२०७८ कार्तिक ४ , बिहिवार

एनएमबि बैंकका ग्राहकलाई बिगमार्टमा २५% सम्म छुट

सुनाखरी न्युज / काठमाडौं – एनएमबि बैंकले आफ्ना ग्राहक तथा कर्मचारीले ई–एनएमबि मोबाइल बैंकिङबाट भुक्तानी गरी बिगमार्टबाट बुधबार र शनिबारका दिन फलफूल तथा तरकारी खरिद गर्दा २५% वा रु. ३०० सम्मको छुट पाउने भएका छन्।

 

यस सम्बन्धमा एनएमबि बैंक र बिगमार्टबीच सम्झौता भएको हो। सम्झौतासँगै एनएमबिका ग्राहक र कर्मचारीले यस्तो छुट पाउने भएका हुन्। बैंकले आफ्नो सेवा अभिवृद्धि गर्ने क्रममा यस्ता सुविधा ग्राहकमाझ प्रस्तुत गर्दै आइरहेको छ। छुटसम्बन्धी थप जानकारीका लागि [email protected]/[email protected] मा ई–मेल गर्न सकिनेछ।

 

एनएमबि बैंकले हाल देशभर १८१ शाखा, १३७ एटीएम र ९ एक्सटेन्सन काउन्टरमार्फत आफ्ना ग्राहकरलाई उच्चस्तरीय बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ।