२०७८ कार्तिक ६ , शनिवार

कर्मचारी आन्दाेलनका धमिराहरू

प्रकाश आचार्य – एकादशी सभाबाट सुरु भएकाे नेपालकाे कर्मचारी आन्दाेलनकाे संगठित सुरुवात भने नेपाल निजामती कर्मचारी संगठनकाे स्थापना सँगै भएकाे हाे । यश संगठनलाई कर्मचारी आन्दाेलनकाे इतिहासमा जेठाे संगठनकाे रूपमा भन्दा मात्र पनि सबै निजामती कर्मचारीहरूकाे साझा संगठनकाे रूपमा स्थापना भएकाे संगठनकाे रूपमा बुझ्नुपर्दछ। याे संगठन स्थापना हुदाँ कुनै पाटीकाे भातृसंगठनकाे रूपमा स्थापना भएकाे थिएन र हैन पनि तर राजनीति शास्त्रकाे सिद्धान्त बमाेजिम लबी समूहका रूपमा आफ्नाे धर्म र कर्म पूरा गर्ने उद्देश्य बमाेजिम स्थापना भएकाे नेपालकाे एकमात्र निजामति कर्मचारीहरूकाे एकमात्र संगठन भने नेपाल निजामती कर्मचारी संगठन नै हाे।

 

नेपाल निजामति कर्मचारी संगठनकाे स्थापना सँगै कर्मचारीहरूकाे हकहितका लागि आ न्दाेलनका ज्वारभाटाहरू ल्याई सडकमा ओर्लियाे। जुन आन्दाेलनका मागहरू न्यायोचित मात्र थिएनन्, मुलुककाे निजामती प्रशासनमा सुधारका आवाजहरू पनि थिए।ती न्यायाेचित मागहरू पूरा गर्नुपर्छ भनेर स्वंय संसदभित्रका युवा सांसदहरू स्वतस्फुर्त सडकमा ओर्लिएर कर्मचारी आन्दाेलनकाे पक्षमा भाषण गर्न थाले। यसरी कर्मचारी अान्दाेलन चर्कदै गयाे। मनाेज जाेशी, झपेन्द्र कार्की जस्ता हाेनाहार देशभक्त युवाहरू सहिद भए। यसरी याे संगठन सहिदहरूकाे रगतले रक्तरञ्जित भयाे।

 

आन्दाेलन चर्कदै जादाँ तत्कालिन शासनले कर्मचारीहरूका / आन्दाेलनका मागहरू पूरा गर्नुका सट्टा याे आन्दाेलनलाई कमजाेर बनाउनु उपयुक्त ठान्याे। आफू निकटस्थ कर्मचारीहरूकाे छुट्टै संगठन बनाउन पार्टीमार्फत ह्वीप जारी गर्याे ।यसपछि कर्मचारी संगठन सिथिल त हुने नै भयाे भने कर्मचारीहरूकाे एकमात्र संगठन रहन सकेन। कांग्रेश निकट कर्मचारीहरूकाे छुट्टै संघ/ युनियन बन्याे। कर्मचारी संघले संगठनले लगाएका नाराका बिरुद्ध नारा लगायाे। एकातिर कर्मचारी संगठन कर्मचारीकाे तलब वृद्धिकाे माग राखेर आन्दाेलनरत थियाे भने अर्काेतिर कर्मचारी युनियनले अाधा तलव भएपनि काम गर्ने भनेर तत्कालिन शासकलाई उक्सायाे। यसरी कर्मचारी आन्दाेलनमा धमिरा प्रवृति छिर्याे। कर्मचारीका मागहरू पूरा हुन सकेनन्। हालसालै संगठनमा देखिएकाे विभाजन पनि यहीँ धमिरा प्रवृतिकाे निरन्तरता हाे।

 

जब कांग्रेस निकट कर्मचारीहरूकाे छुट्टै युनियन बन्याे तब नेपाल निजामती कर्मचारी संगठनमा स्वत: कम्युनिष्ट समर्थक कर्मचारीहरूमात्र रहे। यसरी बिभाजनमा गयाे कर्मचारी आन्दाेलन! कर्मचारी संगठन कम्युनिष्ट पाटी समर्थक हुनुकाे पछाडी अर्काे दाेष के थियाे भने माथि नै चर्चा गरिएकाे कर्मचारी आन्दाेलनकाे समर्थनमा सडकमा झरेर भाषण गर्ने युवा सांसदहरू कम्युनिष्ट थिए अर्थात नेकपा एमाले निकट सांसदहरू थिए। यसरी कर्मचारी आन्दाेलनमा पाटी हावी हुँदै गयाे। जसले एकातर्फ कर्मचारी आन्दाेलन कमजाेर हुँदै गयाे अर्काेतर्फ कर्मचारीका मागहरू अाेझेलमा परिरहेँ। पार्टीगत संगठनकाे विकास हुने क्रम जारी रह्याे।

 

नेकपा माओवादी सत्तामा आएपछि माओवादी निकट कर्मचारीहरूद्वारा राष्ट्रिय कर्मचारी संगठन स्थापना भयाे। यसकाे प्रभाब यतिसम्म पर्याे कि क्षेत्रिय कर्मचारी संगठनकाे रूपमा मधेश कर्मचारी मञ्चकाे स्थापना भयाे। यसपछि ‘एक थुकी सुकी हजार थुकी नदी’ भनेझैँ अब छुट्टाछुट्टै अान्दाेलन, कर्मचारीकै नाममा फरक फरक आन्दाेलन, एक्लाएक्लै आन्दाेलनकाे बिजाराेपण हँदै गयाे।यी साना समूहगत आन्दाेलनलाई बेवास्ता गर्दै अघि बढ्न शासकलाई कुनै दुई दिन कुर्नु परेन। आन्दाेलन त भई नै रह्याे ।एउटाले नभ्याए अर्काेले आन्दाेलन त गरिरह्याे तर परिणाम भने सुन्यप्राय: भनेजस्तै देखियाे।

 

नेपाल निजामती कर्मचारी संगठनले इतिहासमा एउटा यस्ताे माैका पायाे। याे संगठन पार्टीकाे भातृसंगठन हैन है भनेर नेकपा एमाले र मालेकाे विभाजनकाे बेला पुष्टि भएकाे थियाे। त्यहीँ विषय र सन्दर्भलाई लिएर नेपालका निजामती कर्मचारीहरूले कर्मचारीहरूका मागहरूलाई बुलुन्द पार्ने एक सशक्त आन्दाेलनका रूपमा नेपाल निजामती कर्मचारी संगठनलाई नै मुख्य मियाेकाे रूपमा स्वीकारेकाे अवस्था थियाे। तर अहिले नेकपा र नेकपा एमाले विभाजनका क्रममा त्याे स्वतन्त्र कर्मचारी आन्दाेलनकाे विरासत वर्तमान कर्मचारी आन्दाेलनकाे नेत्तृत्वले जाेगाउन सकेन। वर्तमान नेतृत्वले दलीय राजनीतिकाे झाेले भएकाे स्पष्ट्यायाे,चाहे स्वीकारियाेस् या नस्वीकारियाेस् ।

 

हुन त म पनि विद्यार्थी राजनीतिबाटै आएकाे विद्यार्थी हुँ। तर, सहीलाई सही र गलतलाई गलत भन्ने प्रवृतिले कुनै खेमा/व्यक्तिकाे प्रिय हुन सकिन र गलतलाई सही र सहीलाई गलत भनेर मलाई कसैकाे प्रिय बन्नु पनि छैन। मैले यहाँ एउटा सन्दर्भ जाेड्न खाेजीरहेकाे छु त्याे के हाे भने-जुनसुकै पेशागत हकहितका लागि स्थापना भएका संघ संगठनहरू पार्टीका भातृ संगठन हाेइनन् र हुनु हुँदैन। तर ती संघ संगठन लबी समूह भएकाेले चुनाबकाे बेला वा अन्य सन्दर्भमा अप्रत्यक्ष रूपमा सहयाेग गर्छन् र सत्तामा हँदा माग सम्बाेधन तथा प्रतिपक्षमा हँदा आवाज बुलुन्द पार्न त्यस्ता पार्टी वा दलकाे सहयाेग चाहान्छन्।

