२०७८ आश्विन १२ , मंगलबार

सुनको मूल्यमा गिरावट

सुनाखरी न्युज/ काठमाडौं – नेपाली बजारमा सुनको मूल्यमा आज सामान्य गिरावट आएको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो सुनको मूल्य प्रतितोला ९२ हजार एक सयमा कारोबार भएकोमा आज तोलामा एक सयले घटेको हो ।

 

महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९२ हजार रहेको छ भने तेजावी सुनको मूल्य ९१ हजार पाँच सय रहेको छ । त्यस्तै, आज चाँदीको मूल्य स्थिर रहेको छ । हिजो चाँदीको मूल्य १३७० मा कारोबार भएकोमा आज पनि तोलामा १२७० कायम गरिएको महासंघले जनाएको छ ।