्देश्यले भनी घृणाको दृष्टिले प्रश्न राखेका थिए ।श्रीगगनगिरिजी साक्षी हुनुहुन्थ्यो। आनन्द गुम्बा कुश्माका ध्याम्यो लामा (गुरु) ले पनि आफ्नो ठाउँबाट सहयोग गर्न चाहनुहुन्थ्यो । यस गायत्री आमा समूहले बनाएको आश्रममा रहनुभएका लक्ष्मण रिजालज्यू पनि सहयोगी भावनाका हुनुहुन्छ र आफ्नो ठाउँबाट सहयोग गर्न पाए हुन्थ्यो भन्ने स्वभावका हुुनुहुँदो रहेछ । भाइहुन्छ प्रेमप्रसाद रेग्मी (ध्रुव) ले वाल्मिीकी रामायण पठाईदिनु भन्दा पठाएर सहयोग गरेका थिए । श्रीशुक्रगिरी माताजीले मलाई चाहिंदैन भन्दा– भन्दै सुरुमै केही चामल नलिइ सुखै नदिएकाले लिएको थिएँ । यो सबै े लेख २०७८÷६÷२ मा सत्सङ्ग भवन कुश्मामा बसी लेख थप गरेको हुँ । यस सत्सङ्ग भवनका आमाहरु कसैले १०÷२० रुपैयाँ चढाउन खोज्दा तथा सीधा दिन खोज्दा मैले उहाँहरुसँगै कोठा मागेर बसेको हुनाले अस्वीकार गर्न अप्ठ्यारो भएकोले लिएँ । कुश्मा नगरपालिकाका नगर प्रमुख श्रीरामचन्द्रजोशीज्यूलाइ साधना गर्नको लागि आर्थिक सहयोग गर्नुहोस् भनी मिति २०७८।०४।२८मा निवेदन दिई द.नं २९७ भएको छ ।सहयोग हुन्छ, हुँदैन?भबिष्यमा थाहा होला ।
यसपछि आदरणीय श्रीकिशोरसापकोटा र अन्य बजारका मुख्यमुख्य साइवरहरुले टाइपगर्न नभ्याउने जवाफ मैले पाएकोले थपलेख टाइप गराउन म अतालिएर टाइप समयमा गर्ने व्यक्ति वा साइवर खोज्दै ंिहडेको समय२०७८÷५÷१५ मा कुश्मा बजारमा भाइ श्रीरामचन्द्र रेग्मी र भाइ वुहारी श्रीमति विन्दुशर्मारेग्मीसँग भेट भयो ।(हामी दुई भाइ म पूर्णभद्र र उनी रुद्रप्रसाद हजुरबुबाका नाती हौं ।) यसै सिलसिलामा टाइप गराउने चक्करमा रहेको बताएँ । दक्ष व्यक्तिहरुलाई फुर्सद थिएन, अर्धदक्षहरुले टाइप गरेर मेरो कार्य समयमा हुने सम्भावना थिएन । अनि दुवैजनाले भने किन रन्थनीने, मैले बिहान, बेलुका मेरो कोठामा टाइप गरिदिन्छु पैसा पनि बच्यो सम्भव भएसम्म चाँडोपनि गरिदिन्छु भनेर विन्दुले भनीन् त्यतिखेर फुस्कीन लागेको मेरो प्राण पुनः मेरो शरीरमा स्थिर भयो ।टाइप तथा अन्तिम संशोधन गर्दै गर्दा २०७८।६।१ मा उनले लेख टाइप गरि मलाई दिइन र काम विशेषले १ हप्ता नआउने गरी घरमा गईन् ।१ पेज लेख र निवेदन २ प्रति थपगर्नु थियो । वडानं ४ का वडाध्यक्ष मीना कर्मचायज्यूलाई अनुरोध गरेपछि सोही कार्यालयका कर्मचारी माया नेपालीले टाइप गरी दिनु भयो । त्यसपछि घरबाट आएपछि बिहान–बेलुका संशोधन गरेपछि रेडियो शालिग्राम कुश्मा,पर्वतका स्टेशन म्यानेजर श्री आदरणीय ओमप्रसाद घायल ज्यूलाई मैले अनुरोध गरेपछि सम्पूर्ण रेडियो परिवारका पत्रकार श्री आदरणीय रोशन तिवारी,श्री रामकृष्ण लामिछाने, श्री साजन परियार, श्री संगीता क्षेत्री,श्री मिना पराजुली,श्री सन्तोष के.