२०७८ आश्विन १२ , मंगलबार

कस्ताे नेतृत्व अनि कस्ता हुनु पर्दछ सल्लाहकार ?

गाेपी ढकाल – नेतृत्व गर्ने व्यक्ति कार्यकर्ता प्रति कठाेर, अगम्य र भययुक्त हाेइन जहिल्यै काेमल , सुगम र निर्भय हुनु पर्दछ । नेतृत्व चञ्चल , अधीर र विक्षिप्त हाेइन कार्यकर्ताका नजरमा अचल , सुधिर र शान्त हुनु पर्दछ ।

 

नेतृत्व आत्मकेन्द्रित हुँदै देवत्वकरणमा मात्र रमाउने हाेइन ……. “तीन स काे फर्मुला ” अथार्थ संवाद , सहमति र सहकार्यमा अघि बढ्दै सबै राजावादी हरू र हिन्दू वादी हरूलाई भावनात्मक रूपमा जाेड्न सक्ने सम्बन्धकाे सेतु बन्न सक्नु पर्दछ । यसरी Humility , Accessibility र Approachability सहितकाे गुण भयाे भने त्यस्ताे व्यक्तिले नेतृत्व गरेकाे पार्टीले ढिलाे चांडाे गन्तव्य चुम्छ नै । नेतृत्वले सबैभन्दा पहिले माथि इमान जन्माउनु पर्दछ र त्याे इमान लाई माथि बाट तल कार्यकर्तामा सार्नु पर्दछ । त्यसरी सरेकाे इमान कार्यकर्तामा भरेपछि त्याे जनतामा सर्छ । जब त्याे इमान हरेक कार्यकर्ता हुँदै बहुसंख्यक नागरिकमा पुग्छ त्यसपछि त्यही इमान ताकत बनेर परिवर्तनकारी शक्ति बनि त्याे ताकत र शक्तिले नै पार्टीलाई शक्तिशाली बनाउदै राष्ट्रकाे निर्माण गर्छ ।

 

नेतृत्वको इच्छा गरेपछि सानाे झुण्डकाे नेता हाेइन सबैलाई अटाउन सक्ने प्रणेता बन्न सक्नु पर्दछ । हर्ता हाेइन कर्ता र पालक बन्नु पर्दछ । संहारक हाेइन प्रदायक बन्न सक्नु पर्दछ , दण्डनीय हाेइन दयालु बन्नु पर्दछ र एउटा सानाे भजनमण्डली हरूकाे पीठाधीश बन्न पाउँदा रमाउने हाेइन सबै सम्वर्द्धन वादी हरूलाई जाेड्न सक्ने देशाधीश बन्न सक्नु पर्दछ । अतिशय भयभीत हाेइन निर्भय बन्न सक्नु पर्दछ , कार्यकर्ताका लागि कठाेर हाेइन काेमल बन्नु पर्दछ , उन्मत्त हाेइन उत्तम बन्नु पर्दछ र विचारकाे पथिक बनेर मात्र पुग्दैन वाचा र भराेसामा सधैं अडिग रहन सक्नु पर्दछ । किनकि माथि उल्येखित गुण सहितकाे नेतृत्व भएन भने उद्देश्य स्वाभाविक भएर पनि त्यसकाे प्रयाेग अस्वाभाविक हुन जान्छ । उद्देश्य प्राकृतिक छ तर कार्यान्वयन पक्ष फितलाे भएपछि त्याे अप्राकृतिक बन्न जान्छ अनि उद्देश्य असल भएर पनि त्यसकाे प्रयाेग गलत गरेपछि त्याे उद्देश्य जाेगाउन मुस्किल पर्छ । नेतृत्वको आँखा परकाे क्षितिज तर्फ हुन्छ तर सल्लाहकार हरूले त्याे आँखा बाट तल जमिन देखाउनु पर्दछ र त्याे जमिन भनेकाे कार्यकर्ता हुन भन्ने बुझ्नु पर्दछ ।

 

