२०७८ श्रावण २१ , बिहिवार

स्प्राइटको नयाँ अभियानले नेपाली युवाहरूलाई रिसेट र रिफ्रेस गर्न प्रोत्साहित

Picture

सुनाखरी न्युज/ काठमाडौँ – कोका–कोलाको लोकप्रिय लेमन–लाइमपेय पदार्थ स्प्राइटले “क्लीयर रह” शीर्षकको समर क्याम्पियन सुरू गरेको छ । यस अभियानको उद्देश्य भनेको युवाहरूलाई स्प्राइटको साथ आफ्नो दिनको मुख्य क्षणहरूमा रिसेट र रिफ्रेस गर्न प्रेरित गर्नु हो ।

यो अभियान जेनरेशनजेड ग्रुपका युवाहरुको लागिलक्षित गरिएको हो जसले सबै कुराहरु खुला र पारदर्शी ( कहिलेकाही चुनौतीपूर्ण भूमिका, परम्परा र सम्मेलनहरु लगायत सबै कुराहरु जो आफ्नो पुस्ता भन्दा बाहिरका मानिसहरुलाइ पूर्ण रुपमा नबुझ्ने कुराहरु) रुपमा लिन्छन् । स्प्राइटले तत्काल आवश्यकरिफ्रेसमेन्ट प्रदान गर्दछ जसले युवालाई मेन्टल्ली र फिजिकल रुपमा रिसेट गर्न मद्दत गर्दछ । त्यसैले उनीहरू सधैँ सुखी रहन्छन् र आफ्नो विचारलाई छर्लंग प्रस्तुत गर्दछन् । कोका–कोलाका कन्ट्री डिरेक्टर आदर्श अवस्थीले भन्नुभयो ,“हामी नेपाली युवाहरुलाई जोड्ने मुख्य विशेषताहरु इन्डीभिजुआलिटी र सेल्फ एक्सप्रेशन रहेको कुरा बुझ्दछौँ र एक आइकोनिक युवा ब्रान्डर रिफ्रेसिंग टेस्ट प्रदान गर्ने स्प्राइटमा यी सबै गुणहरु समाहित रहेको छ । यी अभियानको माध्यमबाट हामी युवाहरुलाई रिफ्रेस, रिसेट र फोकस रहन र आफूहरुलाई वास्तवमै महत्वपूर्ण के हो त्यसमा केन्द्रित गर्न प्रोत्साहित गर्ने लक्ष्य राख्दछौँ ।”

 

यस अभियानको नयाँ टिभिसीमा स्प्राइटको ब्रान्ड एम्बेसेडर अनमोल के.सी छायांकित छन् जसमा उनी लामो र तातो गर्मीको दिनपछि आराम गर्दै घर फर्कदै गरेको देखिन्छ । यद्यपी उनको बुबाले भने उसलाई कता गएको र किन आफ्नोे समय खेर फालेको भनेर गाली गर्दछन् । उनले त्यसपछि स्प्राइटको चिसो बोतल समातेर चुस्की लिन्छन् र तुरुन्तै उनी रिफ्रेस हुन्छन्। आफ्नो बाबुले भन्नुभएको सबै कुराहरुलाई मध्यनजर गर्दै उनले आफ्नो प्राथमिकताहरुलाई पुनः रिसेट गर्दछन् र त्यसपछिउनले आफ्नो चिसो स्प्राइटको बोतलको साथ गेमिंगमा आफ्नो समय बिताउछन् । “क्लियर रह” अभियान स्प्राइटको विश्वव्यापी अभियान “लेट्स बि क्लियर” को एक हिस्सा हो जुन नेपालका युवाहरुमा स्थानियकरण गरिएको छ ।

बोटलर्स नेपालका प्रबन्ध निर्देशक श्री प्रदीप पाण्डे ज्युले भन्नुयो ,“स्प्राइट व्यस्त दिनहरुको लागि अल्टिमेट रिफ्रेसिंग ड्रिंंक हो र हामी उपभोक्ताहरुलाई रिसेट गराउनको लागि र उनीहरुको माइन्डसेटलाई रिफ्रेस गराउनको लागि प्रस्ताव राख्दछौँ । हामी आशा गर्दछौँ कि हाम्रा सम्पूर्ण ग्राहकहरुले यस अभियानसँग सहकार्य गर्नेछन् र आ–आफ्नो रायमा सत्य र पारदर्शी रहन प्रेरित हुनेछन् ।”