२०७८ आश्विन १० , आइतवार

एनसीसी बैंकको कम्पनी सचिवमा भट्टराई नियुक्त

सुनाखरी न्युज/ काठमाडौँ – नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी )बैंकको कम्पनी सचिवमा विश्वनाथ भट्टराई नियुक्त भएका छन् ।

बैंकको साउन १० गतेको सञ्चालक समितिको बैठकले भट्टरार्ईलाई कम्पनीले सचिवमा नियुक्त गरेको हो । बैंकका सहायक प्रबन्धक समेत रहेका भट्टराईलाई कम्पनी सचिवको समेत जिम्मेवारी दिईएको नेप्सेमा जारी सुचनामा उल्लेख छ ।