२०७८ कार्तिक ६ , शनिवार

काठमाडौंका स्कूल असोज १० गतेदेखि खोल्न पाइने, यस्तो छ विद्यालय सञ्‍चालन सम्बन्धी २७ बुँदे मापदण्ड (पत्रसहित)

सुनाखरी न्युज/ काठमाडौँ —

काठमाडौं महानगपालिकाको नगर शिक्षा समितिले स्वास्थ्य मापदण्ड पूरा गरेका विद्यालय असोज १० गतेदेखि सञ्चालन गर्न सकिने जनाएको छ । महानगरका प्रमुख एवं समितिका अध्यक्ष विद्यासुन्दर शाक्यको अध्यक्षतामा बुधबार साँझ बसेको बैठकले विद्यालय सञ्चालन गर्दा न्यूनतम रुपमा पालना गर्नुपर्ने २७ बुँदे मापदण्डसहित कक्षा सञ्चालन गर्न सकिने निर्णय गरेको हो ।

‘सरकारले गरेका निर्णय विद्यालयहरुले पूर्ण पालना गर्नुपर्छ । अनुगमन आए पालना गरौंला, नत्र आफ्नो अनुकूल हेरौंला भन्ने सोच राख्नु हुन्न,’ उनले भने, ‘विद्यालय सञ्चालन गर्न बालबालिकाको सम्पर्कमा हुने शिक्षक, कर्मचारी, चालक, सहचालकसँगै विद्यालयको सरसफाइ र सुरक्षामा खटिने सबैले कोभिड–१९ विरुद्धको खोप अनिवार्य लगाएको हुनुपर्छ । यदि कसैले लगाउन पाउनु भएको छैन भने हामी खोप उपलब्ध गराउँछौं ।’

कक्षा सञ्चालन गर्नुअघि विद्यालय व्यवस्थापन समिति, अभिभावक, शिक्षक र सम्बन्धित वडाका प्रतिनिधि बसेर विद्यालय सञ्चालन वातावरणका विषयमा समझदारी बनाएपछि मात्र विद्यालय सञ्चालन गर्न सकिने महानगरले जनाएको छ ।

विद्यालय सञ्चालन गर्न तोकिएका मापदण्डको पूर्ण पालना गर्ने गराउने विषयमा शिक्षा विभागले अनुगमन गर्ने महानगरले जनाएको छ । विभागका प्रमुख रामप्रसाद सुवेदीले असोज १० गतेदेखि माथिल्लो अर्थात कक्षा ८ देखि माथिका कक्षा मात्र सञ्चालन गर्न सकिने बताए ।

‘तीन दिनमा विद्यालयले कक्षा सञ्चालन गर्नेरनगर्ने भन्ने निर्णय गर्छ,’ उनले भने, ‘खोलिएका विद्यालयमा विभागले आइतबारदेखि अनुगमन गर्नेछ ।’ स्वास्थ्य मापदण्ड पालना गरेको अवस्था हेरेर अन्य कक्षाहरु क्रमशस् खोल्दै जान सकिने उनले जानकारी दिए । विद्यालयले कक्षा सञ्चालन विस्तृत कार्ययोजना बनाएर शिक्षा विभागमा पेश गर्नुपर्ने उनले बताए ।

विद्यालय सञ्‍चालनसम्बन्धी २७ बुँदे मापदण्ड: