२०७८ कार्तिक ४ , बिहिवार

हुण्डाईले ल्याएको छ“Hyundai Festive DELIGHT 2078” योजना

सुनाखरी न्युज/ काठमाडौं – नेपालका लागि हुण्डाई गाडीको आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा. लि.ले “Hyundai Festive DELIGHT 2078” योजना ल्याएको छ । यस योजना अन्तर्गत ग्राहकहरुले हरेक हुण्डाई गाडीको खरिदमा, लक्की ड्र मार्फत एक जनालाई बम्पर उपहारमा नयाँ Hyundai i20, रु. ३ लाख सम्मकोआकर्षक नगद छुटको साथै स्क्रयाच कार्ड मार्फत रु. १ लाख सम्मको थपनगद छुट र नि:शुल्क १ वर्ष सम्मको बिमारसडक कर (चालु आ.व.) समेत प्राप्त गर्न सक्नेछन्।

 

साथै हरेक हुण्डाई गाडीको खरिदमा ६ वर्षसम्म नि:शुल्क सर्भिस र ३ वर्षको वारेन्टी पनिप्राप्तगर्न सक्नेछन्। लक्ष्मी इन्टरकन्टिनेन्टलले ग्राहकवर्गको निम्ति विभिन्न नौलो योजना ल्याउने गरेको छ र यस चाडपर्वको मौकामापनि“Hyundai Festive DELIGHT 2078”मार्फत ग्राहकहरु लाई विभिन्न सेवा सुविधा प्रदान गर्ने लक्ष्य लिएको छ ।