२०७८ आश्विन १० , आइतवार

टोकियो ओलम्पिकः आयोजक जापानलाई स्केटबोर्डिङमा ऐतिहासिक स्वर्ण

सुनाखरी न्युज / काठमाडौं – जापानका युतो होरिगोमले टोकियो ओलम्पिकको स्केटबोर्डिङको पुरुष स्ट्रिट स्पर्धामा स्वर्ण पदक जितेका छन्। पहिलो पटक ओलम्पिकमा सहभागी भएको खेल स्केटबोर्डिङमा घरेलु टोली जापानले ऐतिहासिक स्वर्ण जितेको छ ।स्केटबोर्डिङ ओलम्पिकमा पहिलोपटक समावेश गरिएको हो।

त्यसैले होरिगोम ओलम्पिकमा स्वर्ण जित्ने पहिलो स्केटबोर्डिङ खेलाडी बने।टोकियो ओलम्पिक २०२० अन्तर्गत तेस्रो दिन आइतबार जापानका होरिगोम युतोले यस खेलको पहिलो स्वर्ण जिते ।उनले ३७।१८ अंक जोडे। ३६।१५ अंक जोड्ने ब्राजिलका होइफलर केल्भिन रजत पदक जिते।

अमेरिकाका इटोन जगरले ३५।३५ अंक जोड्दै काश्य पदक जिते।स्केट बोर्डिङमा स्वर्ण जितेपछि जापानले चीनसमान ३ स्वर्ण जितेको छ । ३ स्वर्ण र १ कास्यसहित जापान शीर्ष स्थानमा उक्लेको छ । चीनले ३ स्वर्ण र २ कास्य जितेको छ ।एजेन्सी