२०७८ आश्विन १२ , मंगलबार

दुई करोड बढीका गरगहनासहित त्रिभुवन विमानस्थलबाट दुई पक्राउ

Capture

सुनाखरी न्युज/ काठमाडौं-
काठमाडौंबाट श्री एयरलाइन्समा विराटनगर जान लागेका दुई जनाको ब्याग चेक गर्दा सोमबार  तीन किलो तीन सय ६० ग्राम सुनका गरगहनासहित प्रहरीले पक्राउ गरेको छ।

आन्तरिक उडानबाट विराटनगर जान लागेका कैलालीका ३० वर्षीय बोधराज भण्डारी र धनुषाका ४७ वर्षीय मुरारीराज अधिकारीबाट सुन बरामद भएको विमानस्थल सुरक्षा प्रहरी कार्यालयले जनाएको हो।

उनीहरूको ब्याग एक्सरे मेसिनमा देखिएपछि प्रहरीले नियन्त्रणमा लिएको हो।

विमानस्थलका अनुसार दुई करोड २४ लाख ९२ हजार ३९७ रुपैयाँ बराबरका गरगहना छन्।

 

थप अनुसन्धानको लागि उनीहरूलाई प्रहरीले राजश्‍व अनुसन्धान विभाग, हरिहरभवन, पुल्चोकमा पठाएको छ।