२०७८ आश्विन १२ , मंगलबार

कांग्रेस सरकारको नेतृत्व साथ १४ औं महाधिवेशनमा क्रियाशील, महाधिवेशनको नयाँ कार्यतालिका श्रावण – १२ गते घोषणा हुदै

किरण गिरी –

चुनौतीका बिच कांग्रेसको तयारी :-
युबा र नयाँ पुस्ताको ब्यापक सहभागितामा नेपाली कांग्रेसको महाधिवेशन सप्पन्न हुदै छ । नेपाली कांग्रेस आफ्नो १४ औ महाधिवेशन निर्धारण गरिएको समयमा भाद्र – १६ – १९ गते काठमाडौं गर्न दृढ र प्रतिबद्ध देखिएको छ तापनी श्रावण -१२ गते बाट हुने वडा अधिबेशन लगायत स्थानीय अधिबेशन आज स्थगित भएको छ । महाधिवेशनको नयाँ कार्यतालिका श्रावण – १२ गते घोषणा हुदै छ ।

 

नेपाली कांग्रेसले झण्डै -९ लाख क्रियाशील सदस्य हरु बिच देशभर विभिन्न तहका वडा , पालिका ,प्रदेश निर्बाचन क्षेत्र , प्रतिनिधि सभा निर्बाचन क्षेत्र ,जिल्ला र प्रदेश स्तरका अधिबेशनहरु सम्पन्न गर्दै २०७८ भाद्र १६ गते देखि १९ गते सम्म काठमाडौंमा १४ औं महाधिवेशन गर्दै छ । श्रावण १२ गते सम्म क्रियाशील सदस्यता छानबिन कार्य सप्पन्न हुने गरि आफ्नो कामलाई क्रियाशील सदस्यता केन्द्रीय छानबिन समितिले अगाडि बढाएको छ भने लगत्तै संपुर्ण क्रियाशिल सदस्य हरुको नामावली प्रकाशीत गर्ने तयारी नेपाली कांग्रेसले गरेको छ । श्रावण पछिल्लो हप्ता सबै पालिकाको ६७४३ वटै वडामा एकैदिन वडा अधिबेशन गर्ने तयारी नेपाली कांग्रेसले गरेको छ । आफुले बनाएको संबिधान बमोजिम नेपाली कांग्रेसले पार्टीको १४औं महाधिवेशन पुर्ण रुपमा लोकतान्त्रिक , समावेशी र समानुपातिक रुपमा सम्पन्न गर्दै छ ।
नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवा द्वारा प्रेस बक्तब्य मार्फत भाद्र महिनामा पार्टीको महाधिवेशन हुने सुनिस्चितता संगै नेपाली कांग्रेसको सिंगो संगठन १४ महाधिवेशनको तयारीमा जुटेको छ।

 

नेपाली कांग्रेसका सभापति एबं प्रधानमन्त्री देउवाले भन्नुभएको छ :-
” म देशभरिका पार्टीका सम्पूर्ण साथीहरुलाई स्पष्टताका साथ भन्न चाहन्छु— २०७८ साल भाद्र महिनामा पार्टीको महाधिवेशन हुन्छ । म यसमा पूर्ण प्रतिवद्ध छु । पार्टीको महाधिवेशन प्राविधिक वा प्रशासनिक विषय मात्र नभएर यो एक महत्वपूर्ण राजनीतिक अभियान हो र पार्टीको जिवन्तताका लागि महायज्ञ हो भन्ने कुरा मैले राम्ररी बुझेको छु।” अब नेपाली कांग्रेस को १४ औ महाधिवेशन का बारेमा कार्यकर्ता लाई दुबिधा र अन्यौल मा राखिरहन हुदैन । महाधिवेशनको प्रक्रिया , तालिका र समयसीमा बारे हामी प्रष्ट हुनु पर्दछ । भाद्र महिनामा महाधिवेशनको विकल्प छैन , तर महामारी संकट हाम्रो नियन्त्रणमा छैन । महाधिवेशन कसरी कहिले गर्ने त ? यो बारेमा झन्डै ९ लाख क्रियाशिल सदस्य माझ हामिले प्रष्ट कार्यक्रम सहित धारणा र दृष्टिकोण राख्नु जरुरी भैसकेको छ । तयारीका हिसाबले नेपाली कांग्रेस भाद्रमा महाधिवेशन गर्न सक्षम छ तर स्वस्थ्य संकट कोरोना महामारी लगायत काबुबाहिरको परिस्थिति हाम्रो हातमा हुदैन ।

 

मुलुकको भु धरातलीय यथार्थता :-
कोरोना महामारी दोस्रो भेरियण्टको संक्रमण बिच नेपाली कांग्रेस मुलुकमा रास्ट्रपति र प्रधानमन्त्री द्वारा असंवैधानिक रुपमा गरिएको संसद विघटन विरुद्ध कानुनी र राजनीतिक लडाइँमा जुटिरहेको छ । बैकल्पिक सरकार निर्माणको तयारी साथ अगाडि बढेको नेपाली कांग्रेस अत्यन्तै तयारी र साबधानीका साथ आगामी निर्बाचन र पार्टीको १४ महाधिवेशनको तयारीको लागि जुट्नु परेको छ । सरकारले भेला र उपस्थिती नै नहुन देशभर निषेधाज्ञा लागू गरिरहेको र कोरोना महामारी संक्रमण फैलिएको अबस्थामा कुनै पनि प्रकारले महाधिवेशनको संचालन र ब्यबस्थापन कसरी गर्ने भन्ने सन्दर्भमा कांग्रेस क्रियाशील भैरहेको छ । अब सरकारमा आफै नेतृत्व गरिरहेको अबस्थामा नेपाली कांग्रेसले मुलुक र जनता को लागी जिम्मेवार भएर अगाडि बढ्नु पर्दछ ।

 

संबिधान र गणतन्त्र बचाउनु कांग्रेसको दायित्व :-
नेपाली कांग्रेस यतिबेला संबैधानिक र संसदीय लडाइको मोर्चामा ५ दलिय बिपक्षी गठबंधन को नेतृत्व गरिरहेको छ । रास्ट्रपति र प्रधानमन्त्री को संसद विघटन गर्ने असंवैधानिक र अलोकतान्त्रिक कदमको विरुद्ध हामी अहिले न्यायीक र राजनीतिक लडाइँमा सक्रिय रहदै नेपाली कांग्रेस आज संयुक्त सरकार को नेतृत्व गरिरहेको छ । आगामी चैतसम्म स्थानीय तहको आबधिक निर्बाचनका लागि पनि नेपाली कांग्रेसले अत्यन्तै तयारीका साथ जुट्नु पर्दछ।

 

९ लाख सदस्य पनि महाधिवेशन सहभागी :-
नेपाली कांग्रेसले झन्डै ९ लाख कृयाशिल सदस्य बनाएको छ । उनिहरु द्वारा निर्बाचित महासमिति सदस्य र महाधिवेशन प्रतिनिधि हरु लाइ १४ महाधिवेशन अनिवार्य रुपमा सहभागी गराउनु पर्दछ।

 

पुरानै सदस्यता बाट महाधिवेशन गराउने कुरा अत्यन्तै असान्दर्भिक र पार्टीलाई खुम्च्याउने कुरा मत्र हो । भर्चुअल महाधिवेशन र जिल्ला जिल्लामा चुनाब गराएर गर्ने महाधिवेशनले नेपाली कांग्रेस लाई समाबेशी , शसक्त र बलियो बनाउन सक्दैन । यो नेपाल को परिवेशमा त्यति ब्यबहारिक पनि होइन । नेपाली कांग्रेसका सबै महासमिति सदस्य र महाधिवेशन प्रतिनिधि हरु संग यो सुबिधा को पहुँच र जानकारी नहुन सक्छ । हामीले यश पटक १० लाख क्रियाशील सदस्यता बितरणको लक्ष बोकेर सदस्यता बितरण अभियान थालनी गरेका थियौ । श्रावण १२ गते नेपाली कांग्रेस ले आफ्ना कृयाशीलल सदस्यहरुको पछिल्लो नामावली सार्बजनिक गरि सक्ने छ । नेपाली कांग्रेसको क्रियाशील सदस्य युबा बर्ग बाट ४० प्रतिशत भन्दा बढी सहभागिता रहेको छ । यो नेपाली कांग्रेस संगठनको लागी अत्यन्तै उत्साह र सकारात्मक कुरा हो । यो बर्ग लाई समेटेर अगाडि बढ्दा अब कांग्रेसको संगठन अत्यन्तै शसक्त र प्रभावकारी हुने देखिन्छ । यो बर्ग लाई बाहिर पारेर वा नसमेटिकन महाधिवेशन मा जान हुदैन र सकिदैन। पार्टीको महाधिवेशन बैधानिक र संबैधानिक समयसीमा भित्र गर्नु पर्दछ , यो सत्य हो महाधिवेशन बिलम्ब भएकै भरमा मात्र पार्टी संबैधानिक संकटमा पर्छ भन्ने चाहिँ होइन ।

