२०७८ कार्तिक ६ , शनिवार

चिया !

सदिना सापकोटा-
दुई अक्षरको शब्द
सबैको मुखमा झुन्डिएको
दिलोदीमाकमा कुँदिएको
बसिबियालो को माध्यममा गनिएको
सबैको मुखबाट हजारौं चोटी भनिएको
चिनजानका मान्छेलाई ख्वाइएको
सबै द्वारा स्वीकारिएको
सबैको प्यारो चिजमा गणना गरिएको
लोक प्रिय चीज हो
चिया
थरी थरिका बनोट भएको
मान्छे पिच्छे नै छनोट भएको
विविध रंग र स्वादमा उपलब्ध
अर्गानिक र नन अर्गानिक भनी चिनिने
मान्छेको औकात अनुसार मूल्य छिनिने
दुई चार चुस्की लिए पछि पैसा गनिने
अनौठो चीज हो चिया
तुलसी चिया रे
हरबल चिया रे
हिमाली चिया रे
ग्रीन चिया रे
रोज चिया रे
सुगन्धित चिया रे
चिया पनि कति थरिका
गन्नै नसकिने
नाम भन्नै नसकिने
सबै स्वादमा आफूलाई बान्नै नसकिने
किसिम किसिमका रंगमा
उपलब्ध चियालाई पिउनै नसकिने
यसलाई नपिउँदा सम्म जिउनै नसकिने
यो बिना कसै गरी फाटेको मन सिउनै नसकिने
एक अदभूत चीज हो चिया
बिहान उठे देखि
राति नसुतिन्जेल सम्म
मुखमा झुन्दिरहने
चाहिँ रहने
सबैले यसैको गीत गाइरहने
यसैको तालमा नाची रहने
यसैको स्वाद लिन बाचि रहने
यसै सँग हरदम टासी रहने
यसै सँग नाता गासी रहने
अनौठो चीज हो
चिया
घरका सदस्य सँग मेल गराउने
तिनीहरू कै बीचमा बेमेल गराउने
एक अर्कामा झेल गराउने
सबैको बीचमा खेल गराउने
झै झकडा पारी आफ्नैलाई
जेल गराउने
सर्वत्र पाइने चीज हो
चिया
भेटघाटमा पहिलै सम्झिने
चिया पिउन आग्रह गर्ने
कुन प्रकारको चिया पिउने
छनोटको मौका दिने
चियाको चुस्की लिँदै
भएभरका गफ दिँदै
सँग सँगै चुरोटको धुँवा उडाउदै
बिना काममा समय सजिलै
कटाउने माध्यम हो
चिया
यसरी चियाको चुस्की संग
मस्त छ दुनियाँ
बस्त छ दुनियाँ
चिप्लो धस्त छ दुनियाँ
अरूलाई चिप्ल्याएर आफू
खस्त छ दुनियाँ
सोझालाई जालझेलमा पारेर
डस्त छ दुनियाँ
साथसाथै
यसै सँग मगनमस्त छ दुनियाँ