२०७८ आश्विन १२ , मंगलबार

प्रभु क्यापिटल को “Prabhu Little Champ PMS”योजना सञ्चालन, यस्ता छन विशेषता

Capture

सुनाखरी न्युज/ काठमाडौं – नेपाली पूँजीबजारमा चिरपरिचित प्रभु क्यापिटल लिमिटेडले आफ्नो प्रडक्ट तथा सेवाहरुलाई निरन्तर ग्राहकहरुको अपेक्षा अनुरुप विस्तार गर्दै लगेको छ । ती विभिन्न सेवा तथा प्रडक्ट मध्ये हामीले प्रदानगर्ने एक प्रमुख सेवा लगानी व्यवस्थापन सेवा हो ।

 

यस अन्तर्गत हालमहिलालगानीकर्ताहरुलाई मात्रै लक्षित गरेर यसपालीको तिजको अवसरमाप्रभु ऐश्वर्य पिएमएस योजनाको शुरुवातगरिएको छ भने सबै प्रकारका लगानीकर्ताहरुको लागि प्रभु स्मार्ट पिएमस योजना सञ्चालनमा रहेको यहाँहरु सबैलाई थाहा नै छ । प्रभु क्यापिटलले आजमिति २०७८ भाद्र २९ गते बालदिवसको शुभ अवसर पारेर स–साना नानीबाबुहरुलाई लक्षित गरेर उनीहरुको लागि “PRABHU LITTLE CHAMP PMS” योजनाको शुरुवात गरेको छ । यो योजना अन्तरगत क्यापिटलले भर्खरै जन्मिएका बच्चादेखि १६ वर्षसम्मका छोरा÷छोरीहरुको सुरक्षित भविष्यको लागि लगानी गर्न चाहनु हुने सेवाग्राहीहरुलाई लगानी व्यवस्थापन सेवाप्रदान गर्नेछ । यो योजनामा नानीबाबुहरु पिएमएस सेवा लिनको लागि जोडिए पश्चात क्यापिटलले एउटा पिएमएस वापत १ जना गरीब तथा पिछडिएका बालबालिकाको विद्यालय खर्च व्यहोर्ने छ ।

 

प्रभु क्यापिटलले व्यवसाय सँगै संस्थागत रुपमा समाजमा आफ्नो तर्फबाट योगदानगर्ने उद्देश्यले शुरुवात गरेको यो योजनामाजोडिएर आफ्नो छोराछोरीको उज्वल भविष्यलाई लक्षित गर्दै यो लगानी व्यवस्थापन सेवामाजोडिएर सामाजिककार्यमा सहयोगीबन्न सक्नुहुनेछ । ‘हजुरको छोराछोरीको लागिलगानी सँगै शिक्षा बाट बञ्चित बालबालिका लाई सहयोग’भन्ने मुलनारा सहित सञ्चालनगरिने यो योजनालाई क्यापिटलले संस्थागत सामाजिकउत्तरदायित्वअन्तरगत रहेर ‘होस्टे हैंसे’नामक गैरसरकारी संस्थासँगको सहकार्यमा यो कार्यक्रम सञ्चालन गर्नेछ ।

 

यो योजनाकाविशेषताहरु निम्नानुसार रहेको छ :
– न्यूनतमलगानीअवधिः ५ वर्ष
– हर्डल रेटः ८ प्रतिशत
– वार्षिक व्यवस्थापन शुल्क (एएमसी) २ प्रतिशत
– मुनाफामा लाग्ने शुल्कः २० प्रतिशत
– लक इन अवधिः ५ वर्ष
– लक इनअवधिअगावै योजना बन्द शुल्कः ३ प्रतिशत
– नाफा वितरणःन्यूनतम लगानी अवधि पश्चात
– गरीब तथा पिछडिएका बालबालिकालाई १ वर्षको लागि सम्पूर्ण विद्याल यखर्च क्यापिटलले स्पोन्सर गर्नेछ ।

 

प्रभु क्यापिटलले नियमित कार्यालय समय तथा प्रभु बैंकको नेपाल अधिराज्यभरी रहेको शाखाबाटयो योजनामा सहभागीहुन सक्नुहुनेछ । यसरी सहभागीभएका सेवाग्राहीहरुले आफ्नो लगानीव्यवस्थापन के कसरी भइराखेको छ भनेर अनलाइनबाटै दैनिक हेर्ने व्यवस्थामिलाउनुका साथै साप्ताहिक रुपमादिइएको इमेलमा साप्ताहिकप्रतिवेदनप्राप्त गरी लगानीको अवस्था हेर्ने व्यवस्था मिलाइएको छ ।

 

यो सेवाको बारेमा थप जानकारी लिन चाहनुहुने सेवा ग्राहीले प्रभु क्यापिटलको वेवसाइट https://www.prabhucapital.com का साथै फोन नं. ०१–५९७०२०० तथा मोबाइल ९८४००७६२०० मा सम्पर्क गर्नसक्नुहुनेछ ।