 

तर अहिले परिस्थिति फरक बनाइयाे।बहुमत प्राप्त कम्युनिष्ट पार्टी सत्तामा पुगेर जनतासँग गरेका प्रतिबद्धता पूरा गर्नुकाे सट्टा आन्तरिक किचलाेका कारण पार्टी नै टुक्राटुक्रा भयाे।अझ कर्मचारीहरूका मागकाे सुनुवाई त कहाँ हाे कहाँ; समायाेजन नामकाे अन्धकार भुमरीमा यहीँ सरकारकाे पालामा जाकियाे। कर्मचारीहरूका समस्या र पीडा कति छन् कति! सेवा सुविधा र भविष्यबारे अझै अन्याैलता उस्तै छ कर्मचारी जगतमा। संघीय निजामती सेवा ऐन, प्रदेश निजामती सेवा ऐन र स्थानीय सेवा ऐन ल्याउन सरकारलाई अझै ताताे लागेकाे छैन। सरकारलाई केवल सत्ता टिकाउने र पार्टी/ दलहरूलाई चुनाव जित्ने चिन्ता छ। यता संघ/ संगठनका नेतृत्वलाई पनि कर्मचारीहरूकाे चिन्ता भएकाे खासै बुझिएन; उनिहरूकाे पनि झाेले प्रवृति छर्लङ्गै भयाे।

 

जब कम्युनिष्ट पार्टीकाे अान्तरिक किचलाे बढ्दै गएपछि कर्मचारी आन्दाेलनमा पनि धाँधा फाट्न सुरु भयाे।यही बिचमा हामिले स्वतन्त्र कर्मचारी अभियान सुरु गर्याै। यश अभियानकाे मुख्य उद्देश्य कर्मचारीका मागहरू पूरा गर्न, हकहितमा लड्न र मुलुककाे समग्र कर्मचारीतन्त्रमा सुधार गर्न सम्पूर्ण कर्मचारीहरू/ पेशाकर्मीहरू एकजुट हुनुपर्छ भन्ने सन्देश फैल्याउने र कर्मचारीहरूलाई एकजुट बनाउने थियाे ।भएका संघ संगठनहरू पनि टुट्ने र फुट्ने हैन, याे समय जुट्ने हाे भनेर सबैमा एकताकाे भावना जागृत गर्ने थियाे। जसले कर्मचारी आन्दाेलन दलीय राजनीतिबाट स्वतन्त्र र सशक्त हुन्छ भनेर मैले यसअघीकाे ‘ किन जन्मियाे स्वतन्त्र निजामती अभियान’ शीर्षककाे पनि स्पष्ट लेखेकाे छु।

 

अब याे अभियान पनि अभियानकाे धर्म निभाउँदै अघि बढ्ला वा बाक्लाे दाल खाने सुरसार कस्ला त्याे त समयले देखाउने नै छ। तर, अभियानकाे एकमात्र लक्ष्य फुटबाट जाेगाई जुट्ने वातावरण बनाउनु थियाे।तर, यता भने जसरी बहुमतकाे सरकार चलाईरहेकाे कम्युनिष्ट पार्टी चिराचिरा भएर फुट्याे संगठनमा पनि त्यहीँ श्रृङ्खला देखियाे। अनि यी कर्मचारी आन्दाेलनका नेता नाम गरेका पार्टीका झाेलेहरूलाई कर्मचारी अान्दाेलनकाे नेतृत्व मान्ने कि ? कर्मचारी आन्दाेलनलाई धमिरालेझैँ भित्रभित्रै खाइसक्ने धमिराहरू? अर्काेतर्फ कर्मचारी आन्दाेलनकाे नेतृत्व कर्मचारीहरूप्रति उत्तदायी देखियाे कि पार्टीप्रति? कर्मचारीहरूका न्याचित र उचित मागहरू राज्यले किन स्वीकार्दैन, किन स्थापित गर्न सकिएन भनेर कर्मचारी आन्दाेलनकाे समीक्षा गरियाे त?

