२०७८ आश्विन १२ , मंगलबार

राप्रपा कास्कीको जिल्ला अधिवेशन भोलि,सांसद लिङदेल र डा.धवल शमशेर राणा पोखरा आउने

Capture

 

सूर्य बाँस्तोला/ पोखरा – राष्ट्रिय प्रजातन्त्र पार्टी कास्कीको जिल्ला अधिवेशन भोलि मंगलबार हुने भएको छ । अधिवेशनलाई सम्वोधन गर्न सांसद राजेन्द्र लिङदेल र नेपालगंजका उपमेयर डा. धवल शमशेर राणा पोखरा आउनु हुने भएको छ ।

अधिवेशनले आगामी कार्यकालका लागि नयाँ कार्यसमिति चयन गर्ने कार्यक्रम रहेको छ । अधिवेशनमा सहभागी हुन सम्पूर्ण शुभेच्छुक अग्रजहरु तथा कार्यकर्तालाई राप्रपा कास्कीले अनुरोध गरेको छ । अधिवेशनमा राप्रपाका विभिन्न भातृ संगठनका नेता तथा जिल्ला स्थित पार्टी सम्बद्ध कार्यकर्ताहरुको उपस्थिति रहनेछ ।