२०७८ कार्तिक ४ , बिहिवार

साता भरमा ७ अंकले बढेर २८ सय १९ अंक पुग्यो नेप्से परिसूचक

Share Market

सुनाखरी न्युज/ काठमाडौं-

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा यो साता  ७.२७ अंकको सुधार आएको छ ।

साताको चार दिन कारोबार भएको नेप्सेमा सामान्य सुधार आउँदै समग्र परिसूचक २८ सय १९ अंकमा पुगेर रोकिएको छ । गत साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से परिसूचक २८ सय १२ अंकमा रोकिएको थियो ।

यो साताको पहिलो कारोबार दिन असोज ४ गते परिसूचकमा ११४ अंकको गिरावट आएको थियो ।