२०७८ आश्विन १० , आइतवार

एनएमबि बैंकको बैंकिङ्ग जगतमै सर्वाधिक सस्तो र फिक्स्ड ब्याजदरमा अटो लोन

सुनाखरी न्युज/ काठमाडौँ – एनएमबि बैंक लिमिटेडले अटो लोन ८.४९% प्रति वर्ष ब्याजदरमा २४ घण्टाभित्र प्रवाह गर्ने सुनिश्चितता गरेको छ । निरन्तर ब्याज बढने चिन्ताबाट मुक्त हुने गरी ५ बर्ष सम्म एउटै ब्याजदर रहने सरल तथा सहज योजना अघि सारिएको हो ।

 

विद्युतीय गाडीको हकमा भने एनएमबि बैंकले बेस रेटमै कर्जा प्रदान गर्दै आइरहेको छ । यसरी ग्राहकवर्गको आफ्नै गाडी चढने सपना पुरा गर्न समान ब्याजदरले झन सघाउ पु¥याउने विश्वास लिईएको छ । बैंकले आफ्नो सेवा अभिवृद्धि गर्ने क्रममा यस्ता सुविधाहरु ग्राहक माझ प्रस्तुत गर्दै आइरहेको छ । थप जानकारीको लागी [email protected] मा ईमेल वा ०१–५९७१५० मा फोन गर्न सकिनेछ ।

 

एनएमबि बैंकले हाल देशभरी १८१ शाखा, १३७ एटीएमहरू, ९ एक्सटेन्सन काउन्टरहरू मार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेका छ ।