२०७८ कार्तिक ४ , बिहिवार

सन्राइज बैंकको भाद्र महिनामा नारीहरुलाई छुटै छुट

सुनाखरी न्युज/ काठमाडौँ – आफ्ना ग्राहकहरुलाई नबिनतम् र अत्याधुनिक सेवा र सुविधाहरु प्रदान गर्दै आएको सन्राइज बैंकले भाद्र महिनामा नारी विशेष योजना ल्याएको छ । यस योजना अन्र्तगत आफ्ना ग्राहकहरुको लागि भाद्र महिनाभरि विभिन्न सेवाहरु निशुल्क गर्नुका साथै क्यास ब्याक र छुटहरुको पनि व्यवस्था गरेको छ ।

 

यो योजना अन्र्तगत आफ्ना ग्राहकहरुलाई भाद्र महिनाभरि नारी बचत खाता खोल्ने महिलाहरुलाई नारी बचत खातामा आकर्षक ब्याजका साथैे विभिन्न पाँच वटा सेवाहरु निशुल्क दिइने भएको छ । प्रथम वर्षको लागि निशुल्क दिइने सेवामा डिम्याट, मेरो शेयर, डेबिट कार्ड, के्रडिट कार्ड तथा लकर सेवा छन् । साथै बैंकले अनलाइनबाटै खाता खोल्ने सुविधा पनि प्रदान गर्दै आएकोमा भाद्र महिनाभरि अनलाइन खाता खोल्ने सम्पूर्ण नारीहरुलाई पहिलो कारोबार गर्दा २५% वा रु ३०० सम्मको छुट समेत प्रदान गर्ने बैँकले जनाएको छ ।

 

साथै सन्राइज नारी बचत खाता हुने सम्पूर्ण ग्राहकहरुलार्ई भाद्र महिनाभरि कर्जा लिँदा प्रशासनिक शुल्कमा ०.२५% सम्मको छुट दिने समेत बैंकले जनाएको छ । नारीहरु अझ अगाडि बढ्न सहयोग पुगोस् भनेर बैंकले खाता खोल्ने देखि आधुनिक सेवा उपयोग गर्ने सम्मका विभिन्न सुविधाहरु निशुल्क दिने व्यवस्था गरेको हो । सेयर बजारमा नारीहरुको संलग्नता बढ्दै गएको हालको अवस्थामा बैंकले यस योजना अन्र्तगत प्रदान गरेको निशुल्क डिम्याट र मेरो शेयरले नारीहरुमा सेयर कारोबार प्रति अझ बढि प्रोत्साहन प्रदान गर्नेमा बैंक विश्वस्त छ ।