२०७८ कार्तिक ६ , शनिवार

विदेशी पर्यटकलाई अनअराइभल भिसाप्रदान गर्ने निर्णय स्वागत योग्य : परिसंघ

सुनाखरी न्युज/ काठमाडौँ – कोभिड १९ विरुद्धको खोपको मात्रा पूरा गरेकाविदेशीनागकिरलाई नेपाल प्रवेशका लागि अनअराइभल भिसा प्रदान गर्ने नेपाल सरकारको निर्णयलाई नेपाल उद्योग परिसंघले स्वागत गरेको छ । सरकारको यो निर्णय कोभिड १९ काकारण गम्भीर असर परेको पर्यटन क्षेत्रलाई पुनस्र्थापित गर्न र पर्यटन उद्योगको पुनरोत्थानका लागि सकारात्मक पहल हुने परिसंघको ठहर छ ।

 

परिसंघले यसकालागि नेपाल सरकारलाई धन्यवाद समेत दिएको छ । कोभिड १९ को प्रभाव बढ्दै जाँदा सरकारले अनअराइभलभिसाजारी गर्ने प्रक्रिया रद्द गरेकोमायसलाई पुनः सुरु गर्ने निर्णयले नेपालमा विदेशी पर्यटन आवागमनमा वृद्धि भइपर्यटन क्षेत्रसँग सम्बन्धित गतिविधि पूर्ववत् अवस्था माफर्कने परिसंघको बुझाइ छ । अनअराइभल भिजा खुला भएसँगै ट्राभल, ट्रेकिङ र पर्वतारोहण क्षेत्रसँग सम्बन्धित गतिविधि लाई सहजरूपमा अघि बढाउन सरकारले समन्वय गर्नु पर्नेमा परिसंघको जोड छ । सरकारले अनअराइभल भिसा खुला गरे पनिअझै केहीमुलुकले नेपाललाई ‘रेड लिस्ट’मा राखेको छ । नेपाल सरकारले नेपालको भिडबाट सुरक्षित रहेको सन्देश अन्तर्राष्ट्रिय समुदायलाई दिएर पर्यटकलाई सुरक्षित गन्तव्यको पहिचान दिनुपर्नेमा परिसंघको जोड रहेको छ ।

 

‘नेपाल सरकारले कुटनीतिक पहलमार्फत सम्पूर्ण देशहरुलाई नेपाललाई रेड लिस्टबाट हटाउन पहलगर्नुपर्छ,’ परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवालले भन्नुभयो, ‘अब देशभित्र सम्पूर्ण नागरिकलाई शीघ्र खोप उपलब्ध गराउने र विदेशी नागरिकलाई नेपाल सुरक्षित रूपमा घुम्न सकिन्छ भन्ने सन्देश दिनुपर्छ ।’आदेश अनुसार नेपालप्रवेश गर्ने सबै विदेशी नागरिकले नेपालस्थित अध्यागमन प्रवेश विन्दूमा एन्टिजेन परीक्षण गर्नुपर्नेछ । एन्टिजेन पोजिटिभ देखिएपर्यटकहरु आइसोलेसनमा बस्नुपर्नेछ भने नेगेटिभ आएमा आफ्नो गन्तव्य प्रस्थानगर्न सक्नेछन् । परिसंघले कोभिड १९ विरुद्धको खोपको पूर्ण मात्राप्राप्त गरेका सबै नागरिकलाई सहज रूपमा नेपाल भ्रमणको व्यवस्था मिलाउन सरकारलाई आग्रह गरेको थियो ।

 

मन्त्रिपरिषदको यही २०७८ असोज ६ गतेको बैठकले ‘विदेशबाट नेपाल आगमन हुने र नेपालबाट प्रस्थानगर्ने यात्रुहरुको यात्रा व्यवस्थापन सम्बन्धी आदेश २०७८’ स्वीकृत गरेको थियो । यही आदेशमा विदेशबाट नेपालआउने यात्रुले पालना गर्नुपर्ने नियमहरु उल्लेख गरिएको छ ।