२०७८ आश्विन १२ , मंगलबार

परीक्षण उडानको तयारीमा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल

सुनाखरी न्युज/ काठमाडौं-
निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल परीक्षण उडानको अन्तिम तयारीमा पुगेको छ। विमानस्थलको प्राविधिकतर्फको काम सकिएपछि अब परीक्षण उडानको तयारी गरिएको हो।

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका आयोजना प्रमुख प्रवेश अधिकारीका अनुसार विमानस्थलको बाह्य संरचनाको काम सकिसकेको छ भने भित्र उपकरण सुरक्षा जाँचको काम मात्रै बाँकी छ।

उनले भने, ‘हामी क्यालिबेरेसन फ्लाइटका लागि तयारीमा छौं।’

क्यालिबेरेसन फ्लाइट भनेको विमानस्थलको ग्राउन्ड र जहाजबीचको सूचना आदानप्रदान सही छ, छैन भनेर जाँच गर्ने हो। यसका लागि पाँचरसात सिट भएको विमान हुन्छ र त्यसले विमानस्थललाई केन्द्रित गरेर उडान गर्ने गर्दछ। उडानका क्रममा एन्टिना, सिङ्गल रिसिभ, लाइटिङ, कम्युनिकेसनलगायत सबै सूचना ठीक छ छैन भनी परीक्षण हुने गर्दछ।

क्यालिबेरेसन फ्लाइटमा सबै सिङ्गल र सूचना सही देखिएपछि मात्रै अन्य जहाजले उडान र अवतरण सुरू गर्ने गर्दछन्। गौतमबुद्ध विमानस्थलमा क्यालिबेरेसन फ्लाइटका लागि एरो थाइसँग सम्झौता भएको छ।

परीक्षण उडान कहिले गर्ने भन्ने विषय एरो थाइमा भर पर्नेछ। कोरोना महामारीको कारण परीक्षण उडान केही समय ढिला हुने भने देखिएको छ।

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा मूलतः तीन तहका काम सम्पन्न भएका छन्।

पहिलो अन्तर्राष्ट्रिय बोलपत्र ९आइसिबी वान० अन्तर्गत रु छ अर्ब ८२ करोडको काम भएको छ।

दोस्रो अन्तर्राष्ट्रिय बोलपत्र ९आइसिबी टू० अन्तर्गत रु ५० करोडको काम र तेस्रो मुआब्जा वितरण रु २२ अर्ब ४० करोड भएको छ। त्यसका अतिरिक्त कार्गो निर्माणका लागि रु ९० करोडको काम भएको छ। यसरी सबै आयोजनाको काम जोड्दा रु ३० अर्बभन्दा बढीको लगानीमा भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माण हुने भएको छ। यो रकममा नेपाल सरकारको ३७ दशमलव ४ र एडिबीको ६२ दशमलव ६ प्रतिशत लगानी छ।

भैरहवास्थित गौतमबुद्ध विमानस्थललाई अन्तर्राष्ट्रियस्तरको बनाउन चिनियाँ ठेकेदार कम्पनी नर्थ वेस्ट सिभिल एभिएसन एअरपोर्ट कन्ट्रक्सन ग्रुपले पहिलो चरणको कामका लागि अन्तर्राष्ट्रिय बोलपत्र ९आइसिबी वान० मा सम्झौता भएर निर्माण कार्य विसं २०७१ माघ १ देखि सुरू गरेको हो।

कूल रु छ अर्ब २२ करोड ५१ लख ३० हजार २२७ रुपैयाँ ९१ पैसा लागतमा निर्माण सम्पन्न गरी नर्थ वेस्टले ठेक्का पाएको हो।

आइसिबी वानअन्तर्गत धावनमार्ग तीन हजार मिटर, चार वटा लिङ्क ट्याक्सी वे ९धावन मार्ग र जहाज पार्किङ्ग क्षेत्र जोड्ने बाटो०, पाँच वटासम्म अन्तरराष्ट्रिय जहाज पार्किङ गर्नसक्ने क्षमताको जहाज पार्किङस्थल, टर्मिनल भवन, प्रशासनिक भवन, कन्ट्रोल टावर, अग्नि नियन्त्रण भवन, पानी ट्याङ्की, तारवार, नाला, ५०० कार अटाउने क्षमता भएको कार पार्किङ, विद्युतीय काम, टर्मिनल विल्डिङको उपकरणसहितको काम, धावन र ट्याक्सी वे सबै काम रहेका छन्।

