२०७८ आश्विन १० , आइतवार

चीनले जित्यो टोकियो ओलम्पिकको पहिलो स्वर्ण

सुनाखरी न्युज/ काठमाडौँ —

टोकियो ओलम्पिक २०२० मा पहिलो स्वर्ण पदक चीनले जितेको छ ।

महिलातर्फको १० मिटर एअर राइफलमा शनिबार बिहान  चीनकी चियान याङले स्वर्ण पदक जितेकी हुन् । २१ वर्षीया याङले फाइनलमा रुसकी अनास्तासिया ग्यालासिनालाई हराएकी हुन् । त्यस्तै उक्त स्पर्धामा स्विजरल्यान्डकी निना क्रिस्टेनले कांस्य पदक जितेकी छन् ।

 

सन् १९६४ पछि टोकियोले फेरि ओलम्पिक आयोजना गर्दा ३३ खेलमा ११ हजार बढी खेलाडीले अगस्ट ८ सम्म प्रतिस्पर्धा गर्दै छन् ।