२०७८ कार्तिक ६ , शनिवार

सानिमा बैंक अब विराटनगरको कञ्चनबारीमा पनि

सुनाखरी न्युज/ काठमाडौँ – सानिमा बैंक लिमिटेडले विराटनगरको कञ्चनबारीमा बैंक शाखास्थापना गरी बैंकिङ्ग सेवाविस्तार गरेको छ । उक्त शाखाको समुद्घाटन कोरोना भाइरसको संक्रमणलाई ध्यानमा राख्दै सुरक्षा सावधानीका उपायहरु अपनाई ब्रान्ड प्रवद्र्धक वरिष्ठ कलाकारद्वय मदन कृष्ण श्रेष्ठ र हरिवंशआचार्य (मह जोडी) ले संयुक्त रुपमा गर्नुभयो ।

समुद्घाटन् समारोहमा मह जोडीले विराटनगरको कञ्चनबारीमा सानिमा बैंकको शाखा संचालनमा आएकोमा बैंकलाई बधाई ज्ञापन गर्दै सबल अनि विश्वसनीय बैंकको रुपमा निरन्तर विस्तार हुन र थप सफलताको लागि शुभकामना व्यक्त गर्नुभयो। त्यसैगरी सानिमा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत निश्चल राज पाण्डेद्वारा बैंकका ग्राहक तथा सरोकारवालाहरु लाई निरन्तर सहयोग तथा संरक्षणका लागि कृतज्ञता व्यक्त गर्नु भयो ।

सानिमा बैंकको देशकासातै प्रदेशमा १०६ कार्यालयर ९६ वटा ए.टि.एम. संचालनमा रहेका छन् ।