आइसिबी वानअन्तर्गत सुरूआतमा ठेक्का सम्झौता गर्नुभन्दा यतिबेला कस्ट भेरियसन हुँदा रु ६० करोड रकम वृद्धि भएको छ। मूल्य समायोजनको मूल कारण जहाज उडान र अवतरणको लागि आवश्यक भिजिबिलिटीका थप काम भएको आयोजना प्रमुख अधिकारी बताउँछन्।

अधिकारीका अनुसार सुरूआतमा क्याट वानअन्तर्गतको काम गर्ने गरी सम्झौता भएको थियो तर पछि काम गर्दै जाँदा क्याट टू को स्तरमा काम गर्ने गरी अगाडि बढ्ने भनिएकाले ०७५ मङ्सिरमा पहिलो भेरियसन गरी रु ६० करोड रकम थप गरिएको हो।

क्याट वानमा भिजिबिलिटी ५५० मा उडान अवतरण हुने गर्दछ भने क्याट टू मा ३५० भिजिबिलिटीमा उडान र अवतरण हुने गर्दछ।

क्याट टू का लागि आवश्यक पूर्वाधार धावनमार्गको सबै लाइटको प्रोजेक्ट र उपकरणको स्तरीयता वृद्धि गरिएकाले सुरूआती लागतमा वृद्धि भएको आयोजना अधिकारीको तर्क छ।

यस्तै, यस गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको दोस्रो चरणको अन्तर्राष्ट्रिय बोलपत्र ९आइसिबी टू० मार्फत सन् २०१९ मार्चमा रु ५० करोड लागतमा एरोनोटिकल रेडियो अफ थाइल्यान्ड (एरो थाई) ले ठेक्का प्राप्त गरी नौ महिनाभित्र काम सम्पन्नगर्ने गरी काम अगाडि बढाएको हो। यो परियोजनामा दुईपटक म्याद थप भइसकेको छ। नब्बे प्रतिशत उपकरणको काम रहेको उक्त परियोजनामा जहाजको उडान र अवतरणका लागि आवश्यक उपकरण जडान (आइएलएस), जहाजको स्थिति, लोकेसन, र सञ्चार (डिभिओआररडिएमई), सञ्चार उपकरण (भिएचएफ रेडियो), एचएफ सिस्टम, एटिसी कन्सोल, एमएचएस, भिसिसिएस, एटिस सिस्टम, अटोमेटिक वेदर अबजरभेसन सिस्टम गरी मुख्य १० किसिमका काम भएका छन्।

आवश्यक सबै उपकरण अमेरिका, बेलायत, अस्ट्रेलिया, थाइल्यान्ड र अस्ट्रियाबाट ल्याइएको आइसिबी टू का परियोजना व्यवस्थापक प्रविन न्यौपानेले बताए।

उनले भने, ‘आवश्यक सबै उपकरण जडान भइसकेको छ। अब परीक्षणको काम बाँकी छ।’

मुआब्जा र क्षेत्रफल

गौतबुद्ध विमानस्थलका लागि आवश्यक जग्गा अधिग्रहण गरेर मुआब्जा दिने काम पनि लगभग सकिसकेको छ।

आयोजना प्रमुख अधिकारीका अनुसार अहिलेसम्म रु २२ अर्ब ४० करोड १४ लाख ७९ हजार ४३७ मुआब्जा स्वरूप वितरण गरिसकिएको छ।

अधिग्रहण गरेको जग्गासहित गौतमबुद्ध विमानस्थलको स्वामित्वमा यतिबेला १० हजार ५०० रोपनी जग्गा छ।

यो क्षेत्रफलमा फैलिएको जग्गामा निर्मित आवश्यक भौतिक पूर्वाधारले आगामी ५० वर्षसम्म अन्तरराष्ट्रियस्तरको उडान र अवतरण थेग्ने क्षमता राख्नेछ।

