२०७८ कार्तिक ६ , शनिवार

चर्चामा आएकी प्रियंका

सुनाखरी न्युज/ काठमाडौं-
प्रियंका कार्कीले  आमा बन्ने पक्का भएको सार्वजनिक गरेसँगै सामाजिक संजाल र मिडियामा चर्चामा छिन् । प्रियंकाले सार्वजनिक गर्ने तस्वीरलाई लिएर सकारात्मक भन्दा नकारात्मक प्रतिक्रिया धेरै आउने गरेका छन् । यसले, नायिका कार्कीलाई भने कत्ती पनि फरक पारेको छैन । प्रियंका आफै पनि गसिपमा रमाउने नायिका हुन् ।

प्रियंकाले केही दिन अगाडि मात्र बेबी सावरका तस्वीरहरु सार्वजनिक गरिन् । उनै, प्रियंकाले सन्तानलाई जन्म दिने दिन नजिकिदै जाँदा स्विमिङ पूलमा रमाएका तस्वीरहरु सार्वजनिक गरेकी छिन् ।

 

स्विमिङ पूलमा प्रियंकासँगै उनका नजिकका साथीहरु पनि रमाएको देख्न सकिन्छ । प्रियंकाको यो तस्वीरमा आलोचनात्मक प्रतिक्रिया धेरै आएका छन् । तर, केहीले भने गर्भवती भएको समयमा जीवनको आनन्द लिएको भन्दै प्रियंकाको प्रशंसा पनि गरेका छन् ।