२०७८ कार्तिक ६ , शनिवार

राष्ट्र बैंकको ‘राष्ट्र ऋण व्यवस्थापन विभाग’को नाम परिवर्तन

सुनाखरी न्युज/ काठमाडौं – नेपाल राष्ट्र बैंकले ‘राष्ट्र ऋण व्यवस्थापन विभाग’ को नाम परिवर्तन गरेको छ। केन्द्रीय बैंकले उक्त विभागको नाम परिवर्तन गरी ‘मौद्रिक व्यवस्थापन विभाग’ राखेको छ।

राष्ट्र बैंकको सञ्चालक समितिको गत भदौ ३० गते बसेको बैठकले राष्ट्र ऋण व्यवस्थापन विभागको नाम परिवर्तन गरी मौद्रिक व्यवस्थापन विभाग राख्ने निर्णय गरेको थियो।