२०७८ कार्तिक ६ , शनिवार

साताको पहिलो दिन सुनको मूल्य स्थिर

gold

सुनाखरी न्युज/ काठमाडौं – साताको पहिलो कारोबार दिन आइतबार सुनको भाउ स्थिर रहेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ स्थिर रहेको हो। आज प्रतितोला फाइन गोल्ड ८९ हजार रुपैयाँ र तेजाबी गोल्ड ८८ हजार ५५० रुपैयाँ कायम भएको छ।

गत शुक्रबार सुनको भाउ तोलामा ६०० रुपैयाँले घटेको थियो। यो दिन प्रतितोला फाइन गोल्ड ८९ हजार रुपैयाँ र तेजाबी गोल्ड ८८ हजार ५५० रुपैयाँमा किनबेच भएको थियो। आज चाँदीको भाउ भने तोलामा १० रुपैयाँले ओरालो लागेको छ। योसँगै प्रतितोला चाँदी १ हजार १५० रुपैयाँ कायम भएको छ। गत शुक्रबार चाँदी तोलामा ५ रुपैयाँले बढेर १ हजार १६० रुपैयाँमा कारोबार भएको थियो।