२०७८ मंसिर ११ , शनिवार

लिटमस केबलमा महानायक राजेश हमाल तथा मधु हमाल भट्टराईलाई ब्राण्ड एम्बेसडरको रुपमा नियुक्त

सुनाखरी न्युज/ काठमाडौं – लुम्बिनी विद्युत उद्योग प्रा.लिले आफ्नो नयाँ संरचनाको विकास गरी क्वालिटिमा नम्बर १ लिट्मस केवल ब्राण्डबाट आफ्नो विभिन्न प्रकारका तार र केबलहरू उत्पादनगर्दै आएको छ । हालै कम्पनीले आफ्ना उत्पादनहरुको प्रवर्धन एवं विस्तार गर्नको लागि नेपाली चलचित्र जगतका महानायक राजेश हमाल तथा मधु हमाल भट्टराईलाई ब्राण्ड एम्बेसरडको रुपमानियुक्त गरेको छ । २ वर्षको लागि नियुक्त भए सँगै कम्पनीले प्रबर्धन गर्ने विभिन्न समारोह, विज्ञापन, समाजिक उत्तरदायित्वका कार्यक्रमहरुमा महानायक एवं मधुको उपस्थिति हुने छ ।

 

लुम्बिनी विद्युत उद्योग प्रा.लि,सन् १९७७ मा स्थापित नेपालको पहिलो Aluminium Conductor Steel Reinforced (ACSR)कन्डक्टर निर्माण कम्पनीहो ।कम्पनीले हालै नयाँ संरचनाको विकास गरी आफ्ना विभिन्न उत्पादनहरु बजारमाबिक्रीवितरण गर्दैआइरहेको छ । चार दशकदेखि कम्पनीले विभिन्न प्रकारका तार र केबलहरू उत्पादन गर्र्दै आएको यस कम्पनीले हालै जर्मन प्रविधियुक्त नयाँ एडभान्स मेसिनहरुबाट आफ्ना उत्पादनगर्दै आइको छ । यससँगै कम्पनीले आफ्नो उत्पादन ठूलोक्षेत्रलाई अझै फराकिलो पार्दै, नेपालकै अग्रणी एवं ठूलो कम्पनीबन्न सफलभएको छ । “कम्पनीले निरन्तर गुणस्तरीय उत्पादनमा केन्दितभई क्वलिटिमा नम्बर १ रहनको लागि हालै advance जर्मन प्रविधियुक्त मेसिनहरुको प्रयोग समेतगर्दै आइरहेको र नेपालको सबैभन्दा ठूलो केबल निर्माता कम्पनीबन्न सफलभएको” कुरा कमपनीका अध्यक्ष तथा प्रबन्ध निर्देशक रोहित गुप्ताले बताउनु भयो ।

 

“ब्राण्ड एम्बेसडरमा हामीलाई नियुक्तहुन अगाडीहामीले कम्पनीका विभिन्न उत्पादन युनिटहरुको अबलोकन एवं जानकारी हासिलग¥यौं । वास्तवमै यस्तो advance जर्मनप्रविधिको प्रयोग गरी यति ठूलो क्षेत्रफलमाविद्युत केबल उत्पादनगर्ने सम्भवत यो नै पहिलोनेपालीकम्पनीहोभनेर हामीविश्वस्तभयौं ।” राजेश हमालले बताउनु भयो । अत्याधुनिकजर्मन प्रविधिको प्रयोग गरी कम्पनीले ओभरहेड कन्डक्टर – ACSR/ABC केबल /XLPE कभर्ड कन्डक्टर्स÷पावर केबल÷कन्ट्रोल्स केबल÷मल्टिकोर फिक्जेबल केबल÷डोमेस्टिक हाउस वाइरिङ् FRLS/Concentric/Flexible/Enamelled Winding Wires तथा Paper Insulated Winding Wires र Strips हरुको उत्पादन गर्दै आएको छ । कम्पनीका केबलहरुको प्रयोगले विद्युत बिल लाई समेत घटाउने दावी कम्पनीले लिँदै आएको छ । लुम्बिनीविद्युतउद्योग लि नेपालको सबैभन्दा ठूलो निजी औद्योगिक एवं व्यापारिक समूहमध्ये एक, रमेश कर्पको भगीनी संस्थाका रुपमा रहदैं आएको छ । कम्पनी बुटवल औद्योगिक क्षेत्र, बुटवलमा अवस्थित छ ।