२०७८ आश्विन १० , आइतवार

बैंक तथा वित्तीय संस्थाबाट २० अर्ब निक्षेप उठाउँदै केन्द्रीय बैंक

सुनाखरी न्युज/ काठमाडौँ – बैंक तथा वित्तीय संस्थामा अधिक तरलता देखिएपछि केन्द्रीय बैंकले निक्षेप उठाउन लागेको छ । बैंक तथा वित्तीय संस्थाहरुबाट नेपाल राष्ट्र बैंकले २० अर्ब रुपैयाँ निक्षेप उठाउन लागेको हो । यसको लागि आज साउन १३ गते अपरान्ह ३ बजे अनलाइन बिडिङ सिस्टममार्फत बोलकवोल हुने केन्द्रीय बैंकले जनाएको छ ।

 

यो निक्षेप राष्ट्र बैंक बाहेक अन्य बैंक तथा वित्तीय संस्थामा धितोकोरुपमा प्रयोग गर्न सकिने छ भने बोलकबोल बहुब्याजदरमा पनि गर्न सकिनेछ । यो निक्षेप संकलन उपकरणको बोलकबोलमा नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त ‘क’, ‘ख’ र ‘ग’ पर्गका बैंक तथा वित्तीय संस्था मात्र सहभागी हुन पाउने छन् । राष्ट्र बैंकका अनुसार निक्षेप दिन चाहने बैंक तथा वित्तीय संस्थाहरुले घटीमा ५ करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आव्हान रकमसम्म बालकबोल गर्न सकिने छ ।

 

यसैगरी निक्षेप संकलनको लागि आव्हान गरिएको रकम बाँडफाँड गर्दा बोलबमोजिम सबैभन्दा कम ब्याजदरलाई पहिलो प्राथमिकता क्रममा राखी आव्हान गरेको रकम सम्म क्रमशः बाँडफाँड गरिने राष्ट्र बैंकले जनाएको छ ।