२०७८ कार्तिक ४ , बिहिवार

लुम्बिनी प्रदेशमा साउन २७ गते विशेष अधिवेशन आब्ह्वान, मुख्यमन्त्रीविरुद्धको अविश्वास प्रस्तावमाथि छलफल हुने

सुनाखरी न्युज/ काठमाडौं ।

लुम्बिनी प्रदेशमा मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध परेको अविश्वास प्रस्तावमाथि छलफलका लागि साउन २७ गते विशेष अधिवेशन बोलाइएको छ ।

प्रदेश प्रमुख अमिक शेरचनले साउन २७ गते दिउँसो १ बजे विशेष अधिवेशन आह्वान गरेको प्रदेशसभा सचिवालयले बिहीबार एक सूचना जारी गरी  जानकारी दिएका छन् ।

साउन १८ गते नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका ३४ सांसदले मुख्यमन्त्री पोखरेलविरुद्ध प्रदेशसभामा अविश्वास प्रस्ताव दर्ता गराएका थिए । उनीहरुले उक्त अविश्वास प्रस्तावमाथि छलफल गर्न प्रदेशसभाको विशेष अधिवेशन पनि बोलाउन प्रदेश प्रमुखसमक्ष माग गरेका थिए ।

पत्र