२०७८ कार्तिक ६ , शनिवार

डा. पाइलट बन्छु भन्ने बाल मस्तिष्कमा ‘ म ‘ नेता बन्छु भन्ने सोच को बिजारोपण गर्नुछ……

अशोक तिवारी – अहिले देश काङ्रेसमय भएको छ, चौधौ अधिबेशन को प्रारम्भ मा देशभरिका अधिकांस वडा मा निर्वाचित तथा सहमती को पात्र चयन मा देखिएको छनक ले काङ्रेस हो नेत्रित्व लाई स्पष्ट मार्गनिर्देश गरेको छ कि अब नेत्रित्व मा युवा आउनुपर्छ र बोल्ने भन्दा काम गर्ने हुनुपर्छ । बिपिको सिध्दान्त रटेर चिया पसलमा गफ गर्ने र उमेर ले पचास काटेका को अब बिकल्प खोज्नै पर्छ।

 

यही कुरालाई मध्य नजर गर्दै केन्द्रका नेत्रित्व पङ्तिले पनि आफुलाई फरक धारमा प्रस्तुत गरिरहेका छन। आफ्ना आफ्ना भाबी योजना प्रस्तुत गर्दै आफुलाई जिताउन आग्रह गरिरहेका छन। चौधौ अधिबेसन को प्रारम्भ ले नै नेपाली काङ्रेस लाई आमुल परिवर्तन हुन सङ्केत गरिरहेको छ। राजनीतिक बिकृति ले बिछिप्त युवा पुस्ता को चाह र सफलता ले राजनीतिलाई नयाँ मोडमा पुर्याउन खोजेको छ। वडा देखी केन्द्र सम्म युवा को नेत्रित्व र पाका को अभिभाबकत्व हुनुपर्छ भने आवाज बुलन्द भएका छन।

 

यही भएर हुनुपर्छ पार्टिका प्रबक्ता विश्व प्रकाश शर्मा ले १, २, ३, ४ भन्दै कार्यकाल को समय जती महिना बर्ष भए पनि चार पटक सांसद, तीन पटक मन्त्री , दुई पटक प्रधानमन्त्री र एक पटक राष्ट्रपती भन्दै नयाँ अवधारणा सार्वजनिक गर्नुभएको। सरसरती हेर्दा वडा को माहोल ले गर्दा परिवर्तन को लागि यो ब्यबस्था राम्रो लागे पनि दिर्घकालिन रुपमा आर्थिक हिसाब ले पटक्कै राम्रो होइन, राम्रो हुन सक्छ यदी १ ,२, ३, ४ का ब्यक्ती ले कार्यकाल पश्चात सन्त को झै जिबनयापन गर्छ्न, बाँकी जिबनको लागि राज्य सँग भर पर्दैनन। एकातिर जिबन्त एउटै ब्यक्ती ले पद ओगटेर बस्न हुन्न भन्ने आवाज उठेका छन भने अर्को तिर अहिलेको अवस्थामा पूर्ववती हरुलाई पाल्न राज्यले ठुलो भार खेपिरहेकोले सभापति शेर बहादुर देउवा झै धेरै पटक एउटै ब्यक्ती पदमा आसिन हुँदा धेरै लाई राज्य ले पाल्न पर्दैन भन्ने मुनासीब बिचार पनि आएका छन।

 

खैर जे सुकै होस् जसले जे अवधारणा सार्वजनिक गरुन चुरो कुरो यही हो कि नेपाल को राजनीति मा अधिकांस जनता को बितृष्णा छ किनकी राजनीतिक पारीपाटी नै खराब छ, युवा पिंढी को सोच यही छ कि राजनीतिको कसिङर बढार्नु आवश्यक छ, राजनितिक संस्कार को बिकास गरी देशलाई सुधारनु छ, म भोली डा . पाइलट बन्छु भन्ने बाल मस्तिष्क मा म नेता बन्छु भन्ने सोच को बिजारोपण गर्नुछ। ठुला ठुला घटना लाई नियालेको यो पुस्ताले, धेरै उतार चढाब भोगेको यो युवा पिंढिले यही समयमा युगान्तकारी राजनीतिक बिकास का लागि हरेक परिवर्तन लाई आत्मसाथ गरेको काङ्रेसले , परिवर्तनका लागि प्रमुख भूमिका निभाएको काङ्रेस ले यो राजनीतिक सु संस्कार को लागि पनि प्रमुख भूमिका खेलोस भन्ने चाहना राख्नु स्वाभाबिक पनि हो र समयको माग पनि ।

भनिन्छ नि “हुँदैन बिहानी मिर्मिरेमा तारा झरेर नगए , बन्दैन मुलुक दुई चार सपुत मरेर नगए ” यसलाई कार्वन्वयन गर्न कोही मर्नु पर्दैन कोही झर्नु पर्दैन बस आदरणीय गणेशमान ज्यु ले झै दुई चार नेता ले त्याग गरेर , पद को मोह छोडेर , दम्भ र अहंकार बिसर्जन गरेर युवा पुस्तालाई ठाउँ दिएर मार्गनिर्देश र अभिभाबकत्व ग्रहण गरिदिए पुग्छ। चौधौ माहाधिबेसन ले नेपाली काङ्रेसलाई सदैब यो देशको मुल थामको रुपमा उभिन , शान्ती र एकता को लागि अटल रहन र भाबी पुस्तालाई राजनीतिमा मोहित गर्न प्रेरणा प्रदान गरोस , त्यागी , वीर , बिबेकी र कर्मठ नेत्रित्व ले पार्टी सुसज्जित होस् शुभकामना ।