२०७८ कार्तिक ६ , शनिवार

नाडाको साधारण सभा र निर्वाचन मंसिरमा

सुनाखरी न्युज/ काठमाडौं – नाडा अटोमोबाइल्स एसोसियसन अफ नेपालको ४५औं वार्षिक साधारण सभा तथा निर्वाचन आगामी २२ र २३ मंसिरमा हुने भएको छ । केन्द्रिय सचिवालयमा बसेको नाडाको केन्द्रीय कार्यसमिति बैठकले सो निर्णय गरेको हो ।

 

यसअघि भदौ अन्तिम साताका लागि तोकिएको निर्वाचन कोरोना संक्रमण दर बढेसँगै स्थगित भएको थियो । नाडाको संशोधित विधान २०७८ अनुसार प्रत्येक दुई वर्षमा अध्यक्षलगायत संस्थागत तथा साधारण गरी २७ जना केन्द्रीय कार्य समितिको निर्वाचन हुनेछ । यसपटक अध्यक्षको प्रत्यासीको रूपमा करण चौधरी र ध्रुव थापा आकांक्षी देखिएका छन् ।

 

कार्यसमिति बैठकमा अध्यक्ष कृष्णप्रसाद दुलालले नाडाको ट्राफिक जनचेतनासम्बन्धी कार्यक्रमलाई देशव्यापी बनाउन ट्राफिक ज्याकेटलगायत, जनचेतनामूलक स्टिकर, र कोभिडविरुद्धको मास्कसमेत प्रदेश सञ्जालमा पठाइएको बताए ।