नयाँ थपिएको जग्गामा डिभिओआररडिएमइ र सेनाको ब्यारेक निर्माण सम्पन्न भइसकेको छ।

कार्गो भवनको निर्माण कार्य अन्तिम चरणमा छ। राडर, जहाज मर्मत क्षेत्र ९ह्याङ्गर०, आयल निगमको डिपो, हेलिप्याड, क्याटरिङ, अर्को पार्किङस्थल र अझै एउटा टर्मिनल बिल्डिङ बनाउनुपर्ने आवश्यक छ। उक्त कामका लागि बोलपत्र आह्वानका लागि प्रस्ताव गरिएको छ।

भैरहवामा रहेको गौतमबुद्ध विमानस्थललाई धेरैले भैरहवा विमानस्थल भनेर चिन्ने गर्दछन्।

घरेलु विमानस्थलका रूपमा रहेको यो विमानस्थलको स्तरोन्नति गर्ने भन्दै औपाचारिकरूपमा २०७१ साल माघ १ गते तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले शिलान्यास गरेका हुन्।

अहिलेको गौतमबुद्ध विमानस्थल विसं २०११ तिर पूर्वप्रधानमन्त्री डा के आइ सिंह र काशीप्रसाद श्रीवास्तवको पहलमा निर्माण भएको हो।

सुरूआतका भैरहवाको शान्तिनगरमा रहेको विमानस्थल २०२०र०२१ साल ताका हालको ठाउँमा स्थानान्तरण भएको स्थानीय जानकार बालकृष्ण भट्टराईले बताए।

भैरहवा क्षेत्रमा २०२५ को दशकदेखि क्याम्पसमा अध्यापनरत भट्टराईका अनुसार तत्कालीन समय करिब १० बिघा क्षेत्रफलमा फैलिएको शान्तिनगरको विमानस्थलबाट भैरहवा पोखरा र भैरहवा काठमाडौं उडान हुने गर्दथ्यो।

विमानस्थल परिसर कच्ची भए तापनि पक्लिहवामा रहेको बिट्रीस क्याम्पले बाहिरी बाटो भने पीच गरिदिएको थियो। पछि ०२१ सालतिर हालको ठाउँमा विमानस्थल स्थानान्तरण भएपछि त्यस ठाउँमा भैरहवा बहुमुखी क्याम्पस, संस्कृत विद्याश्रम र सङ्घीय प्रहरी इकाइ लुम्बिनी कार्यालय स्थापना भएको हो।

तत्कालीन समयमा शान्तिनगरमा विमानस्थल हुँदा भैरहवाबाट पोखरा निर्माण सामग्री लिएर जाँदै गरेको टकोटा विमान दुर्घटना भएको थियो। त्यो नेपालको इतिहासमा पहिलो विमान दुर्घटना पनि हो।

विसं २०२३ देखि नियमित उडान भर्दै आएको भैरहवास्थित गौतमबुद्ध विमानस्थलको स्वामित्वमा पर्याप्त जग्गा छ।

विसं २०६१ अघिसम्म ८४ बिघा तीन कठ्ठा रहेकामा यतिबेला १० हजार ५०० रोपनी पुगेको छ। जग्गाको क्षेत्रफलको हिसाबले नेपालकै ठूलो क्षेत्रफलमा फैलिएको विमानस्थल हो।

अन्तर्राष्ट्रिय नागरिक उड्डयन प्राधिकरण ९आइकाउ० को कोड फोर ई का अनुसार ३ हजार मिटर धावनमार्ग भएको विमानस्थलमा बोइङ ७७७, एयर बस ३३० सम्मका जहाज सहजै उडान र अवतरण हुनेछन्।

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नेपाल–भारत सीमा नजिक भएकाले गोरखपुर, लखनउसम्मका भारतीयले पनि गौतमबुद्ध विमानस्थलाई सहजरुपमा प्रयोग गर्ने अपेक्षा पर्यटन व्यवसायी नेपाल एशोसियसन अफ ट्राभलस एण्ड टूर एजेन्टका लुम्बिनीका अध्यक्ष सागर अधिकारीले बताए।

कोभिडले तहसनहस बनाइरहँदा पनि गौतबुद्ध अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनपश्चात् पर्यटक आवागमन होला भन्ने विश्वासका साथ यतिबेला भैरहवा लुम्बिनी क्षेत्रमा करोडौँ लगानीमा नयाँ तारे होटल पनि निर्माण भइरहेको होटल एशोसियसन नेपालका केन्द्रीय सदस्य चन्द्रप्रकाश श्रेष्ठ बताउँछन्।रासस