२०७८ कार्तिक ६ , शनिवार

शेयर बजारमा सोमबार पनि उच्च गिरावट, परिसूचकसँगै खरिदबिक्री रकम पनि घट्यो

सुनाखरी न्युज/ काठमाडौं ।
सेयर बजार घट्नेक्रमले सोमबार पनि निरन्तरता पाएको छ । नेप्से सूचकका साथमा खरिदबिक्री रकम पनि न्यून भएको छ ।

सोमबार परिसूचक ७३.०५ अंकले घटेर २६८५.४२ अंकमा अडिएको छ । ५ अर्ब १२ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । सूचक घटेकाले क्रेता र बिक्रेता दुवै ‘पर्ख र हेर’ को अवस्थामा रहँदा टर्नओभरमा समेत ह्रास आएको छ । आत्तिने र अत्यावश्यक पर्ने बाहेक अन्यले सेयर नबेचेको कारोबार रकमले देखाउँछ ।

आम लगानीकर्ताले पेनिक सेल नगरेकाले उनीहरुमा बजार फेरि बढ्छ भन्ने विश्वास रहेको पनि यसले देखाउने विश्लेषकहरु बताउँछन् । बजार घटेका बेला खरिदबिक्री रकम कम हुनुलाई सरकात्मकरुपमा लिनुपर्ने उनीहरुको भनाई छ ।

यसअघि नेप्सेले २६१४ को न्यूनतम विन्दु टेस्ट गरेपछि बजारमा केही दिन उत्साह आएको थियो । सूचक तेज हिसाबले फर्किएको थियो । तर त्यो वृद्धि टिक्न सकेन । नेप्से सूचकले फरि तल्ला विन्दुहरु परीक्षण गरिरहेको छ ।