 

महाधिवेशन बिलम्ब हुदा पार्टी संबैधानिक संकटमा पर्दैन :-
नेपाली कांग्रेसको बिधान अनुसार सबै तहको कार्यसमितिको निर्बाचन ४/४ बर्षमा हुने प्राबधान छ । नेपाल को संबिधान -२०७२ भाग -२९ धारा-१६९ को उप धारा -(४) (ख) मा “राजनीतिक दलको बिधान मा कम्तिमा पाँच बर्ष मा एकपटक सो दलको संघीय र प्रदेश तहका प्रत्येक पदाधिकारीको निर्बाचन हुने ब्यबस्था हुनु पर्दछ ” भनिएको छ । ” तर बिशेष परिस्थिति उत्पन्न भै पाँच बर्ष भित्रमा पदाधिकारीको निर्बाचन सम्पन्न हुन नसकेमा छ महीना भित्र त्यस्तो निर्बाचन त्यस्तो निर्बाचन गर्न सकिने गरि राजनितीक दलको बिधानमा ब्यबस्था गर्न बाधा पर्ने छैन ” भनी संबिधान मा उल्लेख गरिएको छ । संबिधानको यो प्राबधान लाइ कानुनले समेत ब्याख्या गर्दै दल दर्ता सम्बन्धि ऐन २०७४ को दफा १६ बमोजिम राजनीतिक दलको केन्द्रीय समिति पदाधिकारी र प्रदेश समिति पदाधिकारीको निर्बाचन ५/५ बर्ष मा हुनुपर्ने र बिशेष परिस्थितिमा ६ महिना थप गर्न सकिने प्राबधान राखेको छ ।

 

राष्टृय संकट र काबु बाहिरको परिस्थितिमा यसरी केन्द्रीय पदाधिकारी र प्रदेश पदाधिकारीको निर्बाचन हुन नसकेमा वा नगरेमा सोहि ऐनको दफा ५४ को उपदफा (१) ख बमोजिमको शर्त पुरा गरेमा राजनीतिक दललाई उन्मुक्तिको ब्यबस्था समेत गरेको छ । यसरी नेपाली कांग्रेसले काबु बाहिरको परिस्थिति स्वस्थ संकट को यस अबस्था लाइ मध्यनजर गर्दै १४ महाधिवेशन २०७८ भाद्र महिना बाट करिब १ बर्षमा वा कोरोना महामारी पछि गर्नको लागि संबैधानिक र कानुनी जटिलता भने देखिदैन । कोरोना महामारी को गत सालको ” लकडाउन ” र यसपाली कोरोना महामारी को दोस्रो भेरियण्ट निषेधाज्ञा को बन्दाबन्दी बिशेष परिस्थिति हो । यो अबधि लाई शून्य समय मानेर अगाडि बढ्न पर्ने हुन्छ । नेपाली कांग्रेस ले यो परिस्थिति को समिक्षा र विश्लेषण गरेर तत्काल केन्द्रीय समिति बाट सर्बसम्मत निर्णय लिनु पर्ने हुनसक्थ्यो तर भाद्रमा महाधिवेशन गर्ने निर्णय लिएर कंग्रेसले संबिधानको समयसीमा भित्रनै आफ्नो संगठन लाइ गतिशील र प्रभावकारि रुपमा अगाडि बढाउने जमर्को लिएको छ । यसमाने कांग्रेस नेतृत्व लाइ सलाम गर्नै पर्दछ । अब झन्डै देशभर ६७४३ वडाहरुमा ९ लाख क्रियाशील सदस्यहरु महाधिवेशनको अभियानमा सामेल हुने छ्न ।

 

