२०७८ आश्विन १२ , मंगलबार

गण्डकी प्रदेश : अर्थ मन्त्री बरालद्धारा अग्रपंतिमा खटिनेलाई प्रोत्साहन रुवरुप एक करोड बजेट विनियोजन

सुनाखरी न्युज / पोखरा – गण्डकी प्रदेशका अर्थ मन्त्री रामजी प्रसाद बराल जीवनले कोभिड १९ (कोरोना) संग सामाना गर्न अग्र पंतिमा खटिन स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र सफाईकर्मीको प्रोत्साहन स्वरुप एक करोड विनियोजन गरेका छन् ।

 

विश्वव्यापी रुपमा फैलिएको कोरोनाको प्रभाव अझै पनि गण्डकी प्रदेश तथा नेपालमा पनि रहेकोले त्यसको बिरुद्ध अहोरात्र खटिने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र सफाईकर्मीको प्रोत्साहन स्वरुप एक करोड रुपैया विनियोजन गरिएको मन्त्री बरालले शुक्रबार अर्थ मन्त्रालयको कार्यभार सम्हालेसंगै उक्त निर्णय गरेका हुन्। शुक्रबार सपथ ग्रहण लिएका उनले अर्थ मन्त्रालयका कर्मचारीलाई समेत केही निर्देशन दिएका छन्। खुवि, क्षमता, दक्षता र सृजनशिलता आवश्यकता अनुरुप कान्वयन गर्न आग्रह गर्दै मन्त्री बरालले समयमै काम सम्पन्न गर्ने दाहित्व सवैले वहन गर्नुपर्ने उनको जोड थियो । विना हिचकिचावट ढुंक भयर आवश्यकताको आधारमा योजना कान्वयन गर्न कुनै प्रकारको कठिनाई र हस्तक्षेप नहुने मन्त्री बरालले बताए ।

 

उनले गण्डकी प्रदेशको आर्थिक विकास र समृद्धि गर्न संघको बजेट मात्र विनियोजन गरेर चलायर मात्र नहुने बताए । प्रदेशलाई क्रमशः आत्मनिर्भर बनाउनको निम्ति श्रोतहरु के के हुन त्यसको पहिचान गर्नु पर्ने मन्त्री बरालको भनाई रहेको छ । अर्थका श्रोतहरु ध्यान केन्द्रित गर्ने गरी पुंजिगत खर्चलाई अधिकतम ढंगले परिचालन गर्ने आफ्नो योजना रहेको मन्त्री बरालको भनाई छ । पुंजिगत खर्च गर्न नसकेको अबस्थामा आवश्यकताको आधारमा रकमान्तर गरेर भए पनि बजेट खर्च गर्ने उनको भनाई छ । अर्थ मन्त्रालयका सचिव रमेश केसीले आफ्नो मन्त्रालयमा ४७ जनाको कर्मचारी दरवन्दी भए पनि हाल २८ जना मात्र भएको बताए ।

 

 

अहिलेको अबस्थामा ३६ जना कर्मचारी भए पनि हुने गरी कर्मचारी व्याबस्थापनको लागि मुख्यमन्त्री कार्यालयसम्म माग गरिएको मन्त्री समक्ष जानकारी गराएका थिए । मन्त्री बरालले सपथ लियसंगै सिधै शहिद पार्र्कमा पुगेर महान शहिदहरु प्रति स्मरण गर्दै शहिदहरुको तष्विरमा माल्यारोपण समेत गरेका थिए । पोखराको छोरोपाटनमा बसेका आफ्ना ९२ बर्षीय साना बाबा श्यामलाल बराल समक्ष मन्त्री बरालले आर्शिरवाद समेत लिएका छन्। आफ्नो कुलमा मन्त्री भएकोमा बधाई समेत दिदै प्रदेश बासीको र ज्येष्ठ नागरिकहरुको भलाइको लागि काम गर्न बाबा श्यामलालले आग्रह समेत गरे ।