२०७८ कार्तिक ६ , शनिवार

घट्यो सुनचाँदीको मूल्य

gold

सुनाखरी न्युज/ काठमाडौं – मंगलबार नेपाली बजारमा सुनचाँदी दुबैको मूल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन तोलामा तीन सय रुपैयाँले र चाँदी तोलामा ५ रुपैयाँले घटेको हो ।

 

महासंघका अनुसार आज घटेको मूल्य अनुसार सुन प्रतितोला ८९ हजार रुपैयाँ र चाँदी एक हजार १५५ रुपैयाँमा कारोबार भइरहेको छ । गत सोमबार बजारमा सुन प्रतितोला ८९ हजार तीन सय रुपैयाँ र चाँदी एक हजार १६० रुपैयाँमा कारोबार भएको थियो । यता, तेजाबी सुनको मूल्य पनि गत सोमबारको मूल्यमा नै तीन सय रुपैयाँले गिरावट आउँदै ८८ हजार ५५० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।