सी र,श्री सन्तोषी क्षेत्री ज्यूहरुको सहयोगबाट सवै निकायमा इमेल पठाउने र सबै सञ्चार क्षेत्रमा इमेल पठाउन सहयोग प्राप्त गरी आज मिति २०७८।०६।१० गते अन्तिम कपी तयार भयो र सबै निकायमा पुस्तक छपाएर पठाउने इच्छा हुँदाहुँदै पनि मेरो त्यो स्थिति नभएकोले उहाँहरुकै सहयोगबाट इमेलद्धारा पठाएको छु । यस लेखलाई उचित मान्नुभयो भने पुस्तकको रुपमा प्रकाशन गर्न सहयोग कसैले गर्नुभयो भने म सहयोग लिन तयार छु । अर्कोतिर म पहिला पनि खानपान र सबै व्यवस्थाको लागि हजुरबा, बुबाको समयमा सम्पन्न नै हुँ, पछि ‘ कर्मले जोगी बनायो ’भन्ने गीत झैं जोगीभएँ । अहिले पुनः म घरमा नै बसें खानपान तथा सबै साधनको लागि भगवान्को कृपाले राम्रो छ । घरमा बस्ने ग्रह नै छैन, हिँडाली हाल्छ, ग्रहले । २५ वर्ष देखी यस्तै गतिविधि छ मेरो । तर म जहाँ गए पनि साधना गर्ने यस्तै कुरा ढङ्ग नभए पनि लेख्न खोेज्ने कार्यलाई मलाई मात्रै होइन कुनै पनि साधु– सन्तका परिवारले दिंदैनन् यो सत्य कुरा प्रष्ट पार्न चाहन्छु । साथै भाइ चन्द्रशेखरलाई यस्तो–यस्तो शव्दमा‘ बोल्ट’र ‘कमा’ गरेको छु हेर त भन्दा ठीक छ ‘ बोल्ट’ र ‘कमा’गर्नुहोस् भनेकोले गरेको छु । यो लेख भाषा शुद्ध नभए पनि मेरो भाव शुद्ध भएर लेखेको हुँ , सानो आकारको पुस्तक प्रकाशन हुने सम्भावना भएमा त्यतिखेर विद्धानहरुसँग भाषा शुद्ध गराई प्रकाशन गर्ने छु, किनकि म योग्यताविहिन व्यक्ति हुँ, मैले भगवान्को प्रेरणाद्धारा मात्र यो लेख लेख्ने काम गरेको हुँ ।
श्रीशिवमहापुराण पं.भीमनाथ पराजुलीले दिएर अध्ययन गरेको हुँ, वराहपुराण संक्षिप्त श्रीमद्देवीभागवत गलेश्वरकै पुस्तकालयबाट ल्याई अध्ययन गरेको हु्ँ । मानस–पीयूस, श्रीमद्भागवत महापुराण ,श्रीरामचरितमानस र विष्णुपुराण मसँगै थिए, अन्य ग्रन्थ गुप्तेश्वर वेद वेदाङ्गको पुस्तकालयबाट शिक्षक श्रीगोविन्द आचार्यसँग पटक–पटक ल्याएर अध्ययन गरेको थिएँ । यसैले यो लेख लेख्नुभन्दा पहिले देखि आजको मितिसम्म मलाई हर प्रकारले सहयोग गर्नुहुने प्रत्यक्ष, अप्रत्यक्ष व्यक्ति वा संघ, संस्थाप्रति मैले कृतज्ञता प्रकट गर्दछु ।
यदि मैले सुरुमै ‘श्रीचारधाम मन्दिर’ बनाउँने भन्ने उल्लेख गरेको मन्दिर नेपालको यही ठाउँमा बनाउँन सबै कारणले उपयुक्त छ । यसो भएमा ‘श्रीमुक्तिनाथधाम’, ‘श्रीपशुपतिधाम’, ‘श्रीजनकपुरधाम’ सहित ‘श्रीपुलस्त्य–पुलह आश्रमधाम’नामाकरण गरी थप धामको समेत श्रीवृद्धि हुनेछ ।
