२०७८ कार्तिक ६ , शनिवार

राप्रपा राजसंस्था र हिन्दुराष्ट्र चाहाने पार्टी हो : डा.लोहनी

सुनाखरी न्युज/ काठमाडौं – राप्रपा का अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले दोस्रो आन्दोलन पछि नेपाली जनताले राजनीतिक स्थिरता, सुसासन, प्रजातन्त्रको सुदृढीकरण,भ्रष्टाचार माथि नियन्त्रण ,सुसासन,आर्थिक अनुसासन र परराष्ट्र नितिको आसा गरेकामा भ्रष्टाचार, अवसरवाद, अधिनायकवाद, र लम्पसारवादको राजनीतिक माहामारिमा देशलाई खरानी वनाउने प्रयास हुदै गरेको वताउनु भएको छ।

 

उहाले यो प्रविद्दि विरुद्ध जनताको आवाज वोक्ने पार्टी राप्रपा रहेको वताउनु भयको छ।राप्रपाको महोत्तरी जिल्ला अधिवेशन को सन्दर्भमा जलेश्वर पुग्नु भयको लोहनीले जनतामा जनजिविकाको सवाल र प्रजातन्त्रको संस्थागत विकास गर्ने दल राप्रपा रहेको सन्देश पुराउने चुनौति हामी संग छ।त्यसैले राष्ट्र वनायने माहा अभियानमा हामी लाग्नु परेको छ। भ्रष्ट र प्रजातन्त्रको नाममा निस्कियका वर्तमान सरकार र कम्युनिस्ट विरुद्ध राप्रपा लडने सामर्थ्य राख्न सक्छ। राप्रपा राजसंस्था र हिन्दुराष्ट्र चाहाने पार्टी हो।हामी हाम्रो अधिवेशन पश्चात् आधिवेहरि र ज्वारभाटा उठने खालको आन्दोलन को तयारीमा रहेको र त्यसको लागि कार्यकर्ता तयार रहन निर्देशन समेत दिनु भएको छ।

 

कार्यक्रम लाई सम्बोधन गर्दै माननीय राजेन्द्र लिङदेनले राप्रपा भित्र अनुसासन कायम रहने गरि आउदो अधिवेशनमा नेतृत्व चयन हुने र राजसंस्था,हिन्दुराष्ट्र राप्रपाकै वलमा स्थापना हुने वताउनुभएको छ ।