२०७८ कार्तिक ४ , बिहिवार

दोहोरो अंकले घट्यो नेप्से

सुनाखरी न्युज/ काठमाडौँ – नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कारोबारको अन्तिम दिन आज बिहिबार दोहोरो अंकको गिरावट भएको छ । आज नेप्से १२.६४ अंकले घटेर तीन हजार एक सय १० दशमलब ८१ विन्दुमा थामिएको छ ।

 

त्यस्तै, आज नेप्सेका कारोबार रकममा पनि गिरावट आएको छ । आज १३ अर्ब ८८ करोड ८४ लाख बराबरको कारोबार भएको छ । आज कारोबार भएका बैंकिङ समूह बाहेक अन्य सबै समूह घटेका छन् । नेप्सेका अनुसार आज कारोबार भएका कम्पनीमध्ये ११ कम्पनीको शेयरमूल्यमा उच्च बृद्धि भएको छ । आज शेयरमूल्यमा उच्च बृद्धि हुने कम्पनीहरुमा नेपाल फाइनान्स लिमिटेड, कणाली डेभलपमेन्ट बैंक, जीवन विकास लघुवित्त र युनियन लाइफ इन्स्योरेन्स रहेका छन् । जसमध्ये तीन कम्पनीको शेयरमूलयमा १० प्रतिशतले बृद्धि भएको छ भने अन्य एक कम्पनीको ९ प्रतिशत भन्दा बढीले बृद्धि भएको छ ।

 

त्यस्तै, आज छ कम्पनीको शेयरमूल्यमा उच्च गिरावट आएको छ । जसको शेयरमूल्य करिब ६ प्रतिशतले घटेको छ । यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी अप्पर तामाकोशी हाइड्रोपावर लिमिटेड कम्पनीको भएको छ । यस कम्पनीको आज ७९ करोड भन्दा बढीको कारोबार भएको छ ।