भारतमै उत्तराखण्डमा नै ‘श्रीयमुनोत्रीधाम’, ‘श्रीगंगोत्रीधाम’, ‘श्रीकेदारनाथधाम’ र ‘श्रीबद्रीनाथधाम’ छन्, यो सबैले जानेकै कुरा त हुन् नि । यसो भएमा बेनीबजारदेखि अर्थुङ्गे, पुलाचौर र यस आश्रम अर्थुङ्गे, कपिलदेव भगवान्को आश्रम हुँदै यस आश्रम र गलेश्वर, नेप्टेचौर, काउलेगौंडा हुँदै यस आश्रम र ६० मुरेमध्येको गाउँमा कति घर र जनता छन्, कति घर बनाउन सकिने उपयुक्त जमिन छ, कति जनाले विभिन्न व्यवसाय होटल तथा अनेक प्रकारका उद्योग तथा पेशा गर्न सक्छन् । के कसैले अनुमान गर्न सकिएको छ । यो सबै हुनलाई यस आश्रमको धार्मिक महत्वको बारेमा व्यापक रूपमा प्रचार हुन जरुरी छ । यसको साथै ‘चारधाम’ मन्दिर भयो भने मात्र दैनिक हजारौं जना धार्मिक तीर्थयात्री र अन्य पर्यटक यहाँ आउँछन् । साथै एउटा उदाहरण दिनुपर्दा भारतमा एक अरब ३८ करोड जनसङ्ख्या पुगिसक्यो । त्यसको अनुपातमा त हाम्रो देशको जनता कैयौँ गुणा कम छन् त्यो अनुपातले हुँदैन । भारतकै तुलना गर्दा मथुराको गिरिराज (गोवद्र्धन) पर्वतमा २४सै घण्टा बाह्रै महिना कति भीड हुन्छ, कार्तिक र श्रावणमा त हिसाब नै हुँदैन । आजकल कम्प्यूटरले गणना गर्छ, आज यति लाखले दर्शन गरे भनेर । त्यहाँ एउटा गिरिराजको महत्व हुँदा कति कि.मि.आसपासका कति घर र जनतालाई विभिन्न पेशा गर्ने अवसर मिलेको छ, हजुरहरू यस क्षेत्रका बासिन्दाले अनुमान गर्ने कुरा हो र यो हजुरहरू वहाँ गएका सबैले देखेका–जानेका कुरा हुन् । मैले नौलो कुरा लेखेको होइन । स्मरण गराएको मात्र हुँ । त्यस्तै प्रकारको चहलपहल ‘चारधाम मन्दिर’ बनाएमा यहाँ पनि हुन्छ । यसको सकारात्मक असर तीर्थयात्रीको भीडभाड, बेनीबजार, गलेश्वर र यस क्षेत्रमा मात्र नभई कुश्मा, पोखरा, बाग्लुङ्गदेखि रिडी, पाल्पा हुँदै बुटवल, भैरहवासम्म पर्छ भने बेनीबजारदेखि मुक्तिनाथसम्म त असर स्वभाविक रूपले पर्ने नै भयो ।
अन्तमा मेरो यस भनाई वा लेखलाई कसैले हल्का रूपले नहेरी गम्भीर रूपले हेरेर मैले सुरुमै भनेझैँ यस आश्रमका कार्य समितिका महानुभावहरू र सम्पूर्ण तह र तप्काका महानुभावहरू एक ढिका भै तिलको लड्डुझैँ बन्यौँ भने हाम्रो मनोरथ पूर्ण हुनेछ ।
अर्को उदाहरणमा जसरी भारतमा ‘रामजन्मभूमि’मा नयाँ मन्दिर बनाउँन पहल गर्दा ‘एक घर एक ईँटा, एक व्यक्ति एक रुपैयाँ’ राममन्दिरलाई दान गर्न आव्हान गरिएको थियो । सो आव्हान आज सफल पनि भयो । यो सबैले जानेबुझेकै कुरा हो । यसरी एक व्यक्ति एक रुपैयाँ दान गरी ‘चारधाम मन्दिर’ बनाउँने अभियान चलायौं भने पनि एक रुपैयाँ दिन नसक्ने लाखौं हामी नेपाली जनता पनि छौं, यसको साटो जसरी ‘रामजन्मभूमि’मा नयाँ राममन्दिर बनाउँन भारतको आन्ध्रप्रदेशमा रहेको र संसारको सबैभन्दा धनी मन्दिर ‘श्रीबालाजी भगवान्’को मन्दिरले एक अरब दान ग¥यो, त्यसरी नै करोड रुपैयाँ दान गर्छु भन्ने कैयौँ व्यक्ति यहाँ आउँन सक्नुहुन्छ, के कसैले जानेका छौ,ं आउँदैनन् भनेर ?
