२०७८ कार्तिक ४ , बिहिवार

आज बढ्यो सुनको मूल्य

सुनाखरी न्युज/ काठमाडौं – नेपाली बजारमा सुनको मूल्य आज बढेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो सुनको मूल्य प्रतितोला ९१ हजार ८ सयमा कारोबार भएकोमा आज तोलामा तीन सयले बढेको हो । बिहिबार सुनको मूल्य तोलामा सात सयले घटेको थियो ।

 

महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९२ हजार एक सय रहेको छ भने तेजावी सुनको मूल्य ९१ हजार ६ सय रहेको छ । त्यस्तै, आज चाँदीको मूल्य भने बढेको छ । हिजो चाँदीको मूल्य १३७० मा कारोबार भएकोमा आज बढेर तोलामा १२८० कायम गरिएको महासंघले जनाएको छ ।