२०७८ आश्विन १२ , मंगलबार

बैंक कर्मचारीको सामाजिक सुरक्षा कोषसम्बन्धी रिटमा न्यायाधीशको राय बाझियो

सुनाखरी न्युज/ काठमाडौं ।

बैंक कर्मचारीले सामाजिक सुरक्षा कोषमा आवद्ध हुन बाध्य पारिएको भन्दै दायर गरेको रिटमा सर्वोच्च अदालतका दुई न्यायाधीशको राय बाझिएको छ ।

सामाजिक सुरक्षा कोषले असार मशान्तभित्र आवद्ध हुन दबाब दिएपछि बैंकका कर्मचारीहरु त्यसविरुद्ध रिट लिएर सर्वोच्च पुगेका थिए । न्यायाधीश तेजबहादुर केसी र बमकुमार श्रेष्ठले आइतबार फरक फरक राय दिएपछि अब यो रिटको सुनुवाई ३ न्यायाधीशको इजलासमा हुने भएको छ ।

न्यायाधीश केसीले बैंक कर्मचारी अनिवार्य रुपमा आवद्ध हुनुपर्ने भनी सामाजिक सुरक्षा कोषबाट जारी भएको सूचना, विज्ञप्तिल गायत यस सम्बन्धमा भए गरेका सबै निर्णय कार्यान्वयन नगरी यथास्थितिमा राख्न अन्तरिम आदेश जारी हुने राय दिएका छन् ।

त्यस्तै न्यायाधीश बमकुमार श्रेष्ठले भने बैंक कर्मचारीको मागको विषयमा पूर्ण सुनुवाई हुँदा छलफल भई निरुपाण हुने प्रकृतिको रहेको भन्दै हाललाई अन्तरिम आदेश जारी गर्न नपर्ने राय दिएका छन् ।