२०७८ श्रावण १९ , मंगलबार

गैर आवासीय नेपाली संघ अस्ट्रेलियाको २०२१-२०२३ को लागि सहसचिव पदमा प्रेम महराको उम्मेदवारी

217391869_112988597635227_4117149600860868866_n

सुनाखरी न्युज/ काठमाडौँ – ग़ैर आवासीय नेपाली संघ अस्ट्रेलियाको बर्ष २०२१-२०२३ को लागी ३१ जुलाईमा हुन गईरहेको निर्वाचनमा सहसचिव (joint secretary) पदमा प्रेम महराले उम्मेदवारी दर्ता गराएका छन ।

 

विगत १४ वर्ष देखी अस्ट्रेलिया बस्दै आएका महरा विभिन्न सरकारी तथा गैर सरकारी संस्थाहरुमा हेड टिचर, लेक्चरर, कोर्स कोअर्डिनेटर तथा अन्य म्यानेजमेन्ट रोलमा काम गर्दै आएका छन। अस्ट्रेलियामा बस्दै गर्दा,महराले प्रत्यक्ष रुपमा आफुलाई सामाजिक काममा पुर्णरुपमा समय दिन नसकेपनि, वोर्क एन्ड पर्सनल लाईफ लाई सन्तुलन गर्दै अप्रत्यक्ष रुपमा भने संलग्न हुँदै आएको महराले जानकारी दिनु भयो ।

 

जिवनको यो कालखन्डमा आएर नेपाल प्रतिको गहिरो माया र आगामी जेनेरेसन सहितको नेपाली कम्युनिटी प्रतिको आफ्नो जिम्मेवारी बोध गर्दै, व्यक्तिगत तथा प्रोफेसनल अनुभव वाट सिकेका विशेषज्ञतालाई कम्युनिटीसामु पुर्याइ केहि योगदान गर्न सक्छु भन्ने विश्वास महराले राख्नु भएको छ ।

 

मुख्यरुपमा पार्दर्शिता, समावेसी, सहभागिता र जवावदेहिता एनआरन को आधारभुत आवस्यकता र दिर्घकालिन समाधान हो भन्ने कुरामा बिस्वस्त छन्। र यिनै सिद्धान्तहरुमा अडिक रहि आउॅंदा दिनहरुमा काम गर्ने प्रतिवद्ता जनाउने बताउॅदै, यसको लागी मतदाताहरु को अमुल्य भोट दिई साथ दिन उनले अनुरोध गरेका छन्।