अर्कोतर्फ ‘पुलस्त्य–पुलह आश्रम’का समितिका महानुभावहरूले यस लेखलाई वास्ता गर्नुभएन भने अरू यस क्षेत्रका श्रीमान् नगरप्रमुख ज्यूहरु र गाउँपालिकाका अध्यक्ष ज्यूहरु र जनताले गम्भीर रूपले हेरेर कम्तीमा १५–२० रोपनी जति जमिन भएको ठाउँ हेरी कुश्मा नगरपालिकाको अर्मादीको फुस्रे खोला र रिठे (क्यादी) खोलाको त्रिवेणी संगम (विद्युत योजना सुरु गर्दा डुबानमा नपर्ने भए), जलजला गाउँपालिकाको फर्से वा अन्य उपर्युक्त क्षेत्र, रघुगंगा गाउँपालिका र अन्नपूर्ण गाउँपालिकाको दानासम्म कहाँ उपयुक्त र कहाँका जनता बढी सक्रिय हुन्छन् कुस्मा, बेनी नगरपालिकाका प्रमुख रउपप्रमुख ज्यूहरु, रघुगंगा गाउँपालिकाका र अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षज्यूहरुको संयुक्त बैठक बसी छलफल गरी उपयुक्त १ ठाउँमा ‘चारधाम मन्दिर’ बनाउन पहल गर्नुहुनेछ, जहाँ मन्दिर बनाउने निर्णय गर्नुहु्न्छ,त्यसपछि कति जग्गा दाताले जमिन दान गर्नुहुन्छ ? कति खरिद गर्नुपर्छ, बल्ल थाहा हुन्छ । यस्तो महत्वको विषयमा प्रदेश सरकार र संघीय सरकारले समेत चाँसो लिने र सकृयता देखाउने छ भन्ने मैले विश्वास लिएको छु । मन्दिर बनाउँन श्रीकृष्णगण्डकीमा स्नान गर्न सुलभ ठाउँ पनि हुनुपर्छ । अतः विलम्ब नगरी सर्वप्रथम यस ‘पुलस्त्य–पुलह आश्रम’मा नै ‘चारधाम मन्दिर’ बनाउँने महाअभियान पूरा गर्नेतर्फ सबै क्षेत्र, पेशाका व्यक्तिहरु एकजुट होऔँ । यस लेख मैले सच्चा भावले लेखेको हुँ भने ‘श्रीचारधाम’का भगवान् र ‘पुलस्त्य–पुलह’ ऋषिले मेरो मनोरथ पूर्ण गर्नुहुनेछ भन्ने विश्वास राख्दै ‘श्रीचारधाम’ का भगवान् र द्वय ऋषिहरू, स्व. पिता हरीदत्त रेग्मी, स्व.जेष्ठी बिमाता विष्णुकुमारी (बाटुली) र माता देवका रेग्मी तथा कनीष्ठीका बिमाता भीमकुमारी रेग्मी तथा सम्पूर्ण पितृदेव तथापितृदेवी र पूर्वज गुरुमहाराजहरु र गुरु महाराजजी, सम्पूर्ण श्रीगजानन भगवान् सहित पाञ्चायन देवी देवता र श्रीसीतारामजीमा यो लेख अर्पण गर्दछु ।

मितिः २०७८ साल आश्विन ११ गते रोज १ शुभम्
विनित
केदारनाथदास
कुश्मा नगरपालिका–२, पाङ्–गौँडा
(खरिदारटोल), जिल्ला पर्वत ।