२०७८ कार्तिक ४ , बिहिवार

नेप्सेमा फेरी उच्च गिरावट, एकैदिन ६२ अंकले घट्यो परिसूचक

सुनाखरी न्युज/ काठमाडौं – नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा साताको कारोबारको पहिलो दिन आज आइतबार उच्च अंकको गिरावट भएको छ । आज नेप्से ६१.२७ अंकले घटेर दुई हजार ७ सय ५८ दशमलब ४८ विन्दुमा पुगेको हो ।

 

त्यस्तै, आज ६ अर्ब ५० करोड बराबरको कारोबार भएको छ । आज कारोबार भएका म्युचुअल फण्ड बाहेक अन्य सबै समूह घटेका छन् । आज कारोबार भएका कम्पनीमध्ये एक कम्पनीको शेयरमूल्यमा पोजेटिभ सर्किट लागेको छ । सर्किट लाग्ने कम्पनीमा मनकामना स्मार्ट लघुवित्त वित्तिय संस्था रहेको छ । आज यस कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता १३१७.२० रुपैयाँ पुगेको छ ।

 

नेप्सेका अनुसार आज आइसीएफसी फाइनान्सका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । यी कम्पनीको शेयरमूल्य आज ८ प्रतिशत भन्दा बढीले घटेको छ । त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी अरुण भ्याली हाइड्रोपावरको भएको छ । यस कम्पनीको आज ३३ करोड भन्दा बढीको कारोबार भएको छ ।