२०७८ आश्विन १२ , मंगलबार

एमाले सांसदद्धय पाण्डे र भट्ट नेकपा (एस) मा जान पाउने, सर्वोच्चले दियो यस्तो आदेश !

SC

सुनाखरी न्युज

काठमाडौँ — संघीय संसद्‌का सदस्यहरु सोमप्रसाद पाण्डे र शारदादेवी भट्टले नेकपा (एकीकृत समाजवादी) पार्टीमा आबद्ध हुन पाउने भएका छन् ।

सर्वोच्च अदालतका न्यायाधीशद्धय ईश्वरप्रसाद खतिवडा र नहकुल सुवेदीको संयुक्त इजलासले मंगलबार सांसदद्वय पाण्डे र भट्टको दल रोज्न पाउने हकमा असर पर्ने कुनै काम नगर्न अन्तरिम आदेश जारी गरेको हो ।

 

दल दर्ताको निर्णय हुनुपहिले नै निवेदन दिएकाले पाण्डे र भट्टलाई नयाँ दलमा सनाखत गर्न पाउने भनेर सर्वोच्चले अन्तरिम आदेश दिएको हो ।

यस्तो अवस्थामा पाण्डे र भट्टलाई निर्वाचन आयोगमा निवेदन दिइ दल रोजेको आधारमा कारबाही नगर्नु भनी सर्वोच्चले अन्तरिम आदेश दिएको छ ।