नेतृत्वको टाउकाे अवसरवादी , लाेभीपापी र चाकरीवाज हरूका कारण माथि बादलले ढाकेकाे हुन्छ तर टाउकाे बादलले ढाकेपनि खुट्टा लाई भने तल धरातलमा टेकाउने दायित्व सल्लाहकारमा हुन्छ । त्याे धरातल भनेकाे पनि कार्यकर्ता नै हुन । नेतृत्वको काम लचिलाे भएर पार्टीको वृहत्तर हितका लागि नविनत्तम खाेज गर्नु हाे भने सल्लाहकार हरूले त्यसलाई दह्रोपन दिलाउनु हाे । नेतृत्व भनेकाे माछा हाे भने कार्यकर्ता हरू भनेका त्याे माछाका लागि जलासय हाे । त्यसैले नेतृत्व र कार्यकर्ता बिचकाे सम्बन्ध भनेकाे मालिक र दास जस्ताे हाेइन माछा र जलासय जस्तै अन्याेन्याश्रित सम्बन्धकाे हुनु पर्दछ । कमजाेर अार्थिक अवस्थाकाे पत्थरमा बजारिएर पनि सम्वर्द्धन वादी मान्यता स्थापित गराउन निष्ठा पूर्वक कर्मकाे तपस्यामा रहेका कार्यकर्ता हरूकाे हृदयको जिज्ञासा र तृष्णा मेटाउन सकेमा मात्र नेतृत्व सफल भएकाे ठहर्छ । किन्तु हाम्राे आग्रह लाई कति सम्म ग्रहण गर्न सक्छन , कति स्पर्श गर्न सक्छन अनि त्याे सार्थकता लाई बहुल रूपमा कार्यकर्ता सामु कसरी सम्प्रेषण गर्न सक्छन त्यसै बाट नै नेतृत्वका लागि याेग्य हाे कि अयाेग्य हाे भन्ने कुराकाे भविष्य निर्धारण हुन्छ ।

 

नेतृत्वको आफ्नै अाँखाले हेर्नुपर्ने चिजलाई सल्लाहकार हरूकाे भरमा कानले हेर्ने गरियाे अनि कानले सुन्नु पर्ने कुरालाई सदैव देवत्वकरण मात्र खाेजियाे भने त्यस्ताे दृष्टिदाेषले नेतृत्व लाई अात्मकेन्द्रित बनाउछ । त्यसपछि नेतृत्व लाई रिझाउन , चाकडी र चाप्लुसी नै याेग्यताकाे सबैभन्दा उच्च क्षमता बुझ्नु पर्ने अभ्यासले घरजम गर्न थाल्दा संवाद , सहमति र सहकार्य हराएर जान्छ । हाे – नेतृत्व बाट कहिलेकाहीँ गल्ती , त्रुटि र कमजाेरी हरू हुन्छ नै किनकि मान्छे बाट मात्र हाेइन भगवान बाट पनि गल्ति भएकाे कुरा शास्त्र बाट पनि बुझ्न सकिन्छ । अलक्ष्य स्वरूप भगवान शिवले आफ्नै छाेरा गणेश लाई नचिनेर शिर भस्म गर्दाकाे गल्तिले पछि हात्तीको टाउकाे खाेजेर जाेड्नु पर्‍यो । भगवान विष्णु बाट गल्ती हुदा सती वृन्दाकाे श्रापले कहिले वज्रकिट ढुंगा , कहिले घाँस र कहिले झार समेत बन्नु पर्‍यो । सृष्टिकर्ता स्वयं ब्रह्माजी बाट गल्ती हुदा एउटा शिर काटिनु पर्‍यो ।

 

भगवान श्रीराम लाई सुनकाे मृग हुदैन भन्ने के ज्ञान थिएन ? तर गल्ती र कमजोरीले मृग मरिचिकाे पछि दगुर्दा त्यही माैकामा रावणले सीता हरण गरि पत्नी वियाेग सहनु पर्‍यो । त्यसैले मान्छे बाट गल्ती हुन्छन तर त्यसबाट पाठ सिकेर आफू लाई परिमार्जन गरि बदल्नु पर्दछ भन्दै याचना गर्नु स्वच्छन्दता वादी बनेकाे भने किमार्थ पनि हाेइन । किनकि डाकु रत्नाकर बदलिएर सत्यकाे खाेजी गर्दै पछि ऋषि वाल्मीकि बनेकाे कथा रामायण बाट सिक्नु पर्दछ । अन्तमा ईसा पूर्व चाैथाे शताब्दीका प्रकाण्ड विद्धान अाचार्य चाणक्यका अनुसार करिर वृक्षकाे पात पलाउदैन भने वसन्त ऋतुकाे के दाेष ? अनि काकाकुलकाे मुखमा पानी पर्दैन भने मेघलाई दिन मिल्छ दाेष ? भनेझैं कहिले कथामय , कहिले गाथामय , कहिले ज्ञानमय र कहिले बिम्बमय लेखहरू मार्फत आफुलाई परिमार्जन र रूपान्तरण सहित अद्यावधिककरण हुन सार्वभौम सच्चाई सहितले गरिएकाे आग्रह लाई निरापेक्ष ठानी “गाेपी ढकाल प्रवृत्ति ” भन्दै दाेष दिने काम हुने छैन । किनकि सत्य सधैं सापेक्ष हुने हुदा किन्तु वा परन्तु भन्दै कसैले पनि सत्यलाई निरापेक्ष बनाउन सक्तैन ।

( लेखक – राप्रपा केन्द्रीय कार्य सम्पादन समितिका सदस्य हुन )