२०७८ कार्तिक ४ , बिहिवार

नेपाली बजारमा आज सुनको मूल्य स्थिर

gold

सुनाखरी न्युज/ काठमाडौं – नेपाली बजारमा सुनको मूल्य आज स्थिर रहेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो सुनको मूल्य प्रतितोला ९० हजार ६ सयमा कारोबार भएकोमा आज पनि सोहि मूल्य कायम गरिएको हो । सोमबार सुनको मूल्य तोलामा तीन सयले बढेको थियो ।

महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९० हजार ६ सय रहेको छ भने तेजावी सुनको मूल्य ९० हजार एक सय रहेको छ । त्यस्तै, आज चाँदीको मूल्यमा पनि स्थिर रहेको छ । हिजो चाँदीको मूल्य १२०० मा कारोबार भएकोमा आज पनि सोहि मूल्य कायम गरिएको महासंघले जनाएको छ ।