२०७८ आश्विन १२ , मंगलबार

मेरो देश, मेरै उत्पादनको दोश्रो चरणको अभियान प्रारम्भ

सुनाखरी न्युज/ विराटनगर – स्वदेशी वस्तुहरुको उपभोग अभिवृद्धि गरी देशलाई आत्मनिर्भर वनाउदै सम्मुनत राष्ट्र निर्माणमा सहयोग पु¥याउने लक्ष्य लिई उद्योग संगठन मोरङ र मोरङ व्यापार संघले प्रारम्भ गरेको मेरो देश, मेरै उत्पादनको अभियानलाई जनस्तरसम्म पु¥याउन दुवै संस्थाले तयार पारेको निमोनिक लोगो फ्रेम र प्रतिवद्धता पत्र प्रदेश नं. १ का मुख्यमन्त्री शेरधन राई, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री रामवहादुर मगर, सामाजिक विकास मन्त्री उषाकला राई र भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री कला घलेलाई आज मिति २०७८ श्रवण १३ गते हस्तान्तरण गरी दोश्रो चरणको जागरण अभियानको आरम्भ गरेको छ ।

 

सो अवसरमा मेरो पहिलो रोजाई स्वदेशी उत्पादन हो, म मेरो दैनिक आवश्यकता स्वदेशी उत्पादनबाटै पुरा गर्दछु, म आफना छिमेकी, साथी–भाई, ईष्ट–मित्र सबैलाई स्वदेशी उत्पादन प्रयोग गर्न प्रेरित गर्दछु, उच्च स्वाभिमान र गौरवका साथ म मेरो स्वदेशी उत्पादनको प्रवद्र्धनमा सधै लागिपर्नेछु भन्ने चार वुदे प्रतिवद्धता उल्लेख नेपाली कागजमा तयार गरिएको पेपर स्टेण्ड दुवै संस्थाका तर्फबाट प्रदान गरिएको छ । प्रदेश नं. १ का मुख्यमन्त्री शेरधन राईलाई निमोनिक लोगो फ्रेम र चार वुदे प्रतिवद्धता उल्लेख नेपाली कागजमा तयार गरिएको पेपर स्टेण्ड प्रदान गर्दै उद्योग संगठन मोरङका अध्यक्ष्ँ सुयश प्याकुरेलले स्वदेशी उत्पादनको प्रवद्र्धन गरी राष्ट्रिय आर्थिक एवं औद्योगिक विकासमा टेवा पु¥याउने लक्ष्यका साथ उद्योग संगठन मोरङ र मोरङ व्यापार संघले राष्ट्रव्यापी रुपमा मिति २०७७ चैत्र १३ गते तत्कालिन प्रधानमन्त्री के.पि.शर्मा ओलीबाट ूमेरो देश, मेरै उत्पादनू प्रारम्भ गरिएको अभियानलाई जनस्तरसम्म पु¥याउन दोश्रो चरणमा प्रारम्भ गरिएको वताए । उनले दैनिक जीवनमा प्रयोग हुने वस्तुमा स्वदेशी उत्पादनलाई नै प्रयोगमा ल्याउन अनुरोध गर्दै यस अभियानलाई सार्थक वनाउदै आत्मनिर्भर अर्थतन्त्र निर्माण र वढ्दो व्यापार घाटालाई न्यूनिकरण गर्न सबैको साथ र सहयोग रहने विश्वास व्यक्त गरे ।

 

मोरङ व्यापार संघका अध्यक्ष प्रकाश मुन्दडाले स्वदेशी उद्योगहरुको संरक्ष्ँण एवं प्रवद्र्धनका लागि सरकारले सार्वजनिक खरिद ऐनमा समेत स्वदेशी वस्तु खरिदलाई प्राथमिकता दिई सोही अनुरुपको व्यवस्था गर्न आग्रह गरे । उनले व्यापार घाटालाई न्यूनिकरण गरी सन्तुलनमा ल्याउनका साथै सम्मुनत राष्ट्र निर्माणमा सहयोग पु¥याउने उद्देश्यले प्रारम्भ गरिएको यस अभियानलाई प्रदेश सरकारले आफनै अभियानको रुपमा लिनु पर्ने धारणा राखे । दुवै संस्थाको तर्फबाट संयूक्त रुपमा प्रदान गरिएको निमोनिक लोगो र चार वुदे प्रतिवद्धता उल्लेख नेपाली कागजमा तयार गरिएको पेपर स्टेण्ड लिदै प्रदेश नं. १ का मुख्यमन्त्री शेरधन राईले संगठन र संघले शुरु गरेको यस अभियानले राष्ट्रिय आर्थिक र औद्योगिक विकासको प्रवद्र्धनमा थप टेवा पुग्ने विश्वास व्यक्त गर्दै यस अभियानको कार्यान्वयमा साथ र सहयोग रहने प्रतिवद्धता व्यक्त गर्नु भयो । त्यसैगरी प्रदेश नं १ का भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री रामवहादुर मगरले कृषिको सवलिकरणका साथै कृषि र उद्योग क्ष्ँेत्रको सन्तुलित विकासले समृद्ध राष्ट्र निर्माणमा सहयोग पु¥याउने भएकाले यस अभियानलाई अत्यन्त सकारात्मक रुपमा लिएको वताउनु भयो ।

 

प्रदेश नं. १ को सामाजिक विकास मन्त्री उषाकला राईले स्वदेशी उद्योगहरुको प्रोत्साहनका एवं स्वदेशी वस्तुको प्रयोगमा यस अभियानले सकारात्मक भूमिका निर्वाह गर्ने विचार व्यक्त गर्नु भयो । सो अवसरमा भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री कला घलेको पनि उपस्थिती रहेको थियो । निमोनिक लोगो र चार वुदे प्रतिवद्धता उल्लेख नेपाली कागजमा तयार गरिएको पेपर स्टेण्ड प्रदेश नं. १ का प्रमुख सचिव सुमनराज अर्याल, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सचिव निरु दाहाल पाण्डे, सामाजिक विकास मन्त्रालयका सचिव कमल प्रसाद भट्टराईलाई पनि हस्तान्तरण गरिएको थियो । सो अवसरमा मोरंग व्यापार संघका निवर्तमान अध्यक्ष्ँ पवन शारडा, वरिष्ठ उपाध्यक्ष्ँ नविन रिजाल उद्योग संगठन मोरङका उपाध्यक्ष्ँ नन्दकिशोर राठी, संघका उपाध्यक्ष अनुपम राठी, संगठनका कोषाध्यक्ष्ँ विपिन कावराको समेत सहभागिता रहेको थियो ।