२०७८ कार्तिक ६ , शनिवार

प्राकृतिक जरामा उम्रिएकाे फुलमा वास्ना हुन्छ तर कृत्रिम फुल जतिनै सजाए पनि…

गोपाल ढकाल – प्राकृतिक जरामा उम्रिएकाे फुलमा वासना हुन्छ तर कृत्रिम फुल जतिनै सजाए पनि त्यसले वासना दिदैन ।

 

प्लास्टिकको कृतिम फुल हेर्नमा सुन्दर लाग्छ तर जति सुकै अत्तर लेपन गरेपनि त्याे जहिल्यै कृत्रिम नै ठहर्छ । त्यसैगरि राजनीतिमा पनि नेतृत्व भनेकाे अठाेट , निष्ठा र भराेसाकाे जग बाट उम्रिएकाे हुनु पर्दछ , अन्यथा मुद्दा र एजेन्डाकाे अत्तर लेपन गर्दैमा त्यसकाे सम्बन्ध तल जरा र सुगन्धित माटाे संग हुदैन ।

 

जरा भनेकाे कार्यकर्ता हरू हुन भने माटाे भनेकाे जनता हाे । त्यसैले मुद्दा र एजेन्डा देखाउदै कृत्रिम बनाइएकाे फुललाई सिसाकाे साेकेशमा राखेर सजाउन मिल्ला तर प्लास्टिकको कृत्रिम फुल लाई अत्तर लेपन गरि कति मधुर वासना …….. भन्दै झुक्याउन खाेज्नु नक्कली बाहेक अन्यथा हुँदै हुदैन । यसाे भन्दैमा याे कुनै पुस्ताकाे पक्षमा गरेकाे दलिल भने पक्कै पनि हाेइन । किनकि अग्रज पुस्ताहरू मार्गनिर्देश गर्ने प्रेरणाका श्राेत हुन भने उदयमान पुस्ताहरू भनेका भावी सन्तति हरूले देखेकाे सपना लाई विपना बनाउछन कि भन्ने अाशाका किरण हरू हुन ।

 

हाम्राे चाहना भनेकाे जुनसुकै पुस्ता भएपनि भावी पुस्ताकाे लागि प्रसूति वेदना सहन तयार हुँदै गर्भधारणका लागि तयार रहने वर्तमान खाेजेकाे तर बन्ध्याकरण ( परिवार नियाेजन ) भन्दै अतीत काेट्याएकाे पनि हाेइन । विचार रूपी सुगन्धित माटाेकाे वासना खाेजेकाे हाे किन्तु शब्द र परिभाषाकाे अत्तर लेपन चाहिएकाे हाेइन ।