२०७८ कार्तिक ६ , शनिवार

महिलाले ताने इन्द्रजात्राको रथ

सुनाखरी न्युज/ काठमाडौं-

इन्द्रजात्राको अन्तिम दिन महिलाहरुले रथ तानेका छन् । बसन्तपुर क्षेत्रका स्थानीय महिलाले कुमारी, गणेश र भैरवको रथ तानेका हुन् । विगतमा नेवार समुदायका एकल महिलाहरूले मात्रै तान्ने रथ अहिले सबै समुदायका सबै महिलाले तान्छन्।

राति इन्द्रध्वज पातन गरेपछि दुई हप्ताभन्दा लामो इन्द्रजात्रा समाप्त हुन्छ । पातन गरेपछि इन्द्रजात्राको लिङ्गोलाई टेकु दोभानस्थित बागमती किनारमा सेलाइन्छ । लिङ्गो सेलाउन घिसारेर लैजाने परम्परा छ ।