यसले नेपाली कांग्रेसको संगठनमा ठुलो रक्त सञ्चार र उत्साह जागरण गराउने छ । नेकपा एमाले को महाधिवेशन ७ बर्ष देखि भैरहेको छैन भने माओवादी केन्द्र को महाधिवेशन पनि ७ बर्ष देखि गरेको छैन । नेपाली कांग्रेस जस्तो लोकतान्त्रिक पार्टी ले आफ्नो महाधिवेशन गर्नु नै पर्दछ । महाधिवेशन बैधानिक र संबैधानिक मात्र नभएर पार्टी लाई जिबन्त राख्ने गतिशील मञ्च पनि हो । दल दर्ता ऐन – २०७४ को दफा -५४ उपदफा (१) ख बमोजिम शर्त स्वीकार गरेर कोरोना महामारी नियन्त्रण भए पश्चात महाधिवेशन सम्पन्न गर्ने गरि सर्बसम्मत निर्णय गरेर अगाडि बढ्न पनि सकिन्छ । तापनि नेपाली कांग्रेसले भाद्रमा महाधिवेशन गर्ने निर्णय गरे संगै अब कांग्रेस महाधिवेशन बारेमा कुनै दुबिधा गर्ने ठाउँ छैन तापनि स्थानीय अधिबेशन स्थगित भएबाट केहि संसय भने पैदा भएको छ । अब नेपाली कांग्रेसको महाधिवेशन छ महिना एक बर्ष पर धकेलिन सक्ने सहजै अनुमान गर्न सकिन्छ । तर तोकिएको समयमा महाधिवेशन गर्नु नेपाली कांग्रेसको दायित्व हो । अब महाधिवेशन र आगामी निर्बाचनको तयारीमा जुट्नु हामि सबै तह र तप्काका नेता कार्यकर्ता हरुको प्रमुख दायित्व हो ।

 

यो वास्तविक धरातल मा उभिएर हेर्दा पुरानो सदस्य ता बाट महाधिवेशन , भर्चुअल महाधिवेशन , जिल्ला जिल्लामा चुनाब गरि महाधिवेशन गर्नु नेपाली कांग्रेसका संगठनका लागि लाभदायक देखिदैन । नेपाली कांग्रेसले समयमा नै नेतृत्व तहमा सहमति गरेर महाधिवेशन को बारेमा उपयुक्त निकास दिदै निर्णय लिनु आबश्यक देखिएको थियो , जुन निर्णय आज कांग्रेस ले लिएको छ । यतिबेला कांग्रेसको आबश्यकता शसक्त र प्रभावकारी पार्टी संगठन निर्माण गरेर आगामी तिनै हतको निर्बाचनमा नेपाली कांग्रेस लाई बिजय गराउनु हो । सबैखाले अधिनायकवाद र प्रतिगमनका चाहनाहरु लाई परास्त गर्दै पार्टी लाई बैधानिक र संबैधानिक रुपमा चुस्त र दुरुस्त राखेर लोकतान्त्रिक आन्दोलनमा नेपाली कांग्रेसको अग्रसरता र पहलकदमी कायम राख्दै संबिधान र परिबर्तन संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्ने दाइत्व नेपाली कांग्रेसको हो ।

 

 

सबै खाले आन्दोलन र परिबर्तन को नेतृत्व गरेको कांग्रेसले पार्टीको महाधिवेशन उपयुक्त सहजै सम्पन्न गरेर मुलुकमाथि लादिएको असंवैधानिक र अलोकतान्त्रिक संकट बाट मुक्ति दिलाएर अगाडि बढ्नु नेपाली कांग्रेसको प्रमुख जिम्मेवारी र दायित्व हो । सभापति शेर बहादुर देउवा प्रधानमन्त्री भए संगै नेपाली कांग्रेस आफ्नो १४ औ महाधिवेशन गर्न अझबढी दृढ र प्रतिबद्ध रहेको छ । नेपाली कांग्रेस को नेतृत्वमा सरकार गठन भैसकेको अबस्थामा अब नेपाली भुमिका र जिम्मेवारी परिवर्तन भएको छ । अब नेपाली कांग्रेसका नेता कार्यकर्ता थप जिम्मेवार र इमान्दारीता का साथ अगाडि बढ्नु जरुरी देखिन्छ।

लेखक – नेपाली कांग्रेसका केन्द्रीय सदस्य हुन ।