२०७८ कार्तिक ६ , शनिवार

नेक्सन विथ १२० पीएसको साथमा मनाऔ “दसै” मोटर गुडाउदै

सुनाखरी न्युज/ काठमाडौं – बाइरोडको बाटोमा धुलो उडाउदै…। तपाईं नया गाडी किन्ने योजनामा हुनुहुन्छ भने आउनुस्, माथिको चर्चित गीतमा भनेझै“ यो दशै“मा नेक्सन विथ १२० पीएस हाक्नुहोस् र चाडबाडलाई सपरिवार थप उत्सवमय बनाउनुस् । भारतीय कार नेक्सन विथ १२० पीएसले पछिल्लो समय लोकप्रियताको आफ्नै उचाइलाई समेत उछिन्नुमा यसमा उपलब्ध सुविधाहरूलाई नै मुख्य श्रेय दिने गरिन्छ । हुन त, सन् २०१७ को अन्त्यतिर मात्रै यसको लन्च भएको हो ।

 

तर, गत वर्षको मध्यबाट यसले लोकप्रियताको ग्राफलाई झन्–झन् वृद्धि गरिरहेको छ । जनवरी २०२१ मा नेक्सनले ८ हजार २ सय २५ युनिटको रिटेल आ“कडा हासिल गरेको छ, जुन लन्चपछि एसयूभीले प्राप्त गरेको उपल्लो बिक्री रेकर्ड हो । मासिक रूपमा हेर्दा, जनवरी २०२१ मा नेक्सनको बिक्री २०.३५ प्रतिशतले बढेको छ, डिसेम्बर २०२० मा कुल ६ हजार ८ सय ३५ युनिट बिक्री भएको थियो । भारतको तेस्रो ठूलो कार निर्माता कम्पनी टाटा मोटर्सको एक कम्प्याक्ट एसयूभी कार हो– नेक्सन विथ १२० पीएस । नेक्सन विथ १२० पीएस दिनप्रतिदिन चर्चित हु“दै गइरहेकाले गाडीका पारखीहरूको चासो थप बढ्दै गइरहेको हो । सवारी साधन हाम्रो सुविधाका लागि मात्रै होइन, सुरक्षाका लागि पनि उत्तिकै जरुरत हो ।

सुरक्षाका हिसाबमा यो पहिलो भारतीय गाडी हो, जसले पाच–तारे ग्लोबल एनसीएपी प्राप्त गरेको छ । कारको लुक्स त आकर्षक छ“दै छ । यसको कुप डिजाइन इम्पाक्ट २.० आधारित छ । डिजेल र पेट्रोल दुवै किसिमका इञ्जिनमा यो कार उपलब्ध छ । १.२ लिटर पेट्रोल इन्जिनको नेक्सनमा १ सय २० पीएस पावर जडान गरिएको छ । यस कारमा इलेक्ट्रिकल सनरुफ, वाइपर, हरमन  म्युजिक स्टिम, स्टाबिलिटी प्रोग्राम र कनेक्टेड कार टेक्नोलोजी समावेश गरिएको छ । गाडीमा जडान गरिएको रोबस्ट प्लेटफर्मका कारण चालकले जस्तोसुकै खालको सडकमार्गमा सहजै हाक्न सक्नेछन्। ‘स्टेट अफ आर्ट टेक्नोलोजी’ अवधारणामा बनाइएको यो गाडी थप आरामदायी छ । फोलिएज ग्रीन, फ्लेम रेड, टेक्टोनिक ब्लु, प्योर सिल्भर, डेटोना ग्रे, कालग्यारी ह्वाइटलगायत ६ रङमा उपलब्ध भएकाले ग्राहकले आफ्नो रुचिअनुसार रोज्न पाउनेछन् । यस गाडीको नेपाली बजारमा सुरुआती मूल्य ३९ लाख ९५ हजार रुपैया छ ।