 

समायाेजन अध्यादेशकाे पीडामा रुमलिएका कर्मचारीहरूले अब कसरी बुझ्लान्? नयाँ निजामती सेवा ऐन नआाउनुमा कारक के रहेछ भनेर आम कर्मचारी जगतले विश्लेषण गर्ला? र ती नयाँ आउने तीनै तहका निजामती सेवा ऐन न्यायाेचित आउलान् त ? अब कसले भूमिका खेल्ला जस्ता प्रश्नहरू सलबलाई रहेका छन् कर्मचारी जगतमा! बाँकी मूल्याङ्कन इतिहासले गर्ला नै।

 

अब अहिले याे संगठन कसरी टुक्रियाे भनेर काेट्याउँदा एकपक्षीय टिप्पणी हुन सक्छ तर थाेरै यहाँ उल्लेख गर्नु नै सान्दर्भिक हुन्छ।जब एकीकृत माओवादी र एमालेकाे एकतासँगै नेपाल निजामती कर्मचारी संगठन र राकसले सहकार्यमूलक ढंगले आन्दाेलन अघाडी बढाई रहेका थिए। जब माअाेवादी फुट्याे राकस आफ्नै बाट्याेमा लाग्याे। तर कम्युनिष्ट पार्टी माले,एमाले हुँदा पनि आफ्नाे स्वतन्त्र छवि बचाएकाे निजामति कर्मचारी संगठन फुट्दैन भन्नेमा सबै कर्मचारीहरूकाे विश्वास थियाे।म आँफै पनि यहीँ संगठनमा आवद्ध कर्मचारी भएकाे नाताले त्यहीँ स्वतन्त्र छवीकाे गरिमा संगठनले कायम राखाेस् भन्ने चाहान्थे। तर नेतृत्वकाे झाेले प्रवृतिले धाेका दियाे।

 

अन्तत संगठन पनि फुटाइयाे।फेसबुकमा प्राप्त सूचनाका आधारमा मूल्याङ्कन गर्ने हाे भने पार्टीका नेताकाे प्रवृति संगठनमा पनि दुरुस्तै देखियाे। एकपक्षले विधान मिचेर महासचिवलाई बेखबर राखी बैठककाे आह्वान गर्याे(ज्ञात रहाेस्: महासचिवले फेसबुककाे सूचनामा बैठकमा उपस्थित हुने हैन, अध्यक्ष र महासचिवकाे समन्वयमा महासचिवले बैठक बाेलाउने विधानमा प्रावधान छ) बैठकले महासचिवलाई बाईपास त गर्याे नै आधिकारिक ट्रेड युनियनबाट अध्यक्षलाई फिर्ता बाेलाई आफू सिफारिस गर्याे। अर्काेतर्फ यस्ताे खबर सुने र माैन कसरी बस्न सक्थ्याे र – अर्काेपक्ष्यले पनि महासचिवलाई अध्यक्ष बनायाे, पूर्व अध्यक्षलाई आधिकारिक ट्रेड युनियनकाे अध्यक्षमा सिफारिस गर्याे। अनि भाेलिपल्ट या पर्सिपल्ट दुबै पक्षकाे संगठनकाे केन्द्रीय कार्यालयमा झडप! यही हाे वर्तमान समयमा कर्मचारी आन्दाेलनकाे उन्नति।

 

यसरी नै कर्मचारी आन्दाेलनमा झाेले / धमिरा प्रवृति माैलाई रह्याे भने संसारकै सुन्दर ठानिएकाे शासन प्रणाली ल्याएका छाै भनेर ढुक्क नबसे हुन्छ , कर्मचारी हकहितका विषयहरू प्यासले प्याकप्याक मुख बाउँदै छट्पटाई रहनेछन्।अन्य क्षेत्रमा पनि यस्तै हुन सक्छ।यसबाट देशलाई जाेगाउन प्रत्येक सचेत नागरिक सँधै चनाखाे हुनुपर्दछ।
धन्यवाद!

प्रकाश आचार्य
जिल्ला प्रशासन कार्यालय, ओखलढुंगा