२०७८ कार्तिक ४ , बिहिवार

लामो तथा मध्यम दूरीका सार्वजनिक सवारी साधन आजदेखि सञ्चालनमा

सुनाखरी न्युज/ काठमाडौं ।

लामो तथा मध्यम दूरीका सार्वजनिक यातायात आजदेखि  सञ्चालनमा आउन थालेका छन् ।

जिल्ला प्रशासन कार्यालय काठमाडौ‌ले स्वास्थ्य मापदण्ड पुर्‍याएर सञ्चालन गर्ने निर्णय गरेपछि यातायात व्यवसायीले आजैदेखि लामो र मध्यम दूरीका सवारी साधन सञ्चालनमा ल